Monthly Archives: जुन 2010

आइतबारभित्र एसएलसीको नतिजा आउने, एसएमएसमा पनि नतिजा


काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय उच्चस्रोतका अनुसार आइतबारभित्र नतिजा प्रकाशन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले चार लाख परीक्षार्थीको कम्प्युटरमा इन्ट्री गरिएको नाम, जन्ममिति, नम्बर लगायतका विषयहरु रुजु भइरहेको नागरिकन्युजलाई बताए।
यस पटक आन्दोलन र गत वर्षको भन्दा बढी परिक्षार्थी रहेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको उनले बताए। सोमबार एक टेलिभिजन च्यानलले एसएलसीको नतिजा प्रकाशित भएको समाचार प्रसारण गरेपछि हल्लाका पछाडि नलाग्न समेत कार्यालयले अनुरोध गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधान मन्त्रीद्वारा राजिनामा घोषणा


सम्बोधनको पूर्ण पाठसहित-
  काठमाडौं, असार १६- प्रधान मन्त्री माधवकुमार नेपालले स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति स्थापना र संविधान निर्माणका लागि वातावरण बनाउन राजिनामा दिएको घोषणा गरेका छन्। पटकपटक सहमतिका लागि प्रयास गरे पनि सहमति हुन नसक्दा राजिनामा दिएको उनले बताए।   राजिनामा दिए पनि शान्ति प्रक्रियामा आफ्नो योगदान कायमै रहने पनि उनले बताए।  माओवादीले देशलाई अन्योलपूर्ण स्थितिमा पुर्‍याएको बताउँदै सत्ता कब्जाको भ्रम फैलाएको तथा अरु राजनीतिक दलको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति देखाएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थलबाट सामान चोरियो


काठमाडौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवाको सामान चोरी भयो । चार वर्षपछि अमेरिकाबाट स्वदेश फर्किएका प्रमोद झासहित मन्दिरा श्रेष्ठ र ललितपुरका सुगम श्रेष्ठको सामान चोरी भएको हो । यी सबै बोस्टनबाट मस्को हुँदै सिंगापुरसम्म सिगांपुर एयर र सिंगापुरबाट यहाँसम्म सिल्क एयरको एम आई ४१२ बाट आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री काठमाडौँ विमानस्थलमा पक्राउ


काठमाडौँ, असार १६ । भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेनलाई काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ । उनीसित नेपालमा प्रतिबन्धित पाँच सय र हजार रुपैयाँका नौ लाख बराबर भारु भेटिएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राजनितिक संस्कार , नियती र युवाको भुमिका


राजु पौडेल                                                               

दशक देखी यताको नेपाली  राजनैतिक घटनाक्रमलाई नियाल्दा आफू स्नातक हुने समयमा पढेको एक ग्रीस दन्तेकथाको याद आउछ जहाँ  “सिसिफल ” भन्ने एउटा पात्र हुन्छ जसले  श्राप  बश खोलाको  फेदिबाट पाहाडको टुप्पो सम्म एउटा ग्रहौ ढुङ्गालाई  पुर्यौनुपर्ने हुन्छ ,उस्को यो कृयाको अन्त छैन कारण पहाडको टुप्पोमा पुग्दा नपुग्दै ढुङ्गा गर्ल्यम्मै ढलेर फेदिमै आइपुग्छ अत:उस्को जिवनकाल यस प्रतिफल बिहिन प्रयत्नबाट गुजिर्न्छ | पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपाली कामदारलाई कडाइ


होम कार्की, काठमाडौ

अषाढ १६, कुवेतले नेपाली दूतावासद्वारा प्रमाणित कागजात नबोकेका कामदारलाई कडाइ गर्न सुरु गरेको छ । वैदेशिक रोजगार व्यवसायी तथा दलालले नक्कली कागजात दिएर कुवेत पठाएको भेटिन थालेपछि दूतावासको अनुरोध कुवेत सरकारले कडाइ सुरु गरेको हो । दूतावासले प्रमाणित कागजात हेरेर मात्रै आवासीय भिसा दिन कुवेत सरकारलाई अनुरोध गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

म जंगलमा बस्ने चरा जस्तै हुँ: देवमान हिराचन (एनआरएनए आइसीसी अध्यक्ष)


Dev_Man_HIrachanगत अक्टोबरमा काठमाण्डौमा आयोजित चौथो गैरआवासीय नेपाली विश्व सम्मेलनले देवमान हिराचनलाई अध्यक्ष पदमा चुनेको हो । दुई बर्षका लागि सर्वसम्मतिले चुनिएका उनी जापानमा पर्यटन, सूचना प्रविधि, घरजग्गा लगायतका व्यवसायमा संलग्न छन् ।

विश्वका पचपन्न मुलुकमा सञ्जाल फैलिसकेको एनआरएन मुलुक बाहिर बस्ने करिब २८ लाख गैरआवासीय नेपालीहरुका प्रतिनिधि मुलक संस्था हो । एनआरएन चीनको दोस्रो वार्षिक पढ्नेक्रम जारी राख्नुहोस्

पोर्चुगललाई हराउँदै स्पेन क्वाटर फाइनलमा


villaदक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० को क्वाटर फाइनलमा स्पेनले आफ्नो स्थान सुरक्षित राखेको छ । दक्षिण अफ्रीकाको केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा स्पेन र पोर्चुगलबीच भएको खेल १-० ले जित्दै स्पेनले क्वाटर फाइनल यात्रा तय गरेको हो ।

उत्कृष्ट प्रदर्शन गरेका जर्सी नं.७ का स्पेनका फरवार्ड डेभिड भिलाले खेलको ६३ औं मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्