ओमान एयरलाई नेपाल र ओमानबीच सीधा हवाई उडान गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमति प्रदान गरेको छ । सो उडानसम्बन्धी सम्झौतामा नेपाल र ओमान सरकारबीच सम्झौतासमेत सम्पत्र भएको छ । ओमान एयरले आउँदो जुनको तेस्रो सातादेखि ओमान–काठमाडौं–ओमान खण्डमा प्रतिहप्ता सात उडान गर्ने योजना प्रस्तुत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/06/2010
ओमान एयरलाई काठमाडौं उडानको अनुमति
६ महिनापछि तपस्वी फेला
बारा, जेष्ठ १८, रतनपुरीका चर्चित तपस्वी रामबहादुर बम्जन ६ महिनापछि चुरे पहाडको फेदीमा फेला परेका छन् । गढीमाई मेलामा हुने पशुबलि रोक्न मङ्सिर महिनामा गढीमाई मन्दिर हिंडेका तपस्वी आफ्नो साविक तपस्यास्थान पसाहाको हलखोरिया दहमा नफर्की अन्यत्रै लागेका थिए ।
नमोबुद्ध तपोवन संरक्षण समितिका अध्यक्ष वेदबहादुर लामा सहितको टोलीले खोजतलास गर्दा चुरेको मिरी वनमा तपस्वीलाई फेला पारिएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नयाँ संगठनको नाउमा बसमा बम भेटियो
ध्रुव दंगाल, सिन्धुपाल्चोक, जेठ १८ – दक्षिण-पूर्वी सिन्धुपाल्चोकको लिसंखु-३ स्थित बसपार्कमा नामै नसुनिएको संगठनको पर्चासहित सकेट बम भेटिएको छ। यात्रुबसको च्यासिसमा डोरीले झुण्डाएको अवस्थामा बम भेटिएपछि गाउँले त्रसित बनेका छन्। सम्भावित घटना रोक्न उक्त स्थललाई प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको छ। पार्किङमा रहेको बा २ ख १११० नम्बरको यात्रुबसको च्यासिसमा सकेट बम झुण्डाइएको भेटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अजय भट्टराईले नागरिकन्यूजलाई बताए। उनका अनुसार बमसँगै संयूक्त जातीय मोर्चा नेपालको नाममा ३५ बुँदे ‘जनविद्रोह-०६६ को अपिल’ उल्लेखित पर्चा छरिएको छ। राष्ट्रिय मुक्ती संघर्ष नामक एउटा किताव पनि बम नजिकै भेटिएको भट्टराईले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
प्रचण्डद्वारा तीन दल बैठक बहिष्कार / भोलिसम्ममा प्रमको राजीनामा माग
काठमाडौं,संविधानसभाको म्याद थप गर्ने दिन तीन दिनअगाडि भएको तीनबुँदे सहमतिअनुसार यथाशीघ्र प्याकेजमै सहमति गर्ने उद्देश्यका साथ सोमबारको तीन दलका शीर्ष नेताहरूको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएपछि दलहरूबीच पुनः अविश्वास उत्पन्न भएको छ।
तीनबुँदे सहमतिका ’boutमा दलहरूले आ-आफ्नै अनुकूल व्याख्या गरेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले तीन दलको शीर्ष बैठक नै बहिष्कार गर्नुभएको छ भने एमाले र कांग्रेसले सहमति र सहकार्यको यात्रामा जाने बाटोलाई माओवादीले तीन दिन नहुँदै अवरुद्ध गर्न खोजेको गम्भीर आरोप लगाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
Monday ब्लोअप
धोका दिन्छन् युवतीलेबाबु बोगटी बोगटी युवापुस्ताका लोकपि्रय गायक हुन् । उनले टेलिसिरियल र फिल्ममा अभिनय पनि गरेका छन् । महिला नहुँदाको संसार कल्पनै गर्न सकिँदैन । सबै पुरुषलाई यस्तो लाग्छ । मेरो नजरमा महिला सम्पूर्ण संसार हो । महिला पुरुषको तुलनामा बढी सहनशील र धीर हुन्छन् । तर, सबै महिला एकै हुदैनन् । कतिपय सुन्दर, तर अधिक घमन्डी महिला पनि देखेको छु मैले । कतिपय दयालु, समझदार र चलाख महिला पनि चिनेको छु । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श