Daily Archives: 23/05/2010

सूचना !! सूचना !!


विश्वकपले ततायो नेपाली बजार


-राधिका ढकाल

पछिल्लो सातादेखि विश्वकै सञ्चारमाध्यम फुटबलमय भएका छन् । दक्षिण अफ्रिकामा विश्वकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला बहुराष्ट्रिय कम्पनीका स्थानीय प्रतिनिधिहरु व्यापारमा छलाङ मार्न तीव्र प्रतिस्पर्धामा उत्रिएका छन् । उनाइसौं फिफा विश्वकप फुटबल प्रतियोगिता कुरेर बसेका उपभोक्तालाई हरेक दृष्टिकोणले रमाइलो, स्मरणीय र आनन्ददायक बनाउन व्यवसायीहरु कम्मर कसेर लागेका छन् । नयाँ टेलिभिजन, मादक पेयपदार्थ र सुस्वादु खानाको छनोट दिलाउन यतिबेला संसारभरका बहुराष्ट्रिय कम्पनीले नयाँ उत्पादन र बिक्री योजना ल्याएका छन् । फुटबलप्रेमी उपभोक्ता दक्षिणअफ्रिका जान सहज नभएको अवस्थामा आफ्नै घरपरिसरमा यसलाई अझ नजिक र रमाइलो बनाउन व्यापारीहरु प्रतिस्पर्धामा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

शुभालाई सन्देश (दित्तिय भाग)


चन्द्र तामाङ्ग, कुवेत

प्यारी छोरी शुभा, न्यानो माया तथा अमर आशिष !!

तिम्रो मामु र तिमीसँगको छोटो अवधीको नेपाल बसाइले अब मलाई लाग्छ तिम्रा बौद्विक क्षमताले पनि जीवनको गोरेटो पहिल्याउन थालेको छ । ’causeं छोरी तिमीले कसम खायौ यो धर्तिमा केही गर्छु बाबा, मामु भनेर । तिमीले पनि ८ बसन्तहरु पार गरी सकेकी छ्यौ, कक्षा ३ मा राम्रो अंक ल्याएर उत्तिर्ण भएकोमा माया, आशिष, डायरी र कलम ऊपहार तिमीलाई !!

यि मेरा ४ उपहार र तिम्रो मामुका झिना औंला, रफ्तार, स्नायु र खग्रास शरीर बनाएर प्रतिपादन गरेको सोध र अनुसन्धानलाई संसार भरी कार्यान्वयन गर्‍यौ भनें तिमी एक नेपालकी सफल छोरी बन्न सफल हुनेछ्यौ । तर तिमी सबै कुरामा अहिल्यै एकाग्र हुन जरुरी छैन, पढ्नेक्रम जारी राख्नुहोस्

युनिटी नेटवर्किङ्ग सम्बन्धमा नेपाली राजदूतावास कुवेतको अत्यन्तै जरुरी सूचना !!


युनिटी लाइफ इन्टरनेशनल नामक कम्पनिले नेपाल र विदेशमा रहेका नेपालीहरुका बीचमा नेटवर्किङ्ग व्यवसायका नाममा निपेक्ष संकलन, विमा लेख जारी गर्ने र सेवा प्रवाह गर्ने कारोवार गरिरहेको भन्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट देहाय बमोजिम लेखि आएको र उल्लेखित कम्पनिले यसरी गरिने कारोवारका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, पढ्नेक्रम जारी राख्नुहोस्

बढ्दो गर्मीबाट कसरी जोगिने ?


 चर्को गर्मीले शरीर सुख्खा हुने, खान मन नलाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने, बेहोस हुने, अचानक रिँगटा लाग्नेजस्ता समस्या हुन्छ, केही दिनयता राजधानीलगायत देशैभरि तापक्रम वृद्धि हुँदै छ । बढ्दो गर्मीले दैनिक काम-कारबाहीसमेत प्रभावित भइरहेको छ । चर्को गर्मीले शरीर सुख्खा हुने, खान मन नलाग्नेजस्ता समस्या देखिएका छन् । त्यस्तै, टाउको दुख्ने, वाकवाक लाग्ने, बेहोस हुने, कमजोर हुने, अचानक रिँगटा लाग्ने, मांसपेशी, हातखुट्टा बाउँडिने आदि समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढ्दो छ ।

गर्मीसँगै झाडापखालालगायत जलवियोजन -डिहाइड्रेसन) का समस्या पनि बढ्दै गएको शुक्रराज ट्रपिकल अस्पतालका वरिष्ठ चिकित्सक डा. वासुदेव पाण्डे बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र बागेश्वरी मन्दिरमा पूजाअर्चना गर्दै


विमानस्थलभित्रै नाराबाजी, एक किमी सडकमा रातो कार्पेट-
दिनेश गौतम, नेपालगन्ज,  पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला नेपालगन्जको बागेश्वरी मन्दिरमा विशेष पूजा अर्चना गरिरहेका छन् । मन्दिरबाहिर ठूलो संख्यामा उनका समर्थकहरु उपस्थित छन् । उनीहरुले पन्चेबाजालगायतका बाजागाजासहित तामझामका साथ शाहको स्वागत गरिरहेका छन् । प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार बिहान बुद्ध एअरको उडानबाट नेपालगन्ज पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्