अन्तिम पत्रको छैटौं अध्याय


चन्द्र तामाङ्ग, कुवेत

तिमीले त्यो रगतको भुर्ण, ममतको खानिलाई राम्रो ख्याल गर्नु, म साथमा छु, अलिकती पनि केही त्यस्तो त्रासता भएमा मलाई भन । सबै चिज हाम्रो लागि ईश्वरले सृजाउनु भएको छ, जसलाई हामीले मात्र पालना गर्नु हो । भावना तिम्रो शारीरिक असहजता पनि दिनानु दिन बढ्दैछ तर डाक्टरको रिपोर्ट सन्तोषजनक छ, म एकदम खुशी छु ’causeं तिमीले जुन मलाई छोरी हुने सन्देश दियौ । तर अबका दिनहरु तिमी व्यसतता भन्दा आफ्नो शरीरको ख्याल गर्ने र आनी सँग अस्पताल पनि तालिका अनुसार जानु । तिमीलाई सबै कुरा मैले भनी राख्नु पर्दैन । तिम्रो शरीर कमजोर हुँदैछ, अनुकुल फलफूलहरु खाने बानी पनि गर्नु । आनीलाई भन्नु जे खान मन लाग्छ, आनीको पनि आजभोली न्यास्रो अनुहार देख्दैछु, बिरामी छ जस्तो लागि रहेको छ । के गर्नु संसार यस्तै छ, जीवनका एपिसोडहरुमा एकपछी अर्को सन्त्रास र चुनौतीहरु आइरहन्छन एक नसकिंदै अर्को अध्यायको रिहर्सल हुन्छ, यो जीवनको परिबन्ध अनि एक छोटो एपिसोड । आनीलाई पनि शायद पहिलको सम्झनाले पिरल्दो हो । जीवन मुक्ती र संसारको दु:ख देखेर बिवाह नगरि बस्नु भयो, तर त्यहाँ पनि मुक्ती देख्नु भएन जस्तो छ । जीवन भरम वा यथार्थ के हो ? सबैले यथार्थ भन्छन तर आनीको अर्थमा जीवन भरम र केबल नाटक सरी जीवन यात्रा….

भावना अब समयपनी नजिकिदै जाँदैछ, अत्यासको भारी बिसाउने मिर्मिरेले पनि प्रतिक्षामा कुरी रहेको हुँदो हो, नयाँ सन्देशको लागि जसले धेरै अरु नयाँ सन्देश र शुभ सन्देश दिने गोरेटोलाई खोल्ने छ । अब आर्थिक रुपमा पनि केही हामीलाई धेरै खाडल र दुरी बढी रहेका छन । नेपालको जागिरले धान्न सक्छु जस्तो लागि रहेको छैन । फेरी तिम्रो M.ED पनि पुरा भएको छ । अब अस्पतालको लागि पनि धेरै नै खर्छ हुन्छ । आनिलाई पनि अस्पताल चेकअप गराउनु छ । उनले पनि जीबन भरी हाम्रो ममताले नै बाँचिन । आनीले शान्ति भोजन पनि गरी सक्नु भयो, मिलन अब म भुजा बनाउछु छिट्टै अस्पताल जानु पर्छ । अब अस्पतालमा आनीको रिपोर्ट के भन्ने हो । जे भएपनि समाधान भन्ने हुन्छ नै मर्नु र बाँच्नु दुबै जीवनका नियम हुन डराउनु हुन्न । भावना अँ ठिकै हो यो प्रकृतिको चक्रब्युहमा घुम्दा जहाँ रोकिन्छ त्यहाँ नै बिसाउनु पर्छ ।

आज म तिम्रो र आनीको रिपोर्ट लिन जान्छु, तिमी आराम गर । आनीलाई पनि चिन्ता नलिनु भनेर सम्झाउनु म गए है । भावना आनिको रिपोर्ट अलिक असन्तोषजनक छ । के भएछ, मिलन रगतको क्यान्सर अब हामीसँग त्यती धेरै रकम पनि छैन । रकम धेरै लाग्छ बचाउन सकिन्न होला, कोशीस गरुं, तर तिम्रो चाहीं यो महिना अन्तिमसम्म शुभाले सन्देश लिएर आउने रिपोर्ट प्राप्त छ । ठीक छ, भावना चिन्ता नगर आनिको उपचार भोली देखिनै शुरु गरुं म जगबिरे साहुलाई गैरिखेत बन्दकी राख्छु र मेरो तलबको १५००० हजार र खेत बन्दकिको ३०००० हजार गर्दा ४५००० हजार हुन्छ, त्यतिले शायद पुग्ला । मिलन हुन्छ त्यसो भए तेसै गरुं, म अस्पताल गएं तर रकम धेरै लाग्ने डाक्टरले जानकारी दिए अनुसार…

