श्री स्वधर्म मा.वि. पाखापानी पर्वतमा साँस्कृतिक कार्यक्रम सम्पन्न


जय आले, कुवेत

विद्यालयको चौतर्फी विकास गर्ने उद्देश्य सहित हालै मात्र गठित भू.पू. विद्यार्थी मञ्च श्री स्वधर्म  मा.वि. पाखापानी, पर्वतले विद्यालय अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा भव्यरुपले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर के.सी. को सभापतित्वमा भएको उक्त कार्यक्रम दुई दिन सम्म चलेको थियो । पचास बर्षको लामो इतिहाँस बोकेको बिद्यालयमा नव-गठित भू. पु. बिद्यार्थी मञ्चले विद्यालय सञ्चालन समितिका भू.पू. अध्यक्षहरु र जिवनमा ३९ वर्ष शिक्षण पेशा गर्नु भएका शिक्षक श्री भक्तराज सुवेदीलाई सम्मान गरेको थियो ।

भु.पू. विधार्थीको तर्फबाट मञ्चका अध्यक्ष इन्द्र प्रसाद भूषालले विद्यालय भित्र राजनीति नगर्न आग्रह गर्दै सम्पूर्ण अभिभावकलाई विद्यालयको प्रगतिको लागि सहयोगी हातहरु अगाडी बढाउन आग्रह गर्नु भएको थियो । निकै नै रमाइलो वातावरणमा भु.पू. विद्यार्थी मञ्चले विद्यालयलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरेको थियो ।

मञ्चको कोषको लागि उक्त सांस्कृतिक कार्यक्रमबाट रु. ४०,००४ (चालिस हजार चार रुपैयाँ) संकलन भएको छ । कार्यक्रमको समापन गर्दै वि. व्यवस्थापन समितिका अध्यक्षले भु.पू. विद्यालयलाई सदैव सहयोग गर्ने आश्वासन दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.