काठमाडौ, जेष्ठ २१, राजधानीको पुतलीसडकस्थित युटिएलको कार्यालय रहेको त्रिवेणी कम्पलेक्समा भीषण आगलागी भएको छ । आगलागीबाट करिव एक करोड बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उपत्यकाका तीनै जिल्लाका वारुणयन्त्र, सुरक्षाकर्मी तथा स्थानीयले शुक्रबार विहान साढे सातवजेदेखि भएको आगलागी नियन्त्रण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/06/2010
प्रधानमन्त्रीप्रति माओवादी लचिलो / प्रधानमन्त्रीको राजीनामालाई मुद्दा बनाउँदैनौँ
काठमाडौं, एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्यले जेठ १४ गते तीन दलबीच भएको सहमति एमाले र कांग्रेसले उल्लंघन गरेका कारण तीनबुँदे सहमतिको औचित्य समाप्त भएको र अब प्रधानमन्त्रीको राजीनामा आफ्नो पार्टीको मुद्दा नबन्ने बताउनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
जापानी प्रधानमन्त्रीद्वारा राजीनामा
टोकियो/ जापानी प्रधानमन्त्री युकिओ हातोयामाले राजीनामा दिएका छन् । उनले आफ्नो डेमोक्रेटिक पार्टी अफ जापान -डिपिजे को साधारणसभामा आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । जापानको ओकिनामा द्वीपमा वर्षौंदेखि रहँदै आएको अमेरिकी नौसैनिक अखडा हटाउने आफ्नो चुनावी प्रतिबद्धताबाट हात झिकेपछि हातोयामाको लोकपि्रयता घटेको थियो । उनले अमेरिकी दबाबमा अमेरिकी सैन्य अखडा हटाउने आफ्नो प्रतिबद्धताबाट पछि हटेको आरोप लगाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पन्ध्र वटा महिला विद्यालय खोल्ने तयारी
काठमाडौं, जेठ २१- नमूना शैक्षिकग्राम फर्पिङको सक्रियतामा काठमाडौं दक्षिणभेकका ६ गाविसमा १५ वटा महिला विद्यालय खोल्ने तयारी गरिएको छ। चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु र छैमले गाविसमा १५ वटा महिला विद्यालय खोल्ने तयारी गरिएको हो। समुदायको विकासका लागि महिला साक्षरता आवश्यक रहेकोले यो अभियान संचालन गर्न लागिएको आयोजकले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार