मुलुकको तत्कालिन अवस्था र हाम्रो दृष्य


जय आले, कुवेत       

मुलुक धेरै लामो समयावधिसम्म द्वन्दको चपेटामा छट्पटाएर पून: सफलता प्राप्ति पश्चात, नयाँ नेपालको आधारभूत परिमार्जित संरचनाको बुलन्द ओकल्ने नेताश्रीहरुले आज देशलाई झन बिकराल परिस्थितीमा धकेली रहेका छन् । ६०१ जनाको जम्बो टिम र र अन्य बैचारिक भिन्नता भएका दलहरु राज्यकोष रित्याउन र अकुल सम्पती एवं शक्तिमा लडीबुडी गर्न जहिले सुकै कुर्सी मोहमा नै तछाडमछाड रहेका देखिन्छन् । ति कुराहरु पनि भुलिसके यिनले, जुन देशमा गौतम बुद्द, भृकुटी र सिताहरु जन्मिएका हुन् । 

प्रसङ्ग बदलौं :

अब तोकिएको समयमा संविधान बन्दैन यो प्रतिबिम्ब नेपाली जन-समक्षमा प्रष्ट भएको छ । यस समय एउटा बिकराल महाभूमरीमा हामी नेपालीहरु पुगेका छौं । अर्धपण्डितहरुले आसनमा बसी लगाएको सप्तपूराणले नै मुलुक अरु बढी कठिनाई झेल्न वाध्य भएको हो । अन्तरिम संविधान २०६३ को धारा ६४ लाई अध्ययन गर्दा संविधान सभाको म्याद मात्र २ वर्षको हो । यसले गर्दा पनि २ वर्ष अगावै संविधान बनेको भए संविधान सभाको बिघटन हुने थियो, यदि इमान्दारीपूर्वक नेताहरुले कदम चालेको भए । तर मुलुकमा कुनै संकटकाल अवस्था जारी भएमा ६ महिना म्याद थप्न सकिने प्रावधान छ । तर यस अवधिमा मुलुक कुनै संक्रमणमा गुज्रिएको थिएन । यो म्याद थप गर्नु भनेको आम नेपालीहरुको माझ अर्धपण्डितहरुले विसासनमा बसेर अपूङ्गो चपाउनु मात्र हो ।

संविधानको ठेली भनेको कुरान, वाईबल, गिता र रामायण होईन । संबिधान त संशोधन गर्न सकिन्छ । हामी समक्ष धेरै उदाहरणहरु छन्, बेल्जीयम जस्तो बिकसित राष्ट्रले मुलुकको संविधान ७ पटक भन्दा धेरै संशोधन गरेको पाईन्छ । हाम्रो मुलुक कानूनी राज्य भएकोले त्यस्ता खाले हरेक संबिधान भित्र भएको कमिकमजोरी सुधार गर्न राज्यले नै सक्नेछ ।

जेष्ठ १४ मा संविधान जारी असफल भएपछि २०६३ को अन्तरिम संविधान कृयाशिल हुने भन्ने हचुवा पाराले हल्ला भएपनि यो पानीमा कोरेको अक्षर जत्तिकै हो । तर अन्तरिम संविधान भनें संशोधन हुने सम्भाव्य छ । त्यस पछाडी वा जेष्ठ १४ पछाडी हाम्रा सामु केहि विकल्प छन् ।

१) संविधान सभाको ६ महिना म्याद थप गर्ने ।
२) संविधानलाई मुर्तरुप दिन पहिला भन्दा दुरदर्शी किसिमको आयोग गठन गर्ने ।
३) संविधान सभाको निर्वाचन गर्न अन्तरिम संविधान २०६३ बाट पुरै बाहिरिने ।

राज्य सामु विकल्पहरु धेरै भएपनि अब नेताहरुको जुहारी र दोहोरीको आवाजले गर्दा कतै राज्य द्वन्दमा जाने सम्भाव्यहरु बढी रहेको छ । वर्तमान परिप्रेक्षमा मुलुकमा बिभिन्न जातिय राज्यको माग, मधेसी, पहाडी, लिङ्ग, वर्ग र समाजलाई अलग अनुच्छेदमा राखेर राज्यको कोषमा सत्तासिन हुन खोज्ने नेताहरुबाट सचेत रहेर अब देश हामी नेपाली जनताको हो, ६०१ जनाको जम्बो टिमको होईन भन्ने विन्दुमा आम नेपाली जनता केन्द्रित रहन जरुरी देखिन्छ । हामी जस्ता सचेत नागरिकको देशको स्वच्छ माटो बिदेशीले हस्तक्षेप गर्नु भनेको हाम्री आमाको अपहेलना गरेको असहज दृष्य हामीले नै स्तव्ध र मुकदर्शक भएर हेर्नु हो ।

    सावधान !! नेपालको संविधान अब ६०१ को जम्बो टिमले होईन नेपाली जनताले लेख्ने छन् । राष्ट्र रहे मात्र राष्ट्रियता रहन्छ !! नेपाल रहे मात्र नेपाली भन्ने गरिमामय पहिचानको अस्तित्व रहन्छ !!!

प्रधान सम्पादक  (०२ मे २०१०)

3 responses to “मुलुकको तत्कालिन अवस्था र हाम्रो दृष्य

  1. Thankx Jay Jii

    Hajurko kalamko goli, Oliko bolilai sudharne khalko cha kalam chalaudai garnu hola. ho rasta caina bhane rastiyata bhanne pahichannai samapti huncha yo kura neta jii harule chitti aanusaran garchan bhanne lagcha.

  2. Thxs, Sampadak jiu,
    hakur le kekhe ko kuraharu saraini cheta bujada chha . Dhari Khusi lagoya yati metho parale sakakar lai goli haanu bhayako ma. aasachha sabai Nepali ko manalai chhune chhaa hajur ko lekha parti danebad

    Ramesh

  3. Namaskar Sampadk jiu
    Hajur ko kalam yasrinai cheli rahos yahi mero subhakaamana chhaa kuwaitnepal. com lai. ra

    Niranjan khatiwada

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.