Daily Archives: 09/06/2010

ईपीएसका लागि नेपालमा जुन १५ देखि १८ सम्म आवेदन खुलिने


पुरु जोशी, दक्षिण कोरिया

आवेदकको योग्यता १८ बर्ष पुगेको र ३९ बर्ष नकाटेको हुनु पर्ने,

नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभाग ईपिएस शाखा ग्वार्को ललितपुरको केएलटी परीक्षाका लागि आवेदन फाराम प्राप्त गर्ने आवेदन फाराम बुझाउने तथा परीक्षा संचालन वारेको अत्यन्त जरुरी सूचना !! पढ्नेक्रम जारी राख्नुहोस्

ठुलो पर्दामा पुनः मनिषाको आगमन


निकै लामो अन्तरालपछि अभिनेतृ मनिषा कोइराला ठुलो पर्दाको चलचित्रमा देखा पर्ने भएकी छन् । उनको नयाँ चलचित्र एक सेकेन्ड यही ११ जुनबाट रिलिज हुन लागेको छ । चलचित्र निर्देशक पार्थो घोषसँग मनिषाले अग्निसाक्षी र युगपुरुषजस्ता फिल्ममा काम गरेकी छन् । मनिषाका अनुसार यही कारण पार्थोले उनलाई यो चलचित्रमा काम गर्न प्रस्ताव गरेका थिए र मनिषाले पनि स्वीकार गरेकी थिइन् ।

यो चलचित्र रिलिज हुन केही ढिलाई भएको छ। मनिषाले यतिधेरै मेहनत, पैसा र समय लगाएर फिल्म बनाए पनि कुनै कारणले रिलिज हुन ढिलाई भएकोमा दुःख व्यक्त गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुन तोलाको ३६ हजार नाघ्यो


 
काठमाडौं, जेठ २६ (नागरिक)- अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपालमा पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। मंगलबार सुनको कारोबार सकिँदा प्रतितोला ३६ हजार २ सय पुगेको छ। सोमबार कारोबार सकिँदा ३६ हजार ५० रुपैयाँ थियो। पढ्नेक्रम जारी राख्नुहोस्

डा.श्रेष्ठको अहरणमा उच्च राजनैतिक शक्ति संलग्न : युवा संघ


‘अपहरणमा मा‌ओवादी संलग्नता’ – 
 चितवन, जेठ २६ – एमाले निकटको युवा संघ नेपालले वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणमा उच्च स्तरको व्यवसायिक राजनैतिक शक्ति संलग्न रहेको निश्कर्ष निकालेको छ। संघले जेठ २१ गते छानविन समिति गठन गरेर यो प्रकरणको ’boutमा अनुसन्धान गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

राजधानीमा कारबम विस्फोट / पाँच घाइते, बाल नर्सिङहोम क्षतिग्रस्त


काठमाडौं, वसुन्धरास्थित इशान बाल नर्सिङ होमनजिक रोकिराखेको मारुती कारमा मंगलबार बिहान बम विस्फोट भएको छ।विस्फोटबाट बा७च ५५३९ नम्बरको मारुती कार जलेर पूर्णरूपमा क्षति भएको छ। उक्त विस्फोटमा परी ५ जना र्सवसाधारण घाइते भएका छन्। विस्फोटको जिम्मेवारी यसअघि कहिल्यै नाम नसुनिएको स्वतन्त्र नेपाल दलले लिएको छ। इशान बाल नर्सिङ होमअगाडि रोकी राखिएको कारमा बिहान सवा ७ बजे बम विस्फोट भएको थियो। विस्फोटबार्ट इशान नर्सिङहोममा समेत क्षति पुगेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

राजाका फोटो अंकित नोट हटाउन अझै ३ वर्ष


नयाँ पत्रिका

काठमाडौं, मुलुकमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भए पनि पूर्वराजाहरूका फोटो अंकित नोट अझै ३ वर्षसम्म चलनमा रहिरहने भएका छन् । नेपाल राष्ट्र बैंकले मुलुकमा गणतन्त्र घोषणासँगै बितेका २ वर्षमा योजनाअनुरूप नोट छाप्न नसकेकाले पूर्वराजाका फोटो अंकित नोट अझै ३ वर्षसम्म प्रतिस्थापन गर्न नसक्ने बताएपछि पुराना नोट चलनमा रहिरहने भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्