Daily Archives: 28/05/2010

के हो गोनोरिया ?


गोनोरिया हुँदा यौनांग पोल्ने, योनिबाट सेतो पानी, पहेँलो पानी र पिप बग्ने, पुरुषको पिसाबनलीबाट पिप आउने, यौनांग सुन्निने र चिलाउने गर्छ ब्याक्टेरियाका कारण यौनांगमा संक्रमण भई पिप बग्ने समस्या गोनोरिया हो । असुरक्षित यौनसम्पर्कको कारण एक व्यक्तिबाट अर्कोमा गोनोरिया जीवाणु सर्ने चिकित्सक बताउँछन् । संसारमा १०औं लाख महिला र पुरुष गोनोरियाबाट प्रभावित रहेको चिकित्सकहरूको अनुमान छ । पढ्नेक्रम जारी राख्नुहोस्

थप अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि आह्वान


काठमाडौं, हालै चार कम्पनीलाई अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालन अनुमति दिएको सरकारले थप नयाँ एयरलाइन्स कम्पनीलाई प्रस्ताव आह्वान गरेको छ । पर्यटन मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट ‘क’ वर्गको अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनका लागि आह्वान गरेको हो ।

अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हुनुपर्नेछ । त्यस्तो कम्पनी स्वदेशी वा संयुक्त लगानीको पनि हुनसक्ने आह्वानमा उल्लेख छ । आन्तरिक उडान सञ्चालन गरिरहेका एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न चाहे चुक्ता पुँजी ५० करोड हुनुपर्नेछ । त्यस्तै, कम्पनीले पाँच वर्ष सेवा सञ्चालन गरेको र पाँच जहाज भएको हुनुपर्नेछ । नयाँ कम्पनीको हकमा भने २ वटा यात्रु ओसारपसार गर्ने र एउटा मालवाहक विमान हुनुपर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

छात्रबासका ४ विद्यार्थी दुई सातादेखि बेपत्ता


                    
काठमाडौं, जेष्ठ १४ – राजधानीको सामाखुसीस्थित एउटा निजी विद्यालयको छात्रबासबाट चार विद्यार्थी बेपत्ता भएका छन् । प्याराडाइम पब्लिक स्कुलको छात्रबासबाट जेठ २ गते रातिदेखि बेपत्ता उनीहरूको अवस्था अज्ञात छ ।

विद्यालयको छात्रबास बस्ने कक्षा ३ का अजय श्रेष्ठ, कक्षा ५ का राजेन्द्र पुन, कक्षा ८ का सुवास तामाङ र कक्षा १० का सरोजराज धामी छन् । उनीहरू १२ देखि १८ वर्ष उमेरका हुन् । दुई सातादेखि विद्यालय सञ्चालक, अभिभावक र प्रहरीले गरेको खोजी निष्फल भएको छ ।

विद्यालयका होस्टल इन्चार्ज निकम श्रेष्ठले पछाडिको ढोकाबाट हाम फालेर भागेको हुनसक्ने बताए । ‘राति १० बजेसम्मको ट्युसन कक्षा सकेर सुत्न गएका थिए, बिहान विद्यार्थी कक्षामा थिएनन्,’ उनले कान्तिपुरसित भने । उनीहरू एकजोर लगाउने कपडा र जुत्ता लिएर बेपत्ता छन् । राति १२ देखि १ बजे बीच बेपत्ता भएको अनुमान छ । छात्रबासमा १२ विद्यार्थीले पनि उनीहरू भागेको पत्ता नपाएको बताएका छन् पढ्नेक्रम जारी राख्नुहोस्