Daily Archives: 25/05/2010

नेपालमा भूकम्पको त्रासदी


 हिमाल दहाल

गत जनवरी २१ गते हैटीको राजधानी पोर्ट औ पि्रन्सबाट ५६ किलोमिटर उत्तर-पश्चिमलाई केन्द्र बनाएर ६।१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो । भूकम्पको धक्का जाने बित्तिकै हजारौंको संख्यामा मानिसहरु खुल्ला आकाश र सडकमा भेला भएका थिए । त्यसको एक साताअघि पुस २८ गते मात्र सोही देशमा गएको ७।७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी करिब अढाइ लाख मानिस मारिनुका साथै ठूलो धनजनको क्षति भएको थियो ।ूगत फेबु्रअरी २७ गते चिलीमा ८।८ रेक्टर स्केल क्षमताको भूकम्प गयो । भूकम्पमा १ सय २५ जनाभन्दा बढीको मृत्यु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

जैविक मलबाट लाखौं आर्जन


मीनकुमार नवोदित, विराटनगर

गँड्यौलाको प्रयोगबाट जैविक मल उत्पादन गरी विराटनगरका एक व्यक्तिले वार्षिक लाखौं रुपैयाँ आर्जन गर्न सफल भएका छन् । मेहनत गरे पैसा कमाउन ऋण काडेर विदेश गइरहनु पर्दैन भन्ने बलियो उदाहरण उनले प्रस्तुत गरेका छन् ।
विराटनगर–११, मधुमाराका भक्ति भट्टराईले गाईको गोबर र गँड्यौलाको प्रयोग गरी अर्गानिक जैविक मल उत्पादन गरेर वार्षिक १० लाख रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । भट्टराईले ३० लाख रुपैयाँ लगानी गरेर सुरु गरेको अर्गानिक जैविक मल उद्योगमा २७ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Over two dozen striking Nepalese flown home


The Embassy of Nepal, Saudi Arabia

RELIEF: Nepalese workers seen with First Secretary at the Nepalese Embassy Khadga Prasad Dahal, 2nd right front row, and the Nepali Sewa Samiti officials before their departure to Katmandu . (AN photo) पढ्नेक्रम जारी राख्नुहोस्

मेंग्लोर विमान दुर्घटनामा बाँचेकाको बयान


मेंग्लोर/एजेन्सी- गत शनिबार दक्षिण भारतको मेंग्लोरमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानभित्रका एक सय ६६ मध्ये एक सय ५८ यात्रुको निधन भयो । बाँचेका यात्रुको भौतिक चोट औषधि उपचारले निको हुन सक्ने अवस्था रहे पनि उनीहरूले सहेको मानसिक चोट कहालीलाग्दो छ, जुन उनीहरूसँगको कुराकानीमा प्रस्टै देखियो । विमानका भाग्यमानी यात्रीमध्येका एक हुन्, मायान कुट्टी । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तरक्षेत्र राष्ट्रव्यापी भलिबल र एथलेटिक्स हुने


काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा विद्यालयस्तरीय अन्तरक्षेत्र राष्ट्रव्यापी भलिबल तथा एथलेटिक्स प्रतियोगिता हुने भएको छ।  युवा तथा खेलकुद मन्त्रालयद्वारा स्वीकृत उक्त कार्यक्रम जेठ २६ देखि तीन दिनसम्म हुनेछ। भलिबलतर्फ छात्र र छात्रामा पाँच विकास क्षेत्रबाट समान ५-५ टिम सहभागी हुने छन्। एथलेटिक्समा पाँच विकास क्षेत्रबाट छात्र र छात्रामा कुल ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पढ्नेक्रम जारी राख्नुहोस्

वाइसीएल उपत्यका इञ्चार्जकी पत्‍नी र छोरासहित सात घाइते


गुल्मी, गुल्मी जिल्ला सदरमुकाम तम्घासबाट अर्खावा गाविसतर्फ जाँदै गरेको एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा सभासदसमेत रहेका वाइसीएल उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ की पत्‍नी र छोरासहित सात जना घाइते भएका छन्।   लु१ज १२९८ नम्बरको यात्रुवाहक जिप गएराति गुल्मीको अमरपुर गाविसमा दुर्घटना भएको हो।

राससका अनुसार घाइते हुनेहरुमा गुल्मी क्षेत्र नम्बर ३ का सभासद् चन्द्रबहादुर थापा ‘सागर’की पत्‍नी कल्पना थापा, छोरा हिमाललगायत सातजना रहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्