बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे, हाल : कुवेत
आजको यो बैठक सहमतिका लागि सहमती गर्ने निर्णय गर्दै टुङ्गियो ! के भनेको यो ? हामी सम्पुर्ण नेपाली जनतालाई पागल सम्झेका हैनन यो सहमतिका लागि सहमती गर्न दिनौ बैठक बस्ने राजनीतिक दलका नेताहरुले ? आज त पक्कै देशलाई निकास दिने निर्णय गर्लान र त्यो खुशीको निर्णय देशभरिका जनतालाई सबैभन्दा पहिला आफ्नो संचार माध्यमबाट सम्प्रेसण गर्न पाइयोस भनी होटेलबाट आहिरहेको मग्मगी बास्नालाई रुमालले छेकी होटेलको प्रांगणमा बसेका पत्रकारहरुलाई खसिका साप्रा, कुखुराका टाङ्ग लगाएत अन्य के के हो, के के खाइसके पछी भुँडी ठडाउदै नाक तन्काउदै पाचतारे होटलबाट बाहिर आएका नेताहरुले दिने जवाफ भनेको आज सहमतीका लागि सहमती गर्ने निर्णय भयो, पुन भरे अर्को बैठक बस्छौ | पढ्नेक्रम जारी राख्नुहोस्