Daily Archives: 30/05/2010

राजीनामा’bout दलहरुको आफ्नै व्याख्या


काठमाडौं, जेठ १६  प्रमुख तीन दलका नेताले सहमतिसँगै प्रधानमन्त्रीको राजीनामा आउने दाबी गरेका छन्। शान्ति र संविधान प्रमुख मुद्दामा पाँच दिनभित्र प्याकेजमा सहमति हुने र त्यसपछि प्रधानमन्त्रीले राजीनामा दिने उनीहरूको भनाइ छ।

तीन दलबीच शुक्रबार संविधानसभा म्याद थप्नुअघि पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने र राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने सहमति भएको थियो। नेताहरुले त्यसअघि नै शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा पनि प्याकेजमै सहमति हुने बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सम्झिरहनुहोस् !!


राजु गुरुङ्ग, कुवेत

  • सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
  • आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो Share गर्नुस् ।
  • आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
  • आफु भित्रको युवा आत्मलाई सधैं जिवित राख्नुस् ।
  • धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मसात गर्ने बानी   बसाल्नुस् । पढ्नेक्रम जारी राख्नुहोस्

इजरायलमा गणतन्त्र दिवस सम्पन्न


सुनिल संगम, इजरायल

जेष्ठ १५, गणतन्त्र  दिवस २०६७ को सुखद उपलक्ष्यमा नेपाली राजदूताबास ईजरायलले यही मे २९ तारिक शनिबारका दिन इजरायलका लागि नेपाली राजदूत महामहिम श्री बैजनाथ थपलिया ज्युको निवास हर्जेलियामा उहाँकै उपस्थितिमा एक दिवा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाली राजदूताबासकै उपप्रमुख रुद्र नेपाल, द्धितिय सचिव बिष्णु गौतम, सहचारी थान प्रशाद शर्मा लगायत राजदूताबासका अन्य कर्मचारीहरु तथा पढ्नेक्रम जारी राख्नुहोस्

बाह्र बजे नै सहमती किन ?


बिमल लामीछाने, कुवेत

२०६५ साल जेष्ट १४ गते पहिलो पटक संविधान सभाको बैठक बस्दा शायदै आम नेपाली जनमानसले सोंचेका थिए होलान, दुई बर्ष पुग्दा नपुग्दै राष्ट्रले यो किसिमको उधोगती पाउने छ । माओवादीलाई एक्ल्याउने शुरमा देखिएका कांग्रेस, एमाले देखी साना राजनैतिक दल अनि फौजी अनमत्तता बोकेको स्वयं माओवादीहरु पनि आजको अवस्थामा आम जनमानसलाई उत्तिकै जवाफदेहि छन । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी अरबका गैर आवासीय नेपालीहरूले पीडित र असहाय नेपाली महीलालाई सहयोग गरे


राम श्रेष्ठ, साउदी अरब

“फर्क फर्क हे जाउ समाउ मानिसहरूको पाउ, मलम लगाउ आर्तहरूको चहर्‍याई रहेको घाउ”

मन्दिर जांदै गरेका यात्रीहरूलाई आफ्नो “यात्री” शिर्षकको कवितामा महाकवि लक्ष्मी प्रसाद देवकोटाले सम्बोधन गर्नुभएको उद्गार हो यो । यतिखेर साउदी अरबमा पुरूष कामदार मात्र होइन, हाउस मेडमा आएका अधिकांश महीला कामदारहरू पनी अत्यन्त पीडाका साथ नारकिय जीवन ब्यतित गर्दै रहेको तथ्य पटक पटक मिडियाहरू मार्फत सार्बजनिक भएकै छ । पढ्नेक्रम जारी राख्नुहोस्

सञ्चितालाई ज्यानको खतरा


जेष्ठ १५, अभिनेत्री सञ्चिता लुइँटेललाई अज्ञात समूहले धम्क्याएपछि उनी भूमिगत हुनु परेको छ । निखिल उप्रेतीसँग वैवाहिक सम्बन्धमा बाँधिएर तीन महिनादेखि मुर्म्बई बसिरहेकी उनी बुधबार काठमाडौं आएकी हुन् । काठमाडौं फर्किएपछि राजधानीको भीमसेनगोला नजिक आफ्नो माइतीमा उनी बस्दै आएकी थिइन् । सञ्चिताको परिवारका अनुसार बिहीबारदेखि उनलाई विभिन्न किसिमका धम्की आउन थाले । पढ्नेक्रम जारी राख्नुहोस्