Daily Archives: 07/06/2010

नयाँ नेपालको परिकल्पना


चन्द्र तामाङ्ग, कुवेत 

बिबिधता प्रकृति सम्पदाले भरिएको हाम्रो देश नेपालको पहिचान बिश्वमा अलग छ । धेरै जात जाती, भाषा भाषी मिलेको भु-भाग हिमाल, पहाड र  तराइ सबै किसिमको धर्म, संस्कृति कती सुन्दर लाली गुराँस देखी टाकी हुने मौसमी अन्तर भिन्नता, लाग्छ मेरो नेपाल मेरो लागि सृजिएको ।  तर कती मनिसले म भनेको सुन्छु- अभिषाप भु-बनावाट  Land Lock ले मुलुक बिकास र उन्नतिको गतिशीलतामा दौडिन नसकेको भनेको सुन्दा मेरो मन दुख्छ, म छट्पटिन्छु बादबिबाद र प्रतिबादमा उत्रिन्छु । त्यसो भए भुटान, सिक्किम र दार्जीलिङ हामी भन्दा अग्र बिकास गतिमा छन किन ?  पढ्नेक्रम जारी राख्नुहोस्

केबलकारमा दैनिक ३ हजार ग्राहक


– प्रकाश शाह, कुरिनटार, २४ जेठ

आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेपछि मनकामना केबलकारका ग्राहक पनि बढेका छन् । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको मनकामना केबलकारमा यस वर्ष अहिलेसम्मकै बढी पर्यटकहरूले यात्रा गरेका छन् ।  मनकामना केबलकारको सञ्चालक चितवन कोई लिमिटेडका अनुसार केबलकार चढ्ने यात्रुको चापसँगै कारोबार पनि बढेको छ । अघिल्ला वर्षहरूमा दैनिक २ हजारले यात्रा गर्दै आए पनि हाल यात्रा गर्नेको संख्या ३ हजारले नाघेको मनकामना केबलकार अप्रेसन इञ्चार्ज सुनिल कर्माचार्यले जानकारी दिए । “पहिलेभन्दा अहिले पर्यटक बढेका छन्, त्यसमा पनि बढी भारतीय रहेका छन्” उनले भने । हालका दिनमा भारतमा अत्यधिक गर्मी बढ्ने भएकाले भारतीय पयर्टक मनकामनालगायतका पर्यटकीय स्थलको दर्शन गर्न आउँछन् । उनका अनुसार, केबलकार यात्रा गर्ने स्वदेशी पर्यटक ६० प्रतिशत र ४० प्रतिशत विदेशी छन् । चितवनको कुरिनटारमा रहेको मनकामना केबलकारले गोरखाको मनकामना धार्मिक स्थललाई जोडेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विनिमय दर परिवर्तन गर्न जरुरी


– लोकबहादुर चापागाई, काठमाडौं

२३ जेठ, भारतीय रुपैयाँसँगको स्थिर बिनिमय दर परिवर्तन नगरेमा अर्थतन्त्र धराशायी हुने भएकाले तत्काल परिवर्तन गर्न अर्थशास्त्रीहरुले सरकारलाई सुझाव दिएका छन् । सरकारले राजनीतिक कारणले विनिमय दर परिवर्तन गर्न नचाहेको उनीहरुको आरोप छ । संधै समान दरको विनिमय रहनु पर्छ भन्ने गलत मानसिकताले समस्या बढ्दै गएको अर्थशास्त्रीहरुले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

बजेट तयारी अन्योलमा


काठमाडौं, राजनीतिक दलबीच राजनीतिक सहमति हुन नसक्दा वर्तमान सरकार आगामी वाषिर्क नीति तथा कार्यक्रम र बजेट तयारी गर्ने कार्यमा नै गम्भीर अन्योलमा परेको छ।जेठ १४ गते तीन प्रमुख राजनीतिक दलबीच भएको तीनबुँदे सहमतिअनुरूप शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका ’boutमा न्यूनतम सहमति गरी आधार तयार गर्ने र प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिई राष्ट्रिय सहमतिको सरकार बनाउन मार्गप्रशस्त गर्नेजस्ता विषयमा सहमति हुन नसक्दा सरकार नै अन्योलमा परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

जनकपुर आउँदै गरेको रेल दुर्घटना


२ को मृत्यु, ६  गम्भीर घाइते-
सुरेश यादव, जनकपुर,  नेपाल रेलवे अन्तर्गत संचालित एकमात्र रेल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु  भएको छ। घटनामा परी ६ जना गम्भीर घाइते भएका छन्। भारतको जयनगरबाट जनकपुर आउने क्रममा रेललाई ट्रिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो। घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जनकपुरबाट १० किलोमिटर टाढा देहुडीमा दुर्घटना भएको हो।

घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनापछि राजमार्गमा तनाब


 एकको मृत्यु, प्रहरीद्वारा अश्रुग्यास प्रहार, दर्जन प्रहरी र दुई पत्रकार घाइते  
काभ्रे,टि्रपरको ठक्करबाट आइतबार बनेपामा एकजना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । दोलालघाटबाट बालुवा लिएर बनेपातर्फ आउँदै गरेको बा.१ख ५१७ नम्बरको टि्रपरले बा.२५प२७६ नम्बरको मोटरसाइकललाई अरनिको राजमार्गअन्तर्गत २८ किलो भन्ने स्थानमा ठक्कर दिँदा पनौती- १२ खोपासीका १८ वर्षीय विनोद पहरीको मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हजार र पाँच सयका भारतीय नोटसहित पक्राउ


नयाँ पत्रिका

बुटवल, नेपालमा प्रतिबन्धित पाँच सय र हजारका भारतीय रुपैयाँ कारोबार गर्ने एक भारतीय नागरिक साढे तीन लाख भारतीय रुपैयाँसहित बुटवलबाट पक्राउ परेका छन् । बुटवल बजारबाट एक लाख भारतीय रुपैयाँ सटही गर्दा तीन हजार पाँच सय नेपाली रुपैयाँ कमिसन दिएर भारतीय रुपैयाँको कारोबार गर्दै आएका भारत ठुटीबारीका ३८ वषर्ीय चन्द्रशेखर बानियाँलाई आइतबार सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प बुटवलले पक्राउ गरेको हो पढ्नेक्रम जारी राख्नुहोस्