Daily Archives: 30/04/2010

राजधानी पूरै अस्तव्यस्त / साना व्यापारीसँग पनि दस हजार माग


              
काठमाडौं ,  मुलुकका बिभिन्न भागबाट मे दिवस र त्यसपछिको आन्दोलनको लागि भनेर माओवादी कार्यकर्ताहरु ओइरिन थालेपछि राजधानीबासीमा त्रास बढेको छ । व्यवसायीले शुक्रबार दिउँसोदेखि नै व्यापार व्यवसाय बन्द गरेका छन् । माओवादी कार्यकर्ताहरु सडकमा नारा लगाएर शनिबारदेखिको सुरु हुने आन्दोलनको तयारी गरिरहेका छन् भने स्थानीयहरु आफ्नो व्यापार व्यवसाय बन्द गरेर घर भित्र बस्न थालेका छन् । बिहानैदेखि जवरजस्ती चन्दा मागेको भनेर बन्द हुन थालेको न्यूरोड, बागबजार, असन, इन्द्रचोकलगायतका स्थान दिउँसोदेखि बिस्तारै मानिसहरुको आवगमनमासमेत कमी हुन थालेको छ । ‘अहिलेसम्म त चन्दा माग्न आएका छैनन् त्यसैले पसल खोली रहेको छु’ महाबौद्धमा पसल खोलेर व्यापार गरिरहेका एक पसले भन्छन्, ‘माग्न आयो भने अरु साथीभाइसँग सरसल्लाह गरेर बन्द गर्ने की खोल्ने निर्णय गरौंला ।’ तर, उनले शनिबारदेखि भने पसल नखोल्ने योजना बनााएको सुनाए । ‘कहाँ जानु घरमै बस्ने’ उनले भन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बिमानस्थल कब्जामा लिएर पारसको स्वागत


सरकारलाई भारतको समर्थन


भुटान (थिम्पु), प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारलाई पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता भारतीय पक्षबाट व्यक्त गरिएको बताउनुभएको छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १६औँ शिखर सम्मेलनमा भाग लिन यहाँ आउनुभएका प्रधानमन्त्री नेपालले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग बिहीबार बिहानको भेटपछि पत्रकारहरूलाई सो कुरा बताउनुभएको हो । उहाँले नेपालमा पनि केही राजनीतिक पार्टीबाहेक सबै पार्टीको समर्थनप्राप्त आˆनो नेतृत्वमा गठित वर्तमान सरकारलाई भारत र अन्तर्राष्ट्रियजगत्को समेत सहयोग र समर्थन जारी रहने भारतीय प्रधानमन्त्री डा. सिंहले विश्वास दिलाउनुभएको स्पष्ट गर्नुभयो । भेटमा आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका समयमा भएका सहमति र सम्झौताको कार्यान्वयन प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने विषयमा समीक्षा भएको बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो, “सौहार्दपूर्ण वातावरणमा भएको छलफलबाट दुई मुलुकको सम्बन्ध अझ सुमधुर बनाउन मद्दत पुगेको विश्वास मैले लिएको छु ।” पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको शान्ति प्रक्रिया गम्भीर र खतरापूर्णः अनमिन


                   
काठमाडौं, राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनले नेपालको शान्ति प्रक्रिया गम्भीर र खतरापूर्ण अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।अनमिनले शुक्रबार विज्ञप्ती जारी गर्दै कठीन परिस्थितिमा पुगेको शान्ति प्रक्रियालाई सहमतिमा टुंग्याउन दलहरुलाई अपिल गरेको छ । अनमिन प्रमुख करिन लनग्रेनले पत्रकार सम्मेलन गरी सहमति निर्माण गर्न आग्रहसमेत गरिन् ।माओवादीले ‘मे-१’ को अवसरमा गर्न लागेको प्रदर्शन र र्‍याली गम्भीर र खतरापूर्ण छ लनग्रेनले भनेकी छन्, यसबाट अनपेक्षित परिणाम आउनुका साथै भोलि के हुन्छ भन्ने पनि अनिश्चित छ ।अनमिनले शनिबार हुने माओवादी प्रदर्शनपछि दलहरुलाई सहमति बनाउन आग्रह गरेको छ । ‘यसबीचमा अनमिनले माओवादी र सरकारलाई भेटिसकेको छ लनग्रेनले भनिन् माओवादीले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने र सरकारले अनावश्यक बल प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन् ।’

 

 

