पेरिस/ पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई आगामी विश्वकपको तयारीको चिन्ता छ त छँदै छ, तैपनि उनी युवतीहरूसँग मस्ती गर्ने बानीबाट पछाडि हट्न सकेका छैनन् । हालै मात्र रोनाल्डोले पान्सको कोर्सिकास्थित समुद्रीतटमा रुसी अन्डरवेयर मोडल इरिना स्याकसँग मस्ती गर्ने मौकालाई हातबाट उम्किन दिएनन् । रियल म्याडि्रडका स्टार रोनाल्डोले २४ वर्षीया कामुक सुन्दरीसँग सो समुद्रीतटमा एक शानदार याच (डुंगा) मा पाँच दिन बिताएका हुन् ।
एक फिट लामो याचमा पाँच फिट १० इन्च अग्ली सुन्दरीसँग मस्ती गर्दा २५ वषर्ीय रोनाल्डोले सो याचको भाडा मात्रै ५५ हजार पाउन्ड तिरेको बताइन्छ । स्पेनका फोटोपत्रकारहरूले रोनाल्डो मस्तीको क्षणलाई क्यामेरामा समेत उतारे । जसमा रोनाल्डो शरीरमै टासिने सर्टमा थिए भने इरिना याचको डेकमै सावर लिइरहेकी थिइन् । स्पोर्टस् इलुस्ट्रेडेडका साथै विभिन्न अन्डरवेयर निर्माता कम्पनीको मोडल रहेकी इरिना भने त्यसवेला हरियो रङको सानो बिकनीमा थिइन् ।
याचमा सावर लिएपछि ती दुईले नजिकैको होटलमा मसाज गराए । त्यसपछि याचमा फर्किएपछि उनीहरूले रंगीन समय बिताए । ‘इरिना रोनाल्डोसँग टाँसिने कुनै पनि मौकालाई छाड्न चाहिरहेकी थिइनन्,’ एक प्रत्यक्षदर्शीले बताए ।
आगामी विश्वकपको तयारीमा रहेका रोनाल्डोको २९ वषर्या अमेरिकी रियालिटी–सो स्टार किम कार्डासियानसँग प्रेम रहेको हल्ला पनि चल्ने गरेको छ । एरिना भने अमेरिकी ड्रमर रब बोर्डनसँग प्रेममा छिन् । रोनाल्डो र इरिनाले जर्जियो अर्मानीका लागि एकसाथ मोडलिङ गरेका छन् । स्पेनी फुटबल सिजनको अन्त्यसँगै उनी कोर्सिकाको समुद्रीतटमा इरिनालाई भेट्न निजी जेटमा गएका थिए ।
‘त्यो पाँच दिन, रोनाल्डो र इरिनाले पान्सेली पानी र राम्रो मौसमको मज्जा लुटे । त्यो क्षणले उनीहरूबीच गहिरो सम्बन्ध रहेको भान पार्छ,’ एक पत्रिकाले लेखेको छ, ‘सँगै नुहाउनु, हाँस्नु, चुम्बन गर्नु, अंकमाल गर्नु अनि हातमा हात समातेर कोठामा छिर्नु आदिले त्यो सम्बन्धलाई विशेष बनायो ।‘
Source: nayapratika