Daily Archives: 19/05/2010

सिलाइ कटाइः रोजगारीको उत्तम विकल्प


निरु अर्र्याल

राम्रो लाउने र मीठो खाने सपना लिएर गाँउबाट सहर छिरेका महिलाहरुको स्वरोजगारी र रोजगारीको समेत गतिलो विकल्प भएको छ सिलाइकटाइ केन्द्र । कम लगानी, उचित प्रतिफल, सरल र सुरक्षित काम भएकाले वेरोजगार महिलाहरु यसतर्फ आकर्षित हुने क्रम बढ्दै गएको छ । सीप र दक्षतामा निखार ल्याउने भएकाले महिलाहरु यो पेसामा लाग्न रुचि देखाउने गरेका छन् । जीविकोपार्जनको भरपर्दाे माध्यम बनेको यो पेसा सञ्चालनका लागि राजधानीमा सरकारी तथा गैरसरकारी संघसंस्थाले समय समयमा तालिम पनि संचालन हुदैं आएका छन् । पछिल्लो समयमा निःशुल्कभन्दा शुल्क तिरेर तालिम लिनेको संख्या बढ्दै छ । सिलाइकटाइमा आकर्षण बढेको त छ नै, सँगसँगै लगानीकर्ताबाहेक अरुले पनि रोजगारी पाएका छन् । सानो लगानीबाट रोजगारदाता बन्न पाइने मज्जा पनि यो व्यवसायमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

दोर्पू बजार नजिक ट्रक दुर्घटना, ५ जना घाइते, ३ को अवस्था गम्भिर


सोलु अनलाईन, संवाददाता
  
ओखलढुङ्गाको रमाईलो डाँडाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी आउँदै गरेको ना४ख ३०९८ नम्बरको मिनी ट्रक आज बिहान ११ बजे सोलुखुम्बुको दोर्पुबजार नजिक दुर्घटनाग्रस्त हुँदा ५ जना घाईते भएका छन् भनें घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । ट्रक सडकबाट करिव २० मिटर तल खसेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बोक्सी भन्दै छिमेकीको हत्या गर्ने प्रहरी नियन्त्रणमा


image

मकवानपुर, ४ जेठ, बोक्सी भन्दै छिमेकीलाई कुटेर हत्या गरेको अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । मकवानपुर डाँडाखर्क-७ सानोडाँडाखर्ककी नीरमाया स्याङ्तानको हत्याअभियोगमा पक्राउ परेका सबैलाई प्रहरीले इलाका प्रहरी कार्यालय पालुङमा राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मृत्युको काउन्ट-डाउन


ठीक बाह्र वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोवरैयाकी प्रभा धानुकको घरमा केही कुराको कमी थिएन । उनका श्रीमान् दिलीप शिक्षक थिए । स्कुलमा पढाए पनि घरखर्च चलेकै थियो । कुन्नि के सुर चलेछ, दिलीप चटक्क शिक्षण पेसा छाडेर भारत हिँडिदिए । ‘बोर्डिङबाट थोरै पैसा आउँथ्यो । घरमा खान पनि धौ-धौ थियो,’ प्रभा धानुकले दशकअघिका दिन सम्भिँदै भनिन्, ‘बढी पैसा कमाइ हुन्छ भनेर मुम्बई जानुभयो ।’ दिन, महिना हुदै वर्ष बिते । दिलीपले भारतको मुम्बईबाट पैसा पनि पठाउन थाले, परिवार पनि खुसीसँग चल्दै थियो । पैसा पठाइरहन्थे । आफू भने वर्ष दिनमा एकपटक मात्रै घर फर्किन्थे । पढ्नेक्रम जारी राख्नुहोस्

सूचना !! सूचना !! सूचना !!


आठ जना छात्रछात्रालाई विश्वकप २०१० को अवलोकन अबसर


कैलाली जिल्लाको बाढी प्रभावित क्षेत्रका आठ जना छात्रछात्रा दक्षिण अफ्रिकामा जुन १० तारिखबाट सुरु हुने फिफा विश्वकप २०१० को अवलोकन गर्ने भएका छन् । कतार फाउण्डेसनको आर्थिक सहयोगमा बाढी प्रभावित क्षेत्रमा कार्यरत गैरसरकारी संस्था मसकोरले उनीहरुलाई अवलोकनका लागि लैजाने व्यवस्था गरेको छ । जिल्लाको बाढी प्रभावित क्षेत्र रामशीखरझाला दरख खैलाड भजनी र पहलवानपुर गाविसका विभिन्न आठ सरकारी विद्यालयका ८४ जना छात्रछात्राहरुबाट आठ जनालाई छनोट गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्