२ को मृत्यु, ६ गम्भीर घाइते-
सुरेश यादव, जनकपुर, नेपाल रेलवे अन्तर्गत संचालित एकमात्र रेल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा परी ६ जना गम्भीर घाइते भएका छन्। भारतको जयनगरबाट जनकपुर आउने क्रममा रेललाई ट्रिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो। घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जनकपुरबाट १० किलोमिटर टाढा देहुडीमा दुर्घटना भएको हो।
घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।