प्रचण्डले मुद्दा जिते


काठमाडौं,  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिका लागि गरेको सिफारिस हाल कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदालतले सम्बन्धित निकायहरूलाई आदेश दिएको छ। न्यायाधीशहरू बलराम केसी, रामकुमारप्रसाद साह र मोहनप्रकाश सिटौलाको विशेष इजलासले संवैधानिक परिषद्को बैठकका लागि त्यसका सदस्यहरूलाई डाक्ने प्रक्रियामा कानुनी त्रुटि भएको जनाउँदै त्यस्तो सिफारिस हाल कार्यान्वयन नगर्न सम्बन्धित निकायहरूलाई अन्तरिम आदेश दिएको हो। संवैधानिक परिषद्का सदस्यसमेत रहेका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई थाहा नै नदिई परिषद्को बैठक बर्साई संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेकाले त्यसलाई बदर गर्न माग गर्दै यही वैशाख १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

३७ बुँदे घोषणापत्र जारी गर्दै सार्क सम्मेलन सम्पन्न


(थिम्पु, भुटान), दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सोह्रौं शिखर सम्मेलन दक्षिण एसियाली स्वतन्त्र व्यापारअर्न्तर्गतको सेवा व्यापारसम्बन्धी सम्झौता (ट्रेड इन र्सर्भिसेज)र जलवायु परिर्वतनसम्बन्धी सम्झौता (कन्भेन्सन अन कोअपरेसन अन इन्भाइरोनमेन्ट) मा हस्ताक्षरका साथ ३७ बुँदे थिम्पु घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ। शिखर सम्मेलनले दुई नयाँ सम्झौतामा हस्ताक्षर तथा अघिल्ला सम्झौताहरूको कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्दै जलवायु परिर्वतनसम्बन्धी वक्तव्य र सार्क स्थापना रजत जयन्ती घोषणापत्र जारी गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रीको कुटाइ खाएको त्यो दिन


 कृषिराज्यमन्त्री करिमा बेगमको कुटाइ खाएका पर्सा जिल्लाका तत्कालीन सिडिओ दुर्गाप्रसाद भण्डारीको एक दिनको डायरी “करिमाले ‘तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?’ भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो ।” २०६६ कात्तिक २४ संस्कृतिमन्त्री मिनेन्द्र रिजाल र भौतिक योजना तथा निर्माण राज्यमन्त्री करिमा बेगम पर्सा जिल्ला आउँदै थिए । एकैदिन दुईजना मन्त्री जिल्ला आइपुग्दा सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापनमा ध्यान दिनुपर्ने थियो । त्यसैले अरू दिनभन्दा अलि बढी कामको बोझ थियो । मन्त्रीहरू जिल्ला आउने भएपछि सधैँ यस्तै हुन्छ । राज्यमन्त्री करिमा बेगम आउने जानकारी अघिल्लो दिनै उनका निजी सचिवले दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तिम पत्रको दोस्रो अध्याय


चन्द्र तामाङ्ग, कुवेत  

जीवनै पिच्छे अलग चाहना, अलग अनुभूती, अलग गन्तव्यहरु तर जीवन धर्म र सत्य एउटा मात्र सत्य मृत्यु हामी आफ्नो प्रश्वास निस्तेज जब गर्ने जमर्को गर्दछौं । कति भयंकर कायररुपी तिरस्कारहरु हण्डर खान्छ आत्म बलले फेरी पनि त्यो निराशवादी चिन्तन र जीवन उदेश्य र लक्ष्य प्राप्तीबाट अनगन्ती समिक्षा गरी एउटा स्वाशप्रस्शास निस्तेज पर्ने बाध्य छ । त्यो मान्छे के आखिरी अन्तिम पत्र अन्तिम भोज र उसको अन्तिम लक्ष्य नै मृत्यु आत्मको अन्त त्यस्तो होइन अन्तिम कुसंस्कार, अन्तिम धोका र धोकेवाज अमर काहानी कोरीएका पत्रहरु निस्तेज पर्ने रेड लेबल ब्याल्कलेबल र ग्रिन लेबलहरुले मेरो रक्तारेशिका धोएर नयाँ प्रज्वल बोकी म सामून्ने स्तब्ध भएका विभिन्न खाले आगमनको अनुशरण गर्ने उज्यालो मिरमिरेलाई शुभारम्भ र निम्तो दिएर आगमनलाई स्वागत गर्छु । पढ्नेक्रम जारी राख्नुहोस्