चिकित्सहरु चढॆको गाडी दुर्घटना, ५ जनाको मृत्यु


जेठ २०, कटारी । उदयपुर र सुनसरीमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । उदयपुरको लेखखानी २ को भदौरेमा हिजो साझ  स्वाथ्यकर्मी बोकेको जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बिपी प्रतिष्ठान धरानमा कार्यरत टिका लक्ष्मी कोइराला र सन्तोष रायमाझी बाहेकको नाम खुल्न सकेको छैन । उनीहरुको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु भएका अन्य तिन जनाको सनाखत हुन सकेको छैन । अरु एक दर्जन बढी घाइते भएका छन् । सुनसरीको धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट ओखलढुङ्गको रुम्जाटारमामा आखाँ शिविर संचालन गर्न जाँदै गरेको जिप दुर्घटनामा परेको हो । जीपमा १७ जना सवार रहेको बताइएको छ ।

यसैबिच कोशी राजमार्ग अन्तर्गत सुनसरीको सोनापुर २ मा गएराती मोटरसाइकलले ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । दुहबीबाट इटहरी तर्फ जादै गरेको को ६ प ८३९१ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकलमा सवार टंक खतिवडा र सोमराज खत्रीको मृत्यु भएको हो । उनीहरु दुवै जना पशुपति सोल भ्यान फ्याक्ट्रीमा कार्यरत रहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.