Daily Archives: 03/06/2010

अन्तिम पत्रको सातौं अध्याय


चन्द्र तामाङ्ग, कुवेत

जीवनमा जती बियोग भएपनी नयाँ चुनौती र नयाँ संघर्षलाई मुहर्त गर्नै पर्छ । जीवनका पाटामा धेरै किसिमका हर्ष, बिस्मतका आँशुहरु आउँछन । बियोगान्तको नियम र परिवन्द आनीको लाश आज खरानी भयो उसले दिएका ममताका दिवार ताजा छन् । उसका औंलाका किस्मतहरु मेरो जीवन हो । जसले आज म यो समाजमा आफ्नो पहिचान बनाएर बाँच्न सफल भएं । आनी तिमीलाई मेरो हार्दिक श्रदाञ्जली युगौं युग सम्म ……

मेरो रगतमा अस्तित्व रहेसम्म सबै कर्मका खेल हुन । भावना चाहँदा चाहँदै पनि  आनीले तिमीलाई पढ्नेक्रम जारी राख्नुहोस्

अब नेपालमै गाडी उत्पादन


नेपाली बजारमा टाटा ब्रान्डका भारतीय गाडीहरूको बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालिले अब नेपालमै गाडी उत्पादन गर्ने भएको छ । सिप्रदीले पहिलो चरणमा विदेशबाट गाडीका पार्टसहरू आयात गरी एसेम्बल्ड गाडी निर्माण गर्ने र त्यसको एक वर्षपछि गाडी निर्माण कारखाना स्थापना गर्ने जनाएको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालका अनुसार कम्पनीले यसका लागि विज्ञहरूसँग परामर्श सुरु गरेको छ । वि. सं. २०३७ सालदेखि नेपालमा गाडीलगायतका आयातीत वस्तुहरूको बिक्री गर्दै आएको सिप्रदीले पश्चिम नेपालमा प्लान्ट स्थापना गरी हलुका सवारी साधन निर्माणको योजना बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पोल्यान्डमा रोजगारी खुल्ला


विज्ञान अधिकारी, काठमाडौं, जेठ २०- सरकारले युरोपेली मुलुक पोल्यान्डमा रोजगारी खुल्ला गरेको छ । श्रम तथा यातायात मन्त्रालयले सोमबार पोल्यान्डमा कामदार पठाउन स्वीकृति दिएपछि नेपाली औपचारिक रूपमा पोल्यान्ड जान पाउने बाटो खुल्ला भएको हो ।  पढ्नेक्रम जारी राख्नुहोस्

मकाउमा नेपालीलाई आगमन भिसा रोक


पूर्ण बस्नेत, हङकङ, जेठ २० –  मकाउ सरकारले नेपालीका लागि आगमन भिसा बन्द गर्ने निर्णय गरेको छ। गैर कानुनी कामदार नियन्त्रण गर्नका लागि नेपाल लगायत चार एसियाली र एक अफ्रिकी मुलुकलाई एक महिनापछिबाट लागू हुने गरी आगमन भिसा बन्द गरिएको मंगलबार प्रकाशित सरकारी सूचनामा जनाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

इन्स्पेक्टरको घरमा बालकलाई यस्तो यातना


image

नयाँ पत्रिका, काठमाडौं, १९ जेठ, राजधानीको कपनस्थित एक प्रहरी निरीक्षकको घरमा काम गर्न बसेका बालमजदुरले चरम यातना पाएका छन् । उनलाई आइरन तताएर जताततै डामिएको तथा शरीरमा चक्कुले काटेर नुन-खुर्सानी हालिएको अवस्थामा उद्दार गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रोनाल्डोको अँगालोमा अब इरिना


पेरिस/ पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई आगामी विश्वकपको तयारीको चिन्ता छँदै , तैपनि उनी युवतीहरूसँग मस्ती गर्ने बानीबाट पछाडि हट्न सकेका छैनन् । हालै मात्र रोनाल्डोले पान्सको कोर्सिकास्थित समुद्रीतटमा रुसी अन्डरवेयर मोडल इरिना स्याकसँग मस्ती गर्ने मौकालाई हातबाट उम्किन दिएनन् रियल म्याडि्रडका स्टार रोनाल्डोले २४ वर्षीया कामुक सुन्दरीसँग सो समुद्रीतटमा एक शानदार याच (डुंगा) मा पाँच दिन बिताएका हुन् पढ्नेक्रम जारी राख्नुहोस्

चिकित्सहरु चढॆको गाडी दुर्घटना, ५ जनाको मृत्यु


जेठ २०, कटारी । उदयपुर र सुनसरीमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । उदयपुरको लेखखानी २ को भदौरेमा हिजो साझ  स्वाथ्यकर्मी बोकेको जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बिपी प्रतिष्ठान धरानमा कार्यरत टिका लक्ष्मी कोइराला र सन्तोष रायमाझी बाहेकको नाम खुल्न सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

बैदेशिक रोजगाका लागि मलेशिया पुगेका २२ नेपाली अलपत्र


वैदेशिक रोजगारका लागी २६ मे का  दिन  नेपालबाट  मलेशिया उडेका  २२ युवकहरु मलेशियाको जलान बानटिन क्षेत्रमा अलपत्र परेका छन् ।  करिब ४ वटा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीका लागी हिडेका ती युवकहरु मलेशियाको जलान रोडको बानटिगं भन्ने स्थानमा रहेको  Flexitat company मा एक वर्षाको सम्झौता अनुरुप Anjali, Sadhiskya, Kantipur, Ideal Manpower बाट कामका लागी गएको कुरा मलेशियाबाट फोन सम्र्पकमा गंगाराम आर्चायले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्