कुवेतस्थित नेपाली राजदूतावास भवनको भुँईमा सामान्य म्याट ओछ्याई हालमा करिब ३५~४० जना नेपाली महिला कामदारहरुलाई शरण दिई राख्नु परेको र दिनानुदिन यसरी दूतावासमा शरण लिन आउने महिलाहरुको संख्या बढीरहेको अवस्थामा, बैदेशिक रोजगार बिभागले तथाकथित संगठित क्षेत्रको नाममा दूतावाससँग समन्वयनै नगरी नक्कली कागजातको आधारमा श्रम स्विकृति दिंदै, सोही श्रम स्विकृतिको आधारमा हिजोआज पुरुष कामदारहरु पनि कुवेत भित्रिरहेका पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/05/2010
नेटवर्क मार्केटिङमाथिको प्रतिबन्ध फुकुवा
विकास भट्टराई, (काठमाडौं), नेर्टवर्क मार्केटिङ व्यवसाय सञ्चालन नगर्न सरकारले जारी गरेको सूचना हाल कार्यान्वयन नगर्न आइतबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। न्यायाधीशहरु खिलराज रेग्मी र तपबहादुर मगरको संयुक्त इजलासले हाललाई त्यस्तो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
बिषालु च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु , सात सिकिस्त
चितवन १७ जेठ- लोथर, मकवानपुरको विकट कान्दा गाउँमा विषालु च्याउ खाँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा उनीहरुको मृत्यु भएको हो। च्याउ खाँदा अन्य ७ सिकिस्त छन्। स्थानीय राप्रावि कान्दाका शिक्षक वालकृष्ण थपलियाका अनुसार मृत्यु हुनेमा ६५ बर्षीय बाबुराम प्रजा, उनकी श्रीमती ६० बर्षिया मोतीमाया प्रजा र ३ बर्षिय नातिनि आइतीमाया प्रजा रहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
श्रेष्ठ राजदूत नियुक्त
काठमाडौं/ परराष्ट्र मन्त्रालयका सहसचिव तथा शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठ फ्रान्सका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति डा. रामवरण यादवले श्रेष्ठलाई आइतबार राजदूत नियुक्त गरेका हुन् । श्रेष्ठको एगि्रमो फ्रान्सले हालै स्वीकृत गरेको थियो । फ्रान्समा चार वर्षदेखि राजदूत नियुक्त भएका थिएनन् ।
Posted in समाचार