कुनै पनि शर्त स्वीकारिँदैनः प्रम


 
काठमाडौँ,  (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले संविधान सभा म्याद थप्नका लागि कुनै पनि शर्त स्वीकार्य नहुने बताएका छन्। बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री आलम डंकनलसित आफ्नै निवास बालुवाटारमा शिष्टाचार भेटका अवसरमा उनले भने, लोकतन्त्रमा हिंसा, बलप्रयोग र जबर्जस्ती स्वीकार्य हुँदैन।
माओवादीले संविधान सभाको म्याद थप गर्न प्रधानमन्त्रीको राजीनामालाई प्रमुख शर्तका रुपमा तेर्स्याएको छ।

भेटका अवसरमा बेलायती राज्यमन्त्री डंकनले बेलायत र नेपालका बीचमा लामो सम्बन्ध रहिआएको चर्चा गर्दै नेपालको विकासलाई महत्व दिएका कारण नै आफूले नयाँ सरकार बन्नासाथ पहिलो विदेश भ्रमणमा नेपाललाई छानेको जानकारी गराए। आफ्नो मुलुकले नेपालमा शान्ति स्थापना र नया” संविधान निर्माण भएर राजनीतिक स्थिरता स्थापित भएको हेर्न चाहेको चर्चा गर्दै उनले त्यसका लागि नेपालका राजनीतिक दलहरु सक्षम हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री नेपालले राजनीतिक बेमेलका कारण निर्धारित समयमा संविधान निर्माण हुन नसकेका कारण अब दलहरुका बीचमा सहमति कायम गरी अघि बढ्नुपर्नेमा आफूले जोड दिँदै आएको चर्चा गर्दै त्यसका लागि लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र विधिहरुलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री नेपालसँग आजै युरोपेली संघका सांसदहरुको प्रतिनिधिमण्डलले सवा ११ बजे भेट्दैछ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.