Daily Archives: 24/05/2010

नेपाली मानव अधिकारवादी सुशील प्याकुरेललाई कोरियाली ख्वाङ्गजु सर्वोच्च पुरस्कार प्रदान


रघु त्रिपाठी, कोरिया

दक्षिण कोरिया ख्वाङ्गजु स्थित मे १८ स्मृति फेडरेशन २०१० को मानव अधिकार सम्वन्धि सबैभन्दा ठूलो मानिने ख्वाङ्गजु मानवअधिकार पुरस्कार नेपालका बरिष्ठ मानवअधिकारकर्मी सुशील प्याकुरेललाई आज एक समारोहका बीच कोरियाका पूर्व राष्ट्रपती किम देई जुङ्गका धर्मपत्निको बाहुलीबाट पाँच करोड कोरियन वन नगद प्रदान गर्नुका साथै भब्य सम्मान समेत गरिएको छ । उक्त अवशरमा कोरियाका लागी नेपाली राजदूत महामहिम कमल प्रसाद कोइराला इन्सेकका अध्यक्ष सुवोध प्याकुरेल तथा पुरस्कार पाउनुहुने सुशील प्याकुरेलका धर्मपत्नीको पनि उपस्थिती रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीको नया पहिचान


मनोहर श्रेष्ठ
अमेरिकाबाट आएको नेपाली मान्छेले काठमाडौं आउँदा सोध्न सक्छ, “के छ त नेपालमा नयाँ हेर्नुपर्ने ठाउँ ?” त्यसबेला हामी एकछिन सोचमग्न हुन्छौं र जवाफ दिन्छौं, “जाऊँ न महाराजगन्जको भाटभटेनी, कमलपोखरीको सिटीसेन्टर, दरबारमार्गको शेर्पा मल ।” अनि हाम्रा पाहुनाले भन्छन्, “वाह ! नेपालमा पनि यस्ता ठाउँहरू बनाइसकेको रहेछ, गजब छ ।” यसमा हामी थप्छौं, “त्यति मात्र हो र ! सिटीसेन्टरमा भएको ‘४ डायमेन्सन’ हल त विश्वको सातवटा देशमा मात्र छ, जसमध्ये नेपाल एक हो ।” पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा विदेशी सुरक्षागार्डलाई रोक


जेठ १०, मलेसियाले जुलाई १ देखि सुरक्षागार्डका रुपमा नेपालीसहित विदेशीलाई रोक लगाएको छ । आफ्ना नागरिकलाई रोजगार दिन विदेशी सुरक्षागार्डलाई अवैध भन्दै रोक लगाइएको हो । यो निर्णयले आर्कषक तलब पाउने सुरक्षागार्डमा नेपालीको रोजगारी गुमेको छ । मलेसियाले दुई वर्षदेखि नेपालबाट मात्र सुरक्षागार्ड लिँदै आएको थियो । मलेसियाको समाचार एजेन्सीका अनुसार जुलाईदेखि विदेशी सुरक्षागार्ड नलिने निर्णयलाई कडाईका साथ कार्यान्वयन गरिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा जुम्ल्याहा जोडीको बिहे, कुन कसको ? छुट्याउनै गाह्रो


जेष्ठ १०, उस्तै अनुहार, उचाइ, लवाइ, खवाइ र बोली पनि दुरुस्तै । विवाहको मण्डपका दुई जोडी देख्नेहरूमात्रै होइन, स्वयं बेहुला-बेहुली पनि झुक्किए । कतिबेला भाइसँग दिदी बस्न जान्थिन्, घरी बहिनीसँग दाजु । जुम्ल्याह बिबाहको जोडीले उनिहरुलाई मात्रै होइन, जन्ती एवंम माइती पक्षहरुलाई पनि निकै अचम्मित पार्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

एक हातमा जर्किन, अर्कोमा किताब, पानीको समस्याले दुलही पाउनै गाह्रो


डोटी, ९ जेठ, मालिका प्रावि गोसेडाका विद्यार्थीहरू हातमा खाली जर्किन र किताब सँगसँगै बोकेर विद्यालय जान्छन् । गाउँमा खानेपानीको अभावका कारण उनीहरू विद्यालय जाने समयमा खाली जर्किन बोकेर जान्छन् र घर र्फकंदा पानी भरेर ल्याउँछन् । गाउँमा खानेपानीको स्रोत नै नभएपछि विद्यालयनजिकै रहेको परम्परागत पँधेरोबाट पानी ल्याई गाउँलेले तिर्खा मेट्ने गरेका छन् । दीपायल सिलगढी नगरपालिकाभित्र रहेको गोसेडा गाउँका स्थानीय बासिन्दाले खानेपानी व्यवस्थाका लागि प्रयास भने नगरेका होइनन्, पढ्नेक्रम जारी राख्नुहोस्

Electricity in Nepal


Benjamin Shrestha, Agility Logistics, Kuwait

Today I am trying to share my feelings about the recent situation of electricity in Nepal.   As we all knows, Nepal is having enough water resources to generate electricity and other kind of energy. Its natural, God gifted. But the fact is different. We are obligated to face Load shading more then 16 hours a day even though in urban and Industrial area.   पढ्नेक्रम जारी राख्नुहोस्