माओवादी को आमहड्ताल लम्बिँदै जाँदा, फेसबुक जेनेरेसन ले, फेसबुक कै माध्यमबाट बन्द को विरोध मा आवाज उठाइरहेकाछन् । यही फेसबुक कै आवाजहरु, टिभि, रेडियो, पत्रपत्रिका, वेव र ब्लग मार्फत अधिकांशको कान सम्म पुगिरहेको छ । फेसबुक मा, बन्द को विरोधमा ग्रुप र फ्यान पेजहरु प्रशस्तै खोलिएका छन् । फेसबुक बन्दकर्ताहरुलाई गाली गर्न र विरोध गर्न को लागि मात्र सिमित रहेन । आज वसन्तपुर मा भएको शान्ति र्याली मा फेसबुक बाटै धेरै ले खबर थाहा पाए । फेसबुक मार्फत नै, आफ्नो उपस्थिति को मात्र जानकारी दिएनन्, फेसबुक जेनेरेसन राष्ट्रिय झन्डा फहराउँदै वसन्तपुर पुगे । मोबाइल, ल्यापटप मार्फत पलपल का गतिविधिहरु संसार सामु अपडेट गरिरहे । यो पक्कै पनि एउटा भिन्न र सफल अभ्यास थियो, नेपाली नेटिजनहरु को, शान्ति को पक्षमा । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/05/2010
फेसबुक बाटै बन्द को विरोध
Posted in समाचार
देशव्यापी भिडन्त बढयो/ प्रतिकार गर्नेहरू बढे, जाइलाग्ने माओवादी चेतावनी
काठमाडौं, माओवादीद्वारा आयोजित आमहडतालको पाँचौ दिन बिहीबारसम्ममा पनि राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा थप तिक्ततासँगै देशव्यापी रूपमा भिडन्त प्रारम्भ भएको छ। आमहडतालले जनजीवन अत्यन्त कष्टकर हुँदै गएपछि राजधानीलगायत देशका विभिन्न ठाउँमा प्रतिकारसमेत हुन थालेको छ। बन्दको पक्षमा पसल बन्द गराउँदै हिँड्ने र बन्दको विरोध गर्नेबीच झडप हुन थालेपछि स्थिति तनावपुर्ण बन्दै गएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
आमहडताल फिर्ता लिन भारतको आग्रह
काठमाडौं, (एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत राकेश सूदले बिहीबार भेटी माओवादी आमहडताल आक्रामक भएको भन्दै माओवादीलाई संयम अपनाउन आग्रह गर्नुभएको छ। राजदूत सूदले सहमतिबाटै समस्याको समाधान खोज्न आग्रह गर्दर् आमहडताल फिर्ता लिन आग्रह गर्नुभएको थियो। भेटमा राजदूत सूदले माओवादीले गरेको भारतविरोधी गतिविध्रि्रति भारतको ध्यानाकर्षा भएको बताउनुभएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
‘दुई दिनभित्र निकास नदिए धैर्यको बाँध टुट्छ’
काठमाडौ, पेशागत संघसंस्थाका प्रतिनिधिले दुई दिनभित्र सहमति गरेर राजनीतिक निकास निकाल्न प्रमुख दललाई खबरदारी गरेका छन् । उनीहरुले दुईदिन भित्र निकास ननिकाले जनताको धैर्यको बाँध टुट्ने चेतावनी समेत दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले भने तीन राजनीतिक दलले दुई दिनभित्र सहमति गरी राजनीतिक निकास ननिकालेमा जनताको धैर्यको बाँध टुट्छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र पेसागत महासङ्घ (पापड)द्वारा संयुक्तरुपमा आयोजित शान्तिसभामा बोल्दै उनले नागरिकको आवाज नेतालाई सुनाउन मात्र शान्तिसभा आयोजना गरिएको भन्दै यो कुनै राजनीतिक दलसँग लक्ष्यित नरहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
अन्तिम पत्रको तेस्रो अध्याय
चन्द्र तामाङ्ग, कुवेत
ऋतुहरु आ- आफ्नै गतिसिल मौसम सगै परीवतन भएर जान्छन,जिबन यात्रामा लागु भएका हुन्छन। भएतापनी अनेकौ अतीतक पिडा दायी क्षणहरु लाई तिरस्कर गदै आउँदा मिर्मिरेहरुमा नब जीवन को नयाँ आनुभुति सगै रमाउन मेरो सबै भन्दा प्रमुख उदेस्य हो । अब शायद त्यो रातहरु हाम्रो जीवनमा कहिल्यै म दोहोर्याउन चाहन्न । जबकी मैले अन्तिम, दोस्री र तेस्रो भन्ने रात्री भोजहरुको उच्चारण गर्न नपरोस्।
अब म मेरो यात्राले पहिलो संगम सँग मिलन पाउने छ उनै मेरो जिबन संगिनी भावना सदा यात्रा तिम्रो साथमा अन्तिम आउने दिनहरु कहिल्यै पनि तिमीले कल्पना पनि नगर्नु अन्तिम भन्ने त निराश थियो, बित्यास थियो अनी कच्चा काँचको चुरा सारी थियो मैले पनि त्यो यात्रा मेरो जिबनको निराशको यात्रा र कच्चा बेलुन सारी गूड्एका तयार हरुलाई जिबलको अन्तिम सम्मा भुली दिनेछ मलाई स्मरण छ मैले औचित्यहिन अनुभुतिलाई मिटर किलोमिटर र सयौं कोस टाढा कहिल्यै नदेखिने क्षितिज पारी पुर्याई सकेको छु । जीवन पद्ती भित्र अनुशरण र अनुवान्धित भएको हुन्छु । हाम्रो सडक मा गूडी सकेको यात्रा निरन्तर रुपमा अगाडि बडाउनुपर्छ जहाँ निरासको व्याबाधान हरु कहिल्यै सिर्जना नहोस ……. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
पर्यटकिय गाउँ काभ्रे “लिम्जे”
पोखराबाट लगभग एक घण्टाको बस यात्रा पछि भुर्जुङखोला हुँदै खारपानी पुग्न सकिन्छ, जहाँ तातो पानीको कुवाहरु पनि रहेको छ । वाहय र आन्तरीक पर्यटकहरु त्यहाँ नुहाउनको निम्ति निक्कै घुंईचो लाग्ने गर्दछ । त्यहाँवाट दक्षिणतर्फ करिव ४५ मिनेट हिंडेपछि गुरुङ्गहरुको अत्यन्त राम्रो वस्ती काभ्रे गाउँ पुग्न सकिन्छ । अत्यन्त पुरानो शैलीको घरहरु, पुरानो कला संस्कृतिहरु, अनि पुरानै पाराका सोझा र सिधा गाउँलेहरु, अत्यन्त मिलेको वस्ती जसलाई गुरुङ् भाषामा “लिम्जे” भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार