हजार र पाँच सयका भारतीय नोटसहित पक्राउ


नयाँ पत्रिका

बुटवल, नेपालमा प्रतिबन्धित पाँच सय र हजारका भारतीय रुपैयाँ कारोबार गर्ने एक भारतीय नागरिक साढे तीन लाख भारतीय रुपैयाँसहित बुटवलबाट पक्राउ परेका छन् । बुटवल बजारबाट एक लाख भारतीय रुपैयाँ सटही गर्दा तीन हजार पाँच सय नेपाली रुपैयाँ कमिसन दिएर भारतीय रुपैयाँको कारोबार गर्दै आएका भारत ठुटीबारीका ३८ वषर्ीय चन्द्रशेखर बानियाँलाई आइतबार सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प बुटवलले पक्राउ गरेको हो ।प्रहरीले एक हजार दरका एक सय १३ थान, पाँच सय दरका चार सय १३ थान, एक सय दरका तीन सय ४९ थान र ५० दरका ६ थान रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रराज बस्नेतले बताए ।
बुटवलमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ सटही गरी बर्दघाटतर्फ गाडीमा जाँदै गरेको अवस्थामा प्रहरीले बानियाँलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले सो रकम कपडामा बेरेर कम्मरमा बाँधेको अवस्थामा फेला परेको थियो ।
विदेशी रकम २० हजारभन्दा बढी लिएर हिँडडुल गर्न नपाइने कानुनी व्यवस्था रहेको र पाँच सय, एक हजार दरका भारतीय रुपैयाँ नेपालमा प्रतिबन्ध भएको अवस्थामा बानियाँले त्यति ठूलो रकम लिएर हिँडेको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको डिएसपी बस्नेतले बताए । पक्राउ परेका बानियाँ र रकमलाई राजस्व विभाग काठमाडौं पठाइने प्रहरीले बताएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.