नेपाली राजदूतावास साउदी अरेबियाले साउदी अरबमा घरेलु कामदारमा कार्यरत नेपाली महिलाहरुलाई उद्वार गरी हरेक हप्ता ५/६ जना नेपाल पठाईदिने गरेको जनाएको छ । यस पटक एयर अरेबियाको उडान नं. G9 537 बाट शारजहा हुँदै मे १७, २०१० मंगलबारका दिन दिउसो १२:४५ बजे काठमाण्डौंमा पुग्ने गरी १६ जना महिलाहरुलाई उद्धार गरी पठाइएको छ । यीनीहरु मध्ये विक्षिप्त शारिरीक तथा मानसिक अवस्थामा रहेका ३ महिलाहरु पनि रहेका छन । जसको पूर्ण विवरण पढ्नको लागि दूतावासले जारी गरेको बिज्ञप्तीलाई तल लिंक गरी राखिएकोले लिंकमा क्लिक गरी हेर्नु हुन अनुरोध गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/05/2010
कुवेतमा चर्चित गायक राजेन्द्र बिरहीको “एकल प्रस्तुती” आगामी जून ११ मा हुँदै
News update,
कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;
कुवेतमा ख्याती प्राप्त लोक गायक राजेन्द्र बिरहीको एकल साँस्कृतिक प्रस्तुती यही आगामी ११ जुन २०१०, शुक्रवारको दिन दिनको ठीक ३ बजे देखी एसिया-एसिया रेष्टुरेन्टको प्रांगणमा, तमाम कुवेतवासी नेपाली दर्शकहरुबीच हुन गई रहेको जानकारी गराउन चाहन्छौं । जसको लागि व्यवस्थापन र अन्य बन्दोबस्तीमा नेपालकुवेत साँस्कृतिक मञ्च र युनिटी लाईफ जन जागृती टिम कुवेतले बिशेष सहयोग गरी रहेको वहाँले बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
भारतीय माओवादीले यात्रुबसमा गराएको विष्फोटमा ५० जनाको मृत्यु
जेठ ३ भारतीय माओवादीले गुडिरहेको यात्रुबसमा विष्फोट गराउँदा छत्तीसगढ राज्यको दन्त्यवाडामा ५० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आधा सर्वसाधारण र आधा सुरक्षाकर्मी रहेको स्टार न्युज चेंनलले जनाएको छ।
बस त्यहाँ आइपुगेपछि उनीहरुले विद्युतीय धराप विष्फोट गराएका थिए। यहीँ हिजोमात्र माओवादीले सुराकी गरेको भन्दै आठ स्थानीयलाई मारेका थिए। करिब एक महिनाअघि यही स्थानमा माओवादी एम्बुसमा परेर ७६ जना सुरक्षाकर्मी मारिएका थिए।
Posted in समाचार
धनी र गरीबको दुरीमा किन यती धेरै असमानता ?
चन्द्र तामाङ्ग, कुवेत
अर्थशास्त्रको सिद्दान्तमा जुन एक चक्रव्यूह त्यसभित्र गरीब र धनीको दुरीलाई केलाएर हेर्दा किन गरीब, गरीब नै हुन्छ र धनी, धनी नै रहन्छ ? आर्थशास्त्रले के भन्छ ? किन यो खाडल निमिट्यान्नै हुन सक्दैन ? ’causeं गरीबको पहिलो प्राथमिकता भनेको बिहान र बेलुकीको दैनिक आवश्यकिय बस्तुको पुर्ति गर्नु हो । जुन बस्तु बिना उसले प्राण सञ्चय गर्न सक्दैन । जस्तै : खानपिन, लत्ताकपडा र बस्नको प्रबन्ध । यि प्राण धान्न आवश्यकिय बस्तु भित्र पर्ने दैनिकीहरु हुन ।
तर धनीको सोंचको परिधी यो भन्दा धेरै भिन्न हुन्छ, उसले आफ्नो सन्ततिलाई सबैभन्दा राम्रो बोर्डिङ् स्कुलमा पठनपाठन गराई भोली MBA गराएर कुनै ब्याबसाय सम्हाल्न आग्रिम पङ्तिमा राख्छ । भोली धनीको छोराछोरी राम्रो Education लिएर एक सक्षम नागरिक बन्छ । तर गरीबले आफ्नो सन्ततिलाई खासै Education को लागि लगानी गर्न सक्ने क्षमता नै हुन्न । ’causeं उसको दैनिक आवश्यकता टार्न मुश्किल भएको हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श, सन्देश
समस्या युनिटीको होइन, राष्ट्रिय नितिको हो
केही समय यता “युनिटी लाईफ” एउटा तातो वहस तथा छलफलको विषय बनेको छ । धेरैजसोका तर्कहरु छन् ।
क) यो गोल क्वेस्ट, डिउसफ्ट जस्तै पैसा उठाएर भाग्दछ । ख) यो अवैधानिक तरिकाले संचालित छ । ग) यसले भविष्य सम्मको लागि सुरक्षणको प्रतिबद्धता गरेको छैन । घ) नेटवर्क बास्तवमा गलत कार्य हो । आदि, आदि ।
क) हिजोका दिनदेखि आजसम्म यहाँ लगभग दुइसय भन्दा बढी नेटवर्किङ कम्पनी तथा तीनका कार्यक्रमहरु भए । ती मध्ये ९८% विदेशी सन्चालक, विदेशी वस्तु तथा सेवा, विदेशी भूमिकै सफ्टवेयर सिष्टमले गर्दा रकमको ठूलो हिस्सा विदेशीयो र कम्पनीहरु उतै गए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
युनिटी संचालक समितिको जरुरी सूचना !!
राष्ट्र निर्माणको महान अभियानमा जुटेको युनिटी ग्रुपले ल्याएको नयाँ योजनाहरु जसमा लघुवित्तको नयाँ योजना नेपालमा परिचालन गरिरहेको अवस्थामा नयाँ नयाँ योजनाहरुको विचार र विश्लेषण नै नगरी हाल आएर सुनियोतीत षडयन्त्रगरी युनिटीलाई बदनाम गर्ने उद्देश्यले केही विकास विरोधि तत्वहरुले चलखेल गरेको अवस्थामा कतिपनि विचलित नभई संयमता र धैर्यता अपनाउने सम्पूर्ण युनिटीयनहरुलाई हार्दिक अनुरोध गर्दै लाखौं जनताहरुको रोजीरोटी माथी खेलवाड गर्नेहरुको विरोधमा र उपभोक्ताहरुको हक हितलाई संरक्षण गर्नको लागि सम्पूर्ण अधिराज्यभरीका युनिटीयन लिडर तथा युनिटीको मर्म बुझेका सदस्यहरुलाई युनिटीको केन्द्रीय कार्यालय जावलाखेलमा भोली मिति २०६७।०२।०४ गते विहान ११ बजे उपस्थिती जनाई भोली नै हुने उपभोक्ता र्यालीमा सहभागी हुनको लागि अनुरोध गरिन्छ । उक्त र्याली राजधानीको मुटुमा अवस्थित खुलामञ्चमा कोण सभामा परिणत हुनेछ।
युनिटी संचालक समिति
काठमाण्डौ, नेपाल