नेपाल हिन्दू जनता पार्टीले अपहरण गरेको श्रेष्ठको भनाइ,
झण्डै तीन सातादेखि अपहरित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठलाई प्रहरीले आज बिहान ६ बजे सकुशल उद्दार गरेको छ । प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीले उद्दारको पुष्टि गर्दै थप अनुसन्धान सुरु भएको बताएका छन् । नागरिकन्युजकर्मी दीपक दाहालका अनुसार धादिङ-चितवन सीमाको राजमार्ग कर उठाउने मजिमटारबाट उनी मुक्त भएका हुन् ।
धादिङको मजिमटारबाट डा. श्रेष्ठले बिहान ३ बजे आफ्ना भाइ डीएसपी जगतमान श्रेष्ठलाई फोन गरी आफू मजिमटारमा भएको र तत्काल लिन आउनू भनेका थिए। लगत्तै त्यसतर्फ गएको प्रहरी टोली साढे पाँच बजे मजिमटार पुगी उनको उद्दार गरेको थियो। उद्दारपछि उनलाई बिहान ७ बजे चितवन लगिएको थियो।
चितवनस्थित नागरिकन्युजकर्मी चाँदनी हमालका अनुसार मुक्त डाक्टर श्रेष्ठले आफूलाई नेपाल हिन्दू जनता पार्टीले अहपरण गरेको बताएका छन्। प्रश्न सोध्न रोक लगाइएको पत्रकार सम्मेलनमा संक्षिप्त प्रतिक्रिया दिँदै डा. श्रेष्ठले भने- ‘नेपाल हिन्दू जनता पार्टीले अपहरण गरेको थियो। मेरो रिहाइका लागि पहल गर्नुहुने तपाईंहरु सबैलाई धन्यवाद।’
उनले अपहरणकारीले आँखामा पट्टी बाँधेर राखेको जानकारी दिए। ‘मुक्त गर्ने बेलामा पनि उनीहरुले पट्टी बाँधेकै अवस्थामा आधा घण्टासम्म कतै नजान भनेका थिए। आधा घण्टापछि मैले पट्टी खोलेर परिवारलाई सम्पर्क गरेँ।’ झन्डै दुई मिनेट बोलेका उनले अपहरणको कारण’bout केही बताएनन्। दाह्री झुस्स आएका उनी थकित र तनावमा देखिएका थिए। श्रेष्ठको अनुहार केही सुनिएको छ।
प्रहरी नायव महानिरीक्षक नवराज ढकालले घटना’bout अहिले केही भन्न नमिल्ने बताए। ‘को को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, उनले भने- ‘कसैलाई तोकेर भन्न मिल्दैन।’
यसअघि क्वार्टर प्राङ्गणमा जम्मा भएका शुभेच्छुक देखेर आँसु झार्दै उनी भावविह्वल बनेका थिए। हात हल्लाएर अभिवादन गरे पनि उनी बोल्न सकेका थिएनन्। क्वार्टर परिसरमा हजारौं मान्छेको भीड छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका कार्यकारी निर्देशक श्रेष्ठ जेठ ४ गते राति अस्पतालबाट घर फर्कने क्रममा सम्पर्कबिहीन भएका थिए। उनको कार पोखरामा फेला परेको थियो भने उनको ब्रिफकेस चितवनको दारेचोकमा भेटिएको थियो।
श्रेष्ठ अपहरण’bout छानबिन गर्न माओवादीले स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा एक छानबिन टोली गठन गरेको थियो। सो टोलीले श्रेष्ठको अपहरणमा माओवादी संलग्नता नभएको प्रष्टीकरण दिएको थियो।
डाक्टर श्रेष्ठको अवस्था पत्ता लगाउन प्रहरीले विभिन्न तहमा छानबिन समिति बनाएको थियो। घटनास्थल चितवनमा प्रहरीका डीएसपी रविराज खड्काको टोलीले अनुसन्धान अघि बढाएको थियो। अपहरणको पाँच दिनपछि जेठ ९ मा प्रहरी प्रधान कार्यालयमा कार्यरत् डा. श्रेष्ठकै भाइ डीएसपी जगतमान श्रेष्ठ र एसएसपी रमेश फुयालको नेतृत्वमा दुइटा अलगअलग छानबिन समिति बनेका थिए। त्यसैगरी गृह मन्त्रालयले जेठ ११ मा अपराध अनुसन्धान विभागका प्रमुख, एआइजी प्रकाश कुँवरको नेतृत्वमा अर्को छानबिन समिति बनाएको थियो।
Source: Nagarik
It is a great matter of happiness. The abductors must be identified and punished. The govt must provide security to the persons in sensitive fields.