Daily Archives: 27/05/2010


दोषी मेरो चश्मा


चन्द्र तामाङ्ग, कुवेत 

जीवनको छोटो अवधिमा गर्नु पर्ने कार्यक्षेत्र अनगन्ती छन । कुनै पूर्णबिराम भए, कुनै अर्ध, कुनै मुहर्त र कुनै रिहर्सल- बिभिन्न सन्त्रास र चुनौतीहरु छन । -७५ बाट सुरु भएको चश्माको पावर -१२५ को रफ्तारमा छ, फेरीपनि नक्कली र सक्कली छान्नै गाह्रो, धिम ज्योतिमा, चुनौती, अभिशाप, बिडम्बना, अतित, बर्तमान, भबिष्य, अड्कल बिन्दुहिन धेरै छन । मेरा सगरमाथा देखी कुवेतसम्म मेरो दोषी चश्माको नजर अन्दाज… पढ्नेक्रम जारी राख्नुहोस्

अन्तिम पत्रको छैटौं अध्याय


चन्द्र तामाङ्ग, कुवेत

तिमीले त्यो रगतको भुर्ण, ममतको खानिलाई राम्रो ख्याल गर्नु, म साथमा छु, अलिकती पनि केही त्यस्तो त्रासता भएमा मलाई भन । सबै चिज हाम्रो लागि ईश्वरले सृजाउनु भएको छ, जसलाई हामीले मात्र पालना गर्नु हो । भावना तिम्रो शारीरिक असहजता पनि दिनानु दिन बढ्दैछ तर डाक्टरको रिपोर्ट सन्तोषजनक छ, म एकदम खुशी छु ’causeं तिमीले जुन मलाई छोरी हुने सन्देश दियौ । तर अबका दिनहरु तिमी व्यसतता भन्दा आफ्नो शरीरको ख्याल गर्ने र आनी सँग अस्पताल पनि तालिका अनुसार जानु । तिमीलाई सबै कुरा मैले भनी राख्नु पर्दैन । तिम्रो शरीर कमजोर हुँदैछ, अनुकुल फलफूलहरु खाने बानी पनि गर्नु । पढ्नेक्रम जारी राख्नुहोस्

कठिन मौसममा नेपाली क्रिकेट सत्र


काठमाडौं, जेठको पारिलो घाम र अनुमान गर्न कठिन मौसममा नेपाली क्रिकेटको व्यस्त सत्र सुरु हुँदैछ, जहाँ तीन राष्ट्रिय प्रतियोगिता र भारतीय टोलीसँग अभ्यास खेलको एक मैत्रीपूर्ण शृङ्खला हुनेछन्।

वाइवाइ महिला राष्ट्रिय टवान्टी-२० क्रिकेट शनिबार सुरु हुनेछ। त्यसै दिनबाटै पेप्सी पुरुष राष्ट्रिय ट्वान्टी-२० प्रतियोगिता पनि सुरु हुनेछ। दुवै प्रतियोगिता जेठ २४ सम्म चल्नेछ। महिला त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ भने पुरुष पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

नक्कली पासपोर्ट बनाउने बंगलादेशी गिरोह समातियो


काठमाडौं, नेपालीको पासपोर्टमा बंगलादेशी नागरिकको फोटो टाँसेर वैदेशिक रोजगारीमा पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान गोंगबु, सामाखुसी र आसपासका एरियामा रहेका होटल तथा लजमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो ।

बंगलादेशी नागरिकलाई नेपाल ल्याएर नक्कली पासपोर्ट बनाई विदेश पठाउने गिरोह रहेको सूचना आएपछि प्रहरी वृत्त महाराजगन्जले बुधबार बिहान यी क्षेत्रहरूमा छापा मारेको थियो । बिहान एक बजेदेखि तीन बजेसम्म दर्जनभन्दा बढी होटल र गेस्टहाउसमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको वृत्तका डिएसपी दीपक थापाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

कुनै पनि शर्त स्वीकारिँदैनः प्रम


 
काठमाडौँ,  (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले संविधान सभा म्याद थप्नका लागि कुनै पनि शर्त स्वीकार्य नहुने बताएका छन्। बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री आलम डंकनलसित आफ्नै निवास बालुवाटारमा शिष्टाचार भेटका अवसरमा उनले भने, लोकतन्त्रमा हिंसा, बलप्रयोग र जबर्जस्ती स्वीकार्य हुँदैन।
माओवादीले संविधान सभाको म्याद थप गर्न प्रधानमन्त्रीको राजीनामालाई प्रमुख शर्तका रुपमा तेर्स्याएको छ। पढ्नेक्रम जारी राख्नुहोस्