Daily Archives: 06/06/2010

अनौठो संख्या


सात दिन पूरा भएर एक हप्ता बन्दछ । संसारको रचना सात दिनमा नै भएको थियो । आदिकालमा ग्रहहरूको सङ्ख्या पनि सात नै मानिन्थ्यो । समुद्रहरूको सङ्ख्या पनि सात छ । महाद्वीप पनि सात नै छन् । सात महासागरहरू तथा महाद्वीपहरूसँग मिलेर नै पृथ्वी बनेको छ । इन्द्रधनुषमा पनि सात रङ हुन्छ भने सूर्यको किरण पनि सप्तरङ्गी हुन्छ ।

सङ्गीतको सुर क्रममा पनि सात सुर हुन्छन् । युनानी पौराणिक कथाअनुसार एपोलोले आरफियसलाई जुन वीणा दिएको थियो त्यसमा पनि सात नै तार थियो । ग्रीक वर्णमालामा सात स्वर छ । पढ्नेक्रम जारी राख्नुहोस्

मोबाइलमा थप सुविधा


काठमाडौं,  लाइभ सेलले मोबाइल टेलिफोनका ग्राहकलाई थप सुविधा दिन सुरु गरेको छ।मोबाइल टेलिफोनलाई परम्परागत कुराकानी गर्ने साधनको रुपमा मात्र नभै लाइभ सेलले खेल खेल्न, हाजिरी जवाफ, समाचार, जोक्सहरु, बैंक व्यालेन्स र कारोवारको जानकारी, रिङ्गटोन समेत उपलव्ध गराउन सुरु गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बिमा कम्पनीलाई गाभिनका लागि बाटो खुला


सुदर्शन सापकोटा, काठमाडौं, सर्वसाधारणको सामाजिक सुरक्षाका लागि लघु तथा पेन्सन बिमा व्यवस्था गर्न नयाँ ऐनले बाटो खोलिदिएको छ। बिमा समितिले केही दिनअघि अर्थमन्त्रालयमा बुझाएको नयाँ बिमा ऐन मस्यौदामा यस्तो व्यवस्था गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अख्तियारको छानबिनमा आठ मन्त्री


 नयाँ पत्रिका

काठमाडौं,  आर्थिक अनियमितता गरेको आरोपमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित आठ मन्त्रीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका छन् । कर्मचारी सरुवा गर्दा घुस लिएको आरोपमा उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री शरतसिंह भण्डारी र स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा अख्तियारको छानबिनमा परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्