सेनालाई समेत सतर्क रहन प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री सत्तारुढ १० दलसित परामर्श गर्दै-
काठमाडौं,  प्रधानमन्त्री माधव कुमार नेपालले एकीकृत माओवादीको वैशाख १८ गते र त्यसपछिका संभावित प्रर्दशन तथा आम हडताललाई मध्यनजर गर्दै नेपाली सेनालाई समेत आवश्यकताअनुसार उच्च सतर्क रहन निर्देशन दिएका छन्।  प्रधानमन्त्री नेपालले आइतवार राति चारवटै सुरक्षा अंगका प्रमुखहरूलाई वोलाएर ‘ब्रिफिङ’ सुनेपछि माओवादी आन्दोलन हिंसात्मक र अराजक हुन सक्ने बताउँदै सुरक्षा अंगलाई त्यसैअनुरूप सर्तक रहन निर्देशन दिएका हुन्। प्रधानमन्त्री नेपालले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई भने कानुनी ब्यवस्था कायम गर्न र कडाईका साथ अघि बढ्न निर्देशन दिएको स्रोत बताउछ। स्रोतको भनाईमा प्रधानमन्त्री नेपालले माओवादीवाट विस्तृत शान्ति सम्झौता उल्लंघन गरेको बताउदै सुरक्षा निकायलाई कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएका थिए।

  प्रधानमन्त्री परामर्श गर्दै

माओवादीले देशभर आन्दोलनको तयारी गर्दैगर्दा प्रधानमन्त्रीले आज सत्तारुढ दस दलका नेताहरुसँग परामर्श गर्दैछन्। 

 
‘माओवादीको अभिब्यक्ति र क्रियाकलापले विस्तृत शान्ति सम्झौताको उल्लंघन हुँदै गएको र त्यसले वैशाख १८ गते हुने भनिएको र त्यसपछिका प्रर्दशनहरू हिंसात्मक र अराजक हुने देखिएको छ’, प्रधानमन्त्री नेपालको भनाई उद्धृत परामर्शमा सहभागी एक अधिकारीले भने, ‘यो स्थितीलाई गम्भीरतापुर्वक लिदै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई कानुनी ब्यवस्था कायम गर्न र कडाईका साथ लाग्न तथा नेपाली सेनालाई आवश्यकताअनुसार उच्च सतर्क रहन निर्देशन दिन्छु।’

सुरक्षा निकाय प्रमुखहरूले पनि माओवादी आन्दोलन हिंसात्मक र अराजक किसिमको हुने संकेत देखिएको वि्रफीङ गरेका थिए। उनीहरूले माओवादीले देशभरी प्रशिक्षण कार्यक्रम चलाएको, घरेलु हातहतियारको अधिकतम प्रयोग हुने संभावना देखिएको बताएका थिए।
‘माओवादी आन्दोलन उपद्रो, अराजक र हिंसात्मक हुने किसिमको देखिन्छ’, सुरुक्षा निकाय प्रमुखहरूको भनाई थियो। उनीहरूले आइतवार मात्रै काभ्रेवाट काठमाडौ ल्याउदै गरेका लाठीहरू समातिएको घटनालाई उदाहरणको रूपमा प्रस्तुत गरेका थिए। यतिसम्म कि उनीहरूले माओवादीवाट हिंसात्मक घटना नै घटाउन सक्ने संभावना समेत रहेको वि्रफीङ गरेका थिए।

साँझ ८ देखी सवा दश वजेदेखि भएको परामर्शमा नेपाली सेनाका प्रधान सेनापति छत्रमान गुरूङ, नेपाल प्रहरीका रमेश चन्द्र ठकुरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोक देव भट्ट र सशस्त्र प्रहरीका कार्यवाहक किशोर कुमार लामा थिए। रक्षामन्त्री विद्या भण्डारी, गृहमन्त्री भीम रावल र सुचना तथा संचारमन्त्री शंकर पोखरेल भने त्यसको एक घण्टा अघि देखी नै प्रधानमन्त्रीसँगको छलफलमा थिए। सुरक्षा अंगका प्रमुखहरूसँगको परामर्शमा पनि रक्षा, गृह र संचारमन्त्री सहभागी थिए।

प्रधानमन्त्रीसहित सरकारका वरिष्ठ मन्त्री र सुरक्षा निकाय प्रमुखहरू संलग्न रहेको छलफलमा माओवादीहरू भीडन्तमा जान लागेको निष्कर्ष निकालिएको स्रोत बताउछ। ‘माओवाीले घुर्की लगाएको मात्रै होइन, साच्चै सत्ता कब्जा गर्ने ढंगले अघि बढेको छ’, छलफलको निष्कर्ष सुनाउदै सहभागी ती अधकारीले भने, ‘सरकार कडाईका साथ प्रस्तुत हुने हो भने उनीहरू पछि हटन सक्छन्। तर, अत्तालिने हो भने उनीहरूको मनोवल वढ्छ।’ त्यसैले सुरक्षा निकायलाई प्रधावकारी परिचालन गरेर उनीहरूको कार्यक्रम विफल पार्ने रणनीति सरकारले बनाएको छ।

