Daily Archives: 12/05/2010

पत्रकारलाई ज्यान मार्ने धम्कि


२९ बैशाख, झापाका केहि मेनपावर व्यवसायीहरुले स्थानिय तिन पत्रकारलाई ज्यान मार्ने धम्कि दिएका छन । स्वाधिन संवाद साप्ताहिकका कार्यकारी सम्पादक प्रकश पौड्याल, सह सम्पादक खगेन्द्र घिमिरे र पत्रकार दिनेश कार्किलाई ज्यान मार्ने धम्कि आएको हो । साप्ताहिकको विर्तामोड स्थित कार्यलयमा वसीरहेका वेला मेनपावर व्यवसायीहरु अजय देव, प्रदिप सिटौला, अञ्चल धिमाल लगायतका व्यत्तिले कार्यलय भित्र प्रवेस गरी आफुहरुलाई ज्यान मार्ने धम्कि दिएको पत्रकार घिमिरेले वताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

सुख्खा बन्दरगाह अन्तिम चरणमा


काँकडभिट्टा, वैशाख २९ – मेची भन्सार कार्यालय परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ । सिजिजिसी-लामा कन्ट्रक्सन जेभीका परियोजना प्रबन्धक रवीन्द्र श्रेष्ठका अनुसार बन्दरगाहको काम करिब ९५ प्रतिशत सकिएको छ । ‘रंगरोगन मात्रै बाँकी छ,’ श्रेष्ठले भने । उनका अनुसार १० दिन भित्र बन्दरगाह सडक विभागलाई हस्तान्तरण गरिनेछ । विगत ३१ महिनादेखि यो सडकको मातहतमा निर्माण हुँदै आएको थियो । सडकले नेपाल इन्टरमोडेल डेभलोपमेन्ट कमिटीलाई हस्तान्तरण गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

“युनिटी” बाट इलाममा दुईलाई राहत वितरण


रामजी बगाले,

स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटी लाईफ ईन्टरनेशनल लिमिटेडले आफ्नो सदस्यको सुरक्षाको लागि वितरण गर्दै आएको राहत इलाममा एक कार्यक्रमका साथ वितरण गरेको छ ।

युनिटी इलाम अस्पतालको प्राङ्गणमा आयोजित कार्यक्रममा युनिटी ग्रुपका अध्यक्ष काशीराम गुरुङले मृतक युनिटी सदस्य इलाम ४ गोदकका राजेश थापाको दाई राजीव कुमार थापालाई रु. एक लाख र युनिटी सदस्य चादनी भट्टराई (रोशनी) को हजुरआमा गंगादेवी भट्टराईलाई रु. ५ लाख वितरण गरे । मृतक भट्टराईको केही समय पहिला सडक दुर्घटनामा मृत्यु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

“कपिलबस्तु दिवस” अभियान, विश्व कार्य समिति गठन


राम कुमार श्रेष्ठ, बेलायत
संयोजक – कपिलवस्तु दिवस अभियान विश्व कार्यसमिति
 
नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूति र्गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भ १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले अन्तरराष्ट्रिय जगत सामु ल्याउने कार्य गरेको  कारण उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिइनु आबस्यक देखिएको र त्यस्तो निर्णयको कारण यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्वनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सकिने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्णय गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

राजधानीमा भुस्याहा कुकुर घटे


भुस्याहा कुकुरको अधिकार र स्वास्थ्यमा छ वर्षयता कार्यरत गैरसरकारी संस्थाले काठमाडौं सहरभित्र भुस्याहाको संख्या घटेको जनाएको छ । बुढानीलकण्ठस्थित ‘काठमाडौं पशु आश्रय’ -केट) नामको गैरसरकारी संस्थाले काठमाडौं महानगरभित्र र चक्रपथ छेउछाउका बस्तीमा भुस्याहा कुकुरको संख्या घटेको दाबी गरेको हो । आश्रयको छैटौं वाषिर्कोत्सवका अवसरमा अध्यक्ष हरिवंश आचार्यले बताएअनुसार सडक, गल्ली र बस्तीमा भुस्याहाको संख्या घट्दो छ । ‘हिजोआज पहिलेजसो जतासुकै भुस्याहा कुकुर बाटामा देखिंदैनन्,’ हास्य कलाकारसमेत रहेका आचार्यले भने । पढ्नेक्रम जारी राख्नुहोस्

युनिटी लाइफ इन्टरनेसनल लिमिटेडद्वारा रकम फिर्ता


युनिटी लाइफ इन्टरनेसनल लिमिटेडले सदस्य बनाएर उठाएको रकम फिर्ता गर्न सुरु गरेको छ । जिल्लामा युनिटीसँग आबद्ध सयौं सदस्यले संस्थाको वैधानिकतासम्बन्धी प्रश्न उठाउँदै रकम फिर्ता गर्न माग गरेका थिए । सदस्यहरूले पटकपटक युनिटीको कार्यालयमा रकम माग गर्दै धर्नासमेत दिन थालेपछि आइतबारदेखि फिर्ता सुरु गरिएको हो । रकम फिर्ता माग गर्दै कार्यालयमा आउनेको संख्या दिनहुँ थपिँदै गएको छ । राम्रो प्रतिफल पाउने आश्वासन पाएपछि जिल्लामा यो संस्थासँग आबद्ध हुनेको संख्या अत्यधिक थियो । पढ्नेक्रम जारी राख्नुहोस्