Daily Archives: 29/05/2010

हृदयाघात कम गर्न दैनिक दुईपटक दाँत माझौँ


 दैनिक दुईपटक दाँत माझनाले हृदयाघातबाट जागिन सकिने अध्ययनले देखाएको छ । वैज्ञानिकका अनुसार दाँत सफा नराख्नेहरू मुटुरोगबाट पीडित छन् । दाँतका जीवाणुका कारण मुटुको समस्या हुने गरेको तथ्य त पहिले नै थाहा भइसकेको छ । तर, मुटुको समस्या दाँत माज्ने बानीसँग पनि जोडिएको हुन्छ भन्ने पहिलोपटक पत्ता लागेको हो ।

अध्ययनका अनुसार कहिल्यै दाँत नमाज्नेमा मुटुको समस्या दैनिक दुईपटक माज्नेमा भन्दा ७० प्रतिशत बढी हुन सक्छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुर्सी कप


केशब प्रसाद घोरासैने, कुबेत

संसारमै खेलिने खेलहरु मध्ये सबैभन्दा लोकप्रिय फिफा विश्वकप २०१० फुटवल खेल दक्षिण अफ्रिकामा शुरु हुनै लागेको पूर्व सन्ध्यामा त्यो भन्दा पनी ठुलो (नेपालीहरुका लागि) खेल कुर्सी कप हाम्रो नेपालमा भई रहेको छ । खेल त बर्सौ पहिले देखी खेलिंदै आएको हो तर चारवर्ष अगाडि देखि चाँही नेपालीहरुका लागि नयाँखाले खेल खेलिंदैछ । त्यो खेलका दर्शक चाँही पौने तिन करोड नेपाली हुन । पढ्नेक्रम जारी राख्नुहोस्

म्याद थप गरिएकोमा अमेरिका र जापानद्वारा स्वागत


काठमाडौं, १५ जेठ। संयुक्त राज्य अमेरिकाले संविधानसभाको म्याद थपिएकोमा स्वागत गर्दै एकीकृत नेकपा (माओवादी)का पूर्वलडाकूको समायोजन र पुनःस्थापनालगायत शान्तिप्रक्रियासँग सम्बन्धित विषयको कार्यान्वयनका लागि दलहरुले वार्तालाई निरन्तरता दिनु आवश्यक रहेको जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लोडसेडिङ ६ घन्टामा झर्‍यो


काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले दैनिक रूपमा गर्दै आएको १२ घन्टाको लोडसेडिङ समयलाई घटाएर ६ घन्टा कायम गरेको छ । सातामा ८४ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले त्यसलाई घटाएर ४२ घन्टा कायम गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय क्रिकेटरले लिग नखेल्ने


काठमाडौ, जेष्ठ १५ – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ को तयारीमा रहेका नेपाली खेलाडीले राष्ट्रिय क्रिकेट लिगमा सहभागिता नजनाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि ट्वान्टी-ट्वान्टी तथा जेठ २५ देखि वन-डे लिग हुँदै छ । इटालीमा अगस्टमा हुने डिभिजन-४ का लागि बन्द प्रशिक्षणमा रहेको टिमका सबै सदस्यले लिगमा सहभागिता नजनाउने निर्णय गरेका हुन् । उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस’bout जानकारी दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

दहमा डुबेका मध्ये एकको शव भेटियो


                
कास्की, जेष्ठ १५ – पौडी खेल्दा खेल्दै पोखराको फेवा पावर हाउस नजिकैको दहमा डुबेका एक युवकको शब शनिवार बिहान फेला परेको छ । अर्का प्रभाग खरेल अझै बेपत्ता छन् । पश्चिम क्षेत्रीय प्रहरीगणका प्रहरी  प्रहरी नायब उपरीक्षक  दिपक रेग्मीको कमाण्डमा खटिएको उद्धारटोलीले पौडी खेलेर काठमाडौ महानगरपालिकाका वर्ष १९ का सन्जोग खतिवडाको शब दहबाट बाहिर निकालेको हो । दुइ दिन अघि काठमाडौको  गोल्डेनगेट इन्टरनेशनल कलेजबाट कक्षा १२ को परीक्षा सकेर १५ जनाको टोली सहित उनि पोखरा घुम्न आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्