काठमाडौं, वैशाख २३ – सन् २००८ मा मुम्बईमा भएको बम हमलाका दोषि ठहर गरिएका मोहम्बद अजमल कसाबलाई त्यहाँको एक विशेष अदालतले बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । अजमल कसाबलाई चार अभियोगमा नोभेम्बर २६ तारिखमा फाँसी दिइने गरी मृत्युदण्ड सुनाइएको मुम्बई प्रहरीका संयुक्त आयुक्त हिमांशु रायले अदालतबाहिर जानकारी दिए । उनलाई हत्या, भारतविरोधी आपराधिक कार्य गरेकोलगायत अभियोगमा मृत्युदण्ड सुनाइएको हो । २६ नोभेम्बर २००८ को राति मुम्बईको दुई होटल तथा शिवाजी रेलवे स्टेशन तथा अन्य स्थानमा आक्रमण गर्दा १ सय ७० जनाको ज्यान गएको थियो भने ३ सय भन्दा बढि घाइते भएका थिए ।
Daily Archives: 06/05/2010
हडतालले औषधिको अभाव
काठमाडौं, माओवादीले आवान गरेको अनिश्चितकालीन आमहडतालका कारण बिरामीका लागि अति आवश्यकीय औषधिसमेत अभाव हुन थालेको छ। नेपालमा औषधि उत्पादन गर्ने कम्पनीहरूका साथै बिक्रीवितरणमा समेत आयोजकले रोक लगाएपछि औषधिको अभाव भएको उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा औषधि उत्पादक प्रदीपजंग पाण्डेले बताउनुभयो। उपाध्यक्ष पाण्डेका अनुसार नेपालमा रहेको औषधिले अब तीन चार दिन मात्र धान्ने अवस्था छ। साथै मेजर अप्रेसनका लागि अत्यावश्यकीय अक्सिजन ग्यास पनि तीन चार दिनलाई मात्र पुग्ने अवस्था छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
कतै झडप, कतै शान्तिपूर्ण
माओवादी आमहडतालको चौथो दिन
बुटवलमा तीन दर्जन माओवादी कार्यकर्ता र पाँच प्रहरी घाइते, प्रहरी बिटमा आगजनी, धनकुटामा वाइसिएल र युथफोर्स झडप, पोखरामा मोटरसाइकल जलाइयो, आन्दोलनविरुद्ध काभ्रेका किसानको प्रदर्शन, सुनसरीमा भारतीय सुरक्षाकर्मी माओवादी नियन्त्रणमा
काठमाडौं, एकीकृत माओवादीले आह्वान गरेको आमहडतालको चैथो दिन बुधबार राजधानी र बाहिरको जनजीवन ठप्प भएको छ । केही ठाउँमा झडप भए पनि अधिकांश जिल्लामा आन्दोलन शान्तिपूर्ण रहयो । बुटवलमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ भने धनकुटामा वाइसिएल र युथफोर्सबीच झडप भएको छ । पोखरामा आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकल जलाइदिएका छन् । विभिन्न जिल्लामा माओवादी आन्दोलनविरुद्ध प्रदर्शनसमेत भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
राजीनामा र आन्दोलन फिर्ताको माग
काठमाडौं, लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले सहमतीय सरकार निर्माण गर्ने बाटो खोलिदिन वर्तमान सरकारलाई तत्काल राजीनामा दिन र आन्दोलनरत एनेकपा (माओवादी) लाई तत्काल आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ।
सो आन्दोलनका तर्फबाट डा. देवेन्द्रराज पाण्डेले मंगलबार एक वक्तव्य जारी गरी माथिका दुवै कार्य’bout एकैसाथ निर्णय र कार्यान्वयन सम्पन्न गर्न आग्रह गरेको छ। शान्ति प्रक्रियाको निष्कर्ष नयाँ संविधान निर्माण र सोको आधारमा नयाँ निर्वाचन नहुन्जेलसम्मका लागि राष्ट्रिय सहमतिको सरकार कायम गर्नसमेत उहाँले वक्तव्यमार्फत आग्रह गर्नुभएको छ।
Posted in समाचार
आन्दोलनको आभामा रमाइरहेका यी अनुहार
‘यहाँ राष्ट्र सुक्न लाइसक्यो, त्यस्ता मकै सुकेर केही हुँदैन ! …पार्टीले जा भनेपछि मर्न पनि जानुपर्छ । कत्ति चिन्ता नगर, बिहान-बेलुका दालभात खाइएकै छ । दिउँसो चिउरा-सिउराको खाजा पनि खाइएकै छ । …. तल रतीखोलाबाट पानी बोकेर खाओ ! म कहिले आउने कुनै निधो छैन !’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार