Daily Archives: 08/06/2010

नेपाली दूतावास कुवेतको “प्रेस विज्ञप्ति”


प्रेस विज्ञप्ति

नेपालबाट सोझै वा अन्य कुनै विदेशी मुलुकबाट कुवेतमा प्राइभेट सर्भेन्ट भिषामा (जसलाइ भिषा नं २० वा खादिम भिषा वा प्राइभेट सर्भेन्ट भिषा पनि भनिन्छ)  र भिजिट वा इन्ट्री भीषामा कुवेत आइ कुवेतको रेसिडेन्सि भीषा लिएर काम गर्न चाहने नेपाली कामदारहरूको (हाउसमेड लगायत घरको काम गर्ने ड्राइभर, सेक्युरिटी गार्ड, खेतीमा काम गर्ने) सम्बन्धमा नेपाली राजदूतावास, कुवेतले प्रमाणित गरेको सक्कल करारनामा का साथै देहाय बमोजिमका कागजातहरू नभइकन कसैको पनि यहांको रेसिडेन्सि भीषा (आवासीय भीषा) नलाग्ने भएकोले सम्बन्धित सरकारी तथा गैह्र सरकारी निकायको जानकारीको लागि अनुरोध गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

टेन्डर विवादमा गोली चल्यो, एकजना घाइते


नुवाकोट, जेष्ठ २५, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमा हुन लागेको ठेक्काका बिषयलाई लिएर भएको दुइ पक्षीय विवादमा गोली चल्दा एक घाइते भएका छन् । बिहीबार हुने ठेक्का टेन्डरका लागि जम्मा भएका दुइ पक्षका युवाहरुबीच मंगलबार बिहान झडप भएको थियो । झडपका क्रममा एक पक्षकाले चलाएको गोली लागि २३ बषिर्या अनिल लामा घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारु साट्न परिचय खुल्ने कागज अनिवार्य


काठमाडौं, नेपाल राष्ट्र बैंकले पहिलोपटक भारतीय रुपैयाँ सटहीका लागि परिचय खुल्ने कागजपत्र अनिवार्य गरेको छ । बैंकिङ कार्यालय, थापाथलीले केन्द्रीय बैंकबाट साटेर लगिएका भारु नोट अनुत्पादक क्षेत्रमा दुरुपयोग भएको र अत्यावश्यक काम पर्ने व्यक्तिले नपाएको निष्कर्ष निकाल्दै सटही गर्ने व्यक्तिको परिचय खुल्ने प्रमाणपत्रलाई अनिवार्य गरेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एजेन्डाविहीन बैठक बोलाएर राज्यकोषको दुरुपयोग


राजनीतिक दलहरूबीच सहमति नहुँदा संविधानसभाले समेत काम नपाइरहेको अवस्थामा संविधानसभाको एउटा समिति संवैधानिक समितिले बिनाएजेन्डा बैठक सञ्चालन गरी राज्यकोष अनावश्यक रूपमा खर्च गर्न थालेको छ । विभिन्न विवादित समितिहरूका प्रंतिवेदनहरूका ठेली सामुन्ने राखेर संवैधानिक समितिका सदस्यहरू सोमबारदेखि बैठकमा बस्न थालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुजातालाई साँढे उपहार !


काठमाडौं,  उपप्रधानमन्त्री सुजाता कोइरालाले उपहारस्वरुप दुईवटा साँढे हात पारेकी छिन् । पतञ्जली योग पीठले नेपालमा गाईको नश्ल सुधार गर्न दुई वटा साँढे सरकारलाई दिएको छ । पतन्जली योगपिठ मण्डिखाटारमा सोमबार आयोजित विशेष कार्यक्रममा योग पीठका प्रमुख शालिकराम सिंहले साँढे उपप्रधानमन्त्री सुजाता कोइरालालाई हस्तान्तरण गरे । पढ्नेक्रम जारी राख्नुहोस्

धमाधम अपहरणमा पर्दै मलेसियामा नेपाली


रुसाहाङ चेम्जोङ, क्वालालम्पुर । मलेसियामा श्रम गरिरहेका नेपाली कामदार पछिल्ला दिनमा धमाधम अपहरणमा पर्न थालेका छन् । अपहरण र लुटपाटका घटना भइरहने मलेसियामा पछिल्लो दिनमा नेपाली कामदार अपहरणकारीको निशाना बन्न थालेका छन् । गत एक महिनामा मात्र तीन जना नेपाली कामदार अपहरणमा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

क्षमता भए कसैलाई रिझाउनु पर्दैन


कल्पना शाही, नायिका

123० चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

– बच्चैदेखि नै मलाई कलाकार हुने रहर थियो । कलाकार बाहेक केही बन्छु भन्ने लागेकै थिएन । ठूलो पर्दामा आउनुअघि केही समय मोडलिङ पनि गरे ।

० ठूलो पर्दामा कसरी अवसर पाउनु भयो ?

– निर्माता, निर्देशकले म नृत्यमा र अभिनयमा राम्रो गर्छु भन्ने लागेपछि ‘मन पराएपछि’ अवसर पाएँ । म राजु शाहको नृत्य प्रशिक्षण केन्द्रमा नृत्य सिक्दै थिएँ ।

० क्यामरा फेश गर्दा कस्तो अनुभव भयो ?

– शुरुमा त डर लाग्यो । काम गर्दै गएपछि भने रमाइलो नै लाग्यो । पढ्नेक्रम जारी राख्नुहोस्