भावना आनीको उपचार सम्भव छैन, ’cause लगभग ३ लाख रकम जरुरी छ, तर हामी सँग मात्र ४५००० हजार छ । आनीलाई नभन्नु यो सबै कुरा ’cause हामीले चाहेर पनि आनीलाई बाचाउन सकी रहेको छैनौ । तर रोकथाम चाहीं गरौं जती सकिन्छ यो नै हाम्रो कर्तब्य, धर्म र अधिकार हो । अब तिम्रो लागि पनि खर्चको जोहो गर्नुछ । हामीसँग रकमको अभाव हुनेछ, ठिकै छ तिमी चिन्ता नलेउ म सबै व्यावहार मिलाउँदै जानेछु । समय पनि नजिकिदै आयो अब आनीलाई पनि रोकथामाले मात्र कती दिन थेग्ला डाक्टरले पनि अन्तिम उपचार अब स्वास्थ्य बिज्ञानको आन्त्तिम चुनौती हो सफल भएन भन्नु भएको छ । गरीबहरु रोग र भोग के हो भन्ने त पत्तै नपाई बिदाई हुन्छन यहाँ… यो संसारमा अर्थशास्त्रको भाषा र सिद्वान्त पनि अचम्मको छ । गरीब र धनी बिचको असमानताको खाडल, शासक र शोषित बिचको अन्तर भिन्नता, बिभेद भनु वा समाजको परमपरा नियती यस्तै छ यहाँको…

तिमी अस्पताल हिंड, आनी सुती रहनु भएको छ । अस्पताल पुगेर चेकअप पछी स-कुशल हुने सन्देश डाक्टरले दिनुहुन्छ, म खुशीले बिभोर हुन्छु यता घरमा फेरी आउँछु, आनी ग्रस्त भएर छट्पट्याई रहेकी हुन्छिन । पेटिमा निस्केर ठुलो ध्वनीमा म आवाज निकाल्छु सबै गाउँले जम्मा हुन्छन, आनीको छट्पट्याई पनि सुस्त भएको हुन्छ, बोलउनु हुन्छ अचेतमा भावना, भावना, मिलन मैले आवाज दिन्छु अष्पष्ट आवाजमा आशिष दिनु हुन्छ, म ग्रहण गरी रहन्छु । भावना उपस्थिती दिन सक्दिनन, अस्पतालमा छ आनी भन्छु, ए हो ल भलो रहोस तिमीहरुको सदा सर्वदा भन्नु हुन्छ, भित्र मन्द भएको आवाजसँग ओंठ मात्र चल्छ, आनी भनेर चिच्याए आवाज मन्द हुन्छ । मेरो फुपु आनी जसले मलाई छाडेर गईन मैले मेरो बाबा, मामु सानैमा गुमाएं आज आनीले सानोमा दिएको ममताको पोको सबै एकपछी अर्को गर्दै मेरो मन्थिगलमा घुम्न थाले म ठुलो क्रन्दनमा रोएं, चिच्याएं, संसारनै गुञ्जमान हुने गरी कराएं जहाँ आनी घुमेर आउँदा पनि पोल्टोमा छाम्न पहिला नै पुग्थें जङ्गल जाँदा जहिले पनि काफल र ऐसेलु लिएर आउनु हुन्थ्यो, बजारबाट इन्द्रेनी रङ्ग भएको सानो मिठाइ रातो टाटेपाटे हाफ पाइन्ट र टिशर्ट किनिदिंदा म खानै खान भुल्थें, खेल्दाखेल्दै निदाउथें, फेरीपनि आनीले थिगारेर खान खुवाउनु हुन्थ्यो मलाई । कती बिडम्वनात्मक छ जीवन, माया दिनेहरुलाई पनि रोक्नै सकिन्न काल पनि यहाँ कती निस्ठुरी ममतानै नबुझी चट्ट चुँडी लाने अभिशाप र पिडा दिने बिहानीहरु तिमीलाई पनि, स्वागत…

अन्तिम पत्रको सातौं अध्याय पुन: बिहीवार…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.