Daily Archives: 22/05/2010

संविधान निर्माणका लागि अर्बौं खर्च


पवनवर्षा शाह, काठमाडौं
दुई वर्षसम्म संविधान बनाउने नाममा राज्यले साढे १३ अर्ब रुपैयाँभन्दा अधिक खर्च गरेको छ । अझ थप एक वर्षको अवधिमा अझै अर्ब खर्च हुने भएको छ । संविधानसभाको बैठकमा उपस्थित नै नभए पनि कतिपय शीर्ष नेताहरूले तलब–भत्ता र अन्य सुविधा बुझेको संसद सचिवालय स्रोतले जानकारी दियो ।शीर्ष नेताहरूले सामान्य सभासदभन्दा बढी तलब–भत्ता पाउँछन् । दुई वर्षको अवधिमा संविधानसभा अध्यक्षका लागि मासिक पारिश्रमिकबापत ३७ लाख ६१ हजार ७ सय ६० रुपैयाँ, उपाध्यक्षका लागि २७ लाख ५३ हजार ५ सय २० रुपैयाँ, विपक्षी दलका नेताका लागि २७  लाख ९० हजार ७२ रुपैयाँ, मुख्य सचेतकका लागि ८० लाख ६२ हजार  ४ सय १६ रुपैयाँ, संवैधानिक समितिका सभापति तथा विपक्षी दलका सचेतक र सत्तारूढ दलका सचेतकका लागि ६६ लाख ७४ हजार चार सय रुपैयाँ खर्च भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

India plane crash in Mangalore leaves nearly 160 dead


Breaking News, 07.00 PM

Nearly 160 people are feared dead after an airliner crashed while landing near the southern Indian city of Mangalore. Indian officials said there were eight survivors among 160 passengers and six crew on board the Air India Express flight from Dubai.

The Boeing 737 overshot the hilltop runway as it tried to land and burst into flames in a valley beyond. Indian Aviation Minister Praful Patel said he felt “morally responsible” for the crash, AFP news agency reports. पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजदूतावास कुवेतको प्रेस विज्ञप्ति


कुवैतस्थित नयाँ राजदूतावास अनौपचारिक रुपमा गत जनवरीदेखि नै कार्यरत रहे पनि यसले औपचारिक रुपमा नेपालको झण्डा राखी सक्रियताका साथ काम सुरू गरेको ३ महिना भएको छ । कुवैतमा कति कामदार छन् भन्ने स्पष्ट र आधिकारिक आँकडा छैन । तर नेपालको सरकारी निकायले यसलाई ३५,००० देखि ४०,००० भएको कुरा बराबर प्रकाशित गर्ने गरेको छ, जसमा बहुसंख्यक घरेलु कामदार विशेष गरी महिलाहरु छन् । सरकारी स्तरमा महिलालाई ‘संगठित क्षेत्रमा मात्र पठाउन सकिने’ प्रावधान छ, प्रक्रियागत त्रुटी र कुनै अन्य कारणवश ९० प्रतिशत महिला कामदार अर्कै बाटोबाट मानव तस्करहरुद्वारा भेडा बाख्राजस्तो गरी भित्र्याइएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

युनिटी लाइफ केन्द्रिय समितिको प्रेस विज्ञप्ति


युनिटी लाइफ इन्टरनेशनल लि. को केन्द्रिय समितिले मिति ०७/०२/२०६७ मा जारी गरेको प्रेस विज्ञप्ति तल लिंक गरी राखिएकोले कृपया तलको लिंकमा क्लिक गरी हेर्नुहुन अनुरोध गरिन्छ ।

Unity Life International Ltd. Press Release_Jestha 08, 2067

 

९८औं युगकवि जन्मजयन्ती अबुधाबीमा सम्पन्न


विरही रिजाल, यूएई

सर्वदा वाङमय प्रतिष्ठान यूएई शाखाले २१ मई २०१० का दिन युगकवि स्व. सिद्घिचरण श्रेष्ठको ९८औं जन्मजयन्ती अबुधाबीको केरला सोसल सेण्टरमा एक समारोहका बीच भव्यताका साथ सम्पन्न गरेको छ ।

हालसालै सहचारीको रुपमा नेपाली दूतावास यूएईमा आउँनुभएका सुमेशचन्द्र द्विवेदीको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम ज्ञात-अज्ञात शहीदहरुको सम्झनामा एक मिनेट मौनधारण गरी शुरुआत गरिएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

युनिटीको ’boutमा नेपाली राजदूतावास रियादको सार्वजनिक अपिल


 सार्वजनिक अपिल !!!

साउदी अरब, ओमान तथा बह्राइनमा रहेका UNITY LIFE ASSURANCE का सञ्चालक प्रबर्ध्दक एवं यसको सदस्यता लिएका / नलिएका सम्पूर्ण नेपाली नागरिकहरुमा गरिएको 

अपिलः

आदरणीय महिला तथा सज्जनबृन्द

यूनिटी लाइफ इन्टरनेशनल नामक कम्पनीले साउदी अरब, बहराइन तथा ओमान लगायतका खाडी राष्ट्रहरुमा रहेका नेपाली नागरिकहरु बीच नेटवर्किङ्ग व्यवसायका नाममा निक्षेप संकलन, बीमालेख जारी गर्ने र सेवा प्रवाह गर्ने कारोवार गरिरहेको भन्ने सन्दर्भमा नेपाल सरकार अर्थ मन्त्रालयबाट निम्नानुसार निर्णय भैआएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउदै यस सम्वन्धमा सचेत र सजग गराउनका लागि यो अपिल जारी गरिएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्