कम्प्युटरसम्बन्धी ज्ञान अहिले फेसनभन्दा पनि आवश्यकता भइसकेको छ । एसएलसीको पछिल्लो सहरी पुस्ताले यसको आवश्यकतालाई महसुस गर्नु स्वाभाविक मानिए पनि मोफसलका केन्द्रहरुमा समेत कम्प्युटरका विषयमा सोधखोज बढ्नुले यसको महत्व र उपयोगिताको भविष्यलाई दसा्रउँछ । सूचना-प्रविधिको सामान्य ज्ञानको बीजारोपण हालसम्म केही उपलब्धिमूल्क नठानिए पनि समयसँगै वृद्धि हुँदै जाने ज्ञान र अवसरलाई यो नवपुस्ता गुमाउन चाहँदैन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/06/2010
आईटी इन्स्टिच्युटमा विद्यार्थीको घुइँचो
साहित्य र गीत संगितलाई निरन्तरता दिन खाडिबाट जन्मभूमी फर्कंदैछन -भूपाल मगर
नवराज पन्थी, कुवेत
“म अनवरत बग्न खोजिरहेछु, आकाश छुन नसके पनि म उड्न कोशिस गरिरहेछु,
गन्तब्यमा पुग्न नसके पनि म निरन्तर् हिंड्न खोजिरहेछु”
२०५८ सालमा “मौन आकाश” नामक कविता सङ्ग्रह प्रकाशित गरि सकेका भूपाल राना ६ बर्ष मरुभूमीको बसाईपछि काम दाम राम्रो हुँदाहुँदै पनि आफ्नै जन्मभूमी नेपाल मै गएर साहित्य, पत्रकारिता, वेब डिजाइनिङ जस्ता कामलाई निरन्तरता दिंदै नेपाली साहित्य र पत्रकारिताको बिकासको लागि सकृयरुपमा लाग्ने उद्वेश्य बोकेर नेपाल फर्कंदै छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श, विविध
कुवेतनेपाल डट कमका वेब ग्राफिक्स भूपाल रानालाई स-सम्मान बिदाई
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको आधिपत्यमा संचालित वेब पत्रीका कुवेतनेपाल डट कममा लामो समयदेखी वेब एडमिन/ग्राफिक्समा कार्यरत रहँदै आउनु भएका श्री भूपाल राना मगर ज्यूलाई, हिजो ०१ जुन २०१० को दिन, कदर तथा सम्मान पत्र दिई बिदाई गरियो । श्री भूपाल मगरज्यू कुवेतमा आफ्नो ६ बर्षे कार्यकाल पुरा गरी, आज ०२ जुन २०१० को साँझ प्यारो जन्मभूमी नेपाल फर्कंदै हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in MESC गतिविधि
२५५४औं वुद्ध जयन्ती सम्पन्न, नेपालीहरुद्धारा मलेसियाका प्रधानमन्त्रिलाई स्वागत
सुन्दर आले, मलेसिया
क्वालालम्पुर, शान्तिको अग्रदुत भगवान गौतम वुद्धको २५५४औं वुद्ध जयन्ती मलेसियाको व्रेक फिल्ड स्थित वुद्ध माहाविहारमा मलेसियाका प्रधानमन्त्रि दातो महमद नाजीव विन तुन अबदुल राजक र श्रीमती दातीन रोशमा मनसोरको प्रमुख उपस्थितमा २५५४ औं वुद्ध जयन्ती भव्यताको साथ सम्पन्न भएको छ ।
सो अवसरमा विभिन्न मुलुकको सहभागितामा विभिन्न झाँकी पुष्प गुच्छाले स्वागत गर्नुको पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पाठेघरको निःशुल्क शल्यक्रिया
खिलानाथ ढकाल, विराटनगर, जेठ १९- पाठेघर खस्ने समस्याले १० वर्षदेखि पिरोलिएकी मोरङ झोराहाटकी ४४ वर्षीया रामकुमारी उराउले गत जेठ १ गते घरनजिकैको स्वास्थ्य केन्द्रमा राखिएको स्वास्थ्य शिविरमा गएर जाँच गराइन्। तीन सन्तानकी आमा उनको पहिलो सन्तान भएदेखिनै पाठेघर खस्न थालेको थियो। लाज लागेर श्रीमान्लाई नभनेको र त्यसपछि दुईवटा सन्तान जन्मिएका उनी बताउँछिन्। यसपालि उनको निःशुल्क अप्रेसन हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सन्देश
पर्यटकीयस्थल रौतामा बस पुग्यो
महेश्वर चामलिङ राइर्, रौता (उदयपुर), जेठ १९- जिल्लाको पर्यटनउन्मुख तथा धार्मिक महत्वको स्थल रौता पोखरीसम्म यात्रुबाहक बस सञ्चालन हुन थालेको छ।
गाईघाट-साउने-रानीबास-रौता हुँदै पोखरीको सल्लेसम्म ग्रामिण सडकको ट्र्याक निर्माण भएपछि यसै साताबाट बस सञ्चालनमा ल्याइएको हिमाली यातायात ब्यवसायी संघ उदयपुरले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार