Daily Archives: 05/06/2010

नेपालका ग्रामीण क्षेत्रमा बैंक र वित्तिय संस्थाको अभाव


जय आले, कुवेत  

राज्यमा वित्तिय संस्थाहरु धेरै छन् तर पनि वित्तिय संस्थाको बिकास पारदर्शी र सबै क्षेत्रलाई चौतर्फी समेट्न सक्ने रुपरेखा तर्जुमा गरी अगाडि जान सकिरहेका छैनन् । आ.ब. २०६६ को आकडालाई हेर्दा नेपालमा ८० % ग्रामीण क्षेत्र छन् भनें २५ % ॠणिले मात्र बैंक वित्तिय संस्थाको सेवा लिन सक्षम र ७५ % जनसंख्या सेवा लिनबाट बन्चित छन् । तर बैंक तथा बित्तिय संस्थाको संख्याको आधारलाई आधारपद मान्ने हो भनें नेपालमा २४५ वटा बैंक तथा बित्तिय संस्थाहरु छन् । तर, यी सबै संस्थाहरु शहरमुखी नै छन् भन्दा अत्युक्ती नहोला । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकपका १० स्टार


जुन ११ देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदा ३२ राष्ट्रका अनगिन्ति खेलाडी आफ्नो कुशल प्रतिभाले संसारका दर्शकलाई आफूतर्फ मोहित पार्न लालायित देखिनेछन्। क्लब फुटबलको प्रदर्शनका कारण यसपालिको विश्वकपमा धेरै खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा पनि गरिएको छ। तर, यति हुँदाहुँदै यसपालिको विश्वकपमा १० जना खेलाडीबाट विश्व फुटबलले विशेष आशा गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी लाईनमा आउनै पर्छ


बालकृष्ण घिमिरे, कुवेत 

गत जेठ १४ गते मध्यराती तीन दलबीच भएको तीन बुँदे सहमतीको उपलब्धी अर्को एक बर्ष संबिधानसभाको म्याद थप्नु बाहेक केही नभएको र त्यो तीन बुँदे सहमती नेपाली जनताकालागि कागलाई बेल पाक्यो हर्ष न बिष्मात भएको छ । दलहरु आ-आफ्नै डम्फु बजाउनमै ब्यस्त हुँदा नेपाली जनताहरु पुन: निराशामय हुनुभन्दा अर्को बिकल्प रहेन । पढ्नेक्रम जारी राख्नुहोस्

डाक्टर श्रेष्ठ सकुशल मुक्त


नेपाल हिन्दू जनता पार्टीले अपहरण गरेको श्रेष्ठको भनाइ,

झण्डै तीन सातादेखि अपहरित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठलाई प्रहरीले आज बिहान ६ बजे सकुशल उद्दार गरेको छ । प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीले उद्दारको पुष्टि गर्दै थप अनुसन्धान सुरु भएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

श्री स्वधर्म मा.वि. पाखापानी पर्वतमा साँस्कृतिक कार्यक्रम सम्पन्न


जय आले, कुवेत

विद्यालयको चौतर्फी विकास गर्ने उद्देश्य सहित हालै मात्र गठित भू.पू. विद्यार्थी मञ्च श्री स्वधर्म  मा.वि. पाखापानी, पर्वतले विद्यालय अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा भव्यरुपले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर के.सी. को सभापतित्वमा भएको उक्त कार्यक्रम दुई दिन सम्म चलेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्