दुर्घटनापछि राजमार्गमा तनाब


 एकको मृत्यु, प्रहरीद्वारा अश्रुग्यास प्रहार, दर्जन प्रहरी र दुई पत्रकार घाइते  
काभ्रे,टि्रपरको ठक्करबाट आइतबार बनेपामा एकजना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । दोलालघाटबाट बालुवा लिएर बनेपातर्फ आउँदै गरेको बा.१ख ५१७ नम्बरको टि्रपरले बा.२५प२७६ नम्बरको मोटरसाइकललाई अरनिको राजमार्गअन्तर्गत २८ किलो भन्ने स्थानमा ठक्कर दिँदा पनौती- १२ खोपासीका १८ वर्षीय विनोद पहरीको मृत्यु भएको हो ।
एउटै दिशाबाट आएको टि्रपरले आफूभन्दा अघि रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । सडकमा ढलेका पहरी उठ्ने प्रयास गर्दा टि्रपरको चक्का उनको शरीरमाथि गुडेको प्रत्यक्षदर्शीले बताए । उनका शरीरका अंग सडकमा छरिएका थिए ।

पहरी आमालाई धुलिखेल अस्पताल पुर्‍याएर र्फकने क्रममा दुर्घटनामा परेका हुन् । घटनापछि अरनिको राजमार्ग तनाबग्रस्त बनेको थियो । एकै दिशाबाट आएको टि्रपरको लापरबाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । आक्रोशित भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले दर्जन अश्रुग्यास प्रहार गरेको थियो ।

स्थानीयवासीले टि्रपर जलाउने प्रयास गरेपछि लाठी र अश्रुग्यास प्रहार गर्न बाध्य भएको इलाका प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए । घटनालगत्तै स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा परी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नगेन्द्र देउजा, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रुपेश खड्का, प्रहरी निरीक्षक दीपक अधिकारीलगायत दर्जन सुरक्षाकर्मी घाइते भएका छन् भने समाचार संकलन गर्न गएका पत्रकार भीम गौतम र कपिल कोइराला घाइते भएका छन् ।

घटनाको विरोधमा स्थानीयवासीले चार घन्टा राजमार्ग अवरोध गरेका थिए । प्रहरीको सक्रियतामा दिउँसो तीन बजेबाट राजमार्गको यातायात सुचारु भएको थियो । घटनाका दोषीलाई कारबाही र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन पीडित पक्षलाई दिएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवीन्द्र धानुकले बताए ।

Source: nayapartika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.