माओवादीले मे दिवसको अवसरमा वैशाख १८ गते डेढ/दुई लाखको संख्यामा आफना कार्यकर्ता काठमाडौंको सडकमा उतार्ने तयारी गरिरहेको सरकारी बुझाई छ। त्यस्तो वेलामा सुरक्षा निकाय प्रधावकारी वन्न नसके ती प्रर्दशनलाई निरन्तरता दिदै त्यही भीडले जेठ १४ मा संविधानसभा कब्जा गरेर वा त्यो संभव नभए सडकवाटै संविधान घोषणा गर्ने वाटोतर्फ जान सक्ने आकंलन पनि सरकारको छ।

त्यसका लागि माओवादीले जर्वजस्ती रूपमा सरकारी साधनहरू कब्जा गरेर कार्यकर्ता ओसार्न थालेको, होटल तथा रेष्टुराँहरू डर त्रास देखाई वुकिङ गराएको, आश्रयस्थलका लागि प्रयोग गर्न स्कुलहरू वन्द गर्न थालेको, वन्दै गरेका हाउजिङहरूमा पनि कार्यकर्ता राख्ने तयारी गरिरहेको विश्लेषण गरेको छ। माओवादीले क्यान्टोनमेन्टमा रहेका लडाकुहरूलाई समेत सडकमा उतारेर प्रर्दशनलाई हिंसात्मक बनाउन सक्ने पनि सरकारी आंकलन रहेको छ।

माओवादीका यी सबै तयारी र त्यसलाई परास्त गर्न सरकारले लिनुपर्ने रणनीतिका विषयमा छलफल गर्न प्रधानमन्त्री नेपालले वालुवाटारस्थित आफनै निवासमा सत्ता साझेदार दश दलको वैठक वोलाएका छन्। वैठकमा संभावित सरकारी रणनीतिका साथै राष्ट्रिय सहमतिका विकल्पहरूमा समेत छलफल गर्ने वताइएको छ।

प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल वाहेक अन्य नेतामा सहमति भए आफु कुर्सी छाडन तयार रहेको अभिब्यक्ति दिइसकेका छन्। सुर्खेत घटनामा घाइते भएका कार्यकर्तालाई भेटन आइतवार विहान त्रिवी शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री नेपालले संचारकर्मीहरूसँग भने, ‘म झुकेर राजिनामा दिने पक्षमा छैन। तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल वाहेक अन्य जो कोही नेतामा सहमति जुटछ भने म छाडन् तयार छु।’

प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री नेपाल माओवादीप्रति आक्रामक देखिएका थिए। ‘माओवादी रचनात्मक शक्ति होइन, विश्वंसात्मक शक्ति हो’, उनले भनेका थिए। माओवादीवाट एमाले, काग्रेस लगायत भिन्न मत राख्ने अन्य पार्टीका नेता तथा कार्यकर्ताको हातखुट्टा भाँच्ने, सर्वसाधारण जनतालाई आतकिंत पार्ने उद्योगधन्दा वन्द गर्ने, आमसंचार माध्यममा डर त्रास देखाउने अराजक गतिविधी भइरहेकोे बताउदै प्रधानमन्त्री नेपालले भने, ‘उनीहरू आफनो सर्वसत्तावाद लादने एकसुत्रीय अभियानमा लागि परेका छन्।’ उनले माओवादीको यस्ता गतिविधीप्रति सामुहिक प्रतिकार गर्नुपर्ने पनि बताएका थिए।

यता पार्टीको स्थायी कमिटी वैठकमा पनि प्रधानमन्त्री नेपाल आक्रामक ढंगले प्रस्तुत भएका थिए। ‘कि मलाई फिर्ता वोलाउनुहोस् कि राजनीतिक हिसावले गर्नुस्,’ आइतवार नौ घण्टासम्म चलेको वैठकमा प्रधानमन्त्री नेपालले संस्थापन पक्षप्रति लक्षित गर्दै भनेका थिए। उनको यो भनाईमा पार्टी संस्थापनले आफुलाई सहयोग नगरेको प्रष्टै झल्किन्थ्यो।

प्रधानमन्त्रीको यस्तो अभिब्यक्तिपछि वैठकले राष्ट्रिय सहमतिको लागि एमालेले अधिकतम र विशेष पहल गर्ने निर्णय गरेको छ। उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सहमतिको लागि विशेष पहल गर्ने निर्णय भएको जानकारी दिए। पार्टी सचिव युवराज ज्ञवालीका अनुसार एमालेले राष्ट्रिय सहमतिका लागि ठोस प्रस्तावसहित अन्य पाटीसँग संवाद र छलफल अघि बढाउने छ । त्यो प्रस्ताव शान्ति प्रक्रिया, संविधान निर्माण र शक्तिको बाँडफाँड लगायतको समम्र विषयलाई सम्बोधन गर्ने खालको हुने पनि ज्ञवालीले बताए।

  यसैबीच माओवादी नेताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई सञ्चार सेटसहित प्रहरी मुख्यालयमा उपस्थित हुन प्रहरी मुख्यालयले आज बिहान निर्देशन दिएको एभिन्युज टेलिभिजनले जनाएको छ

2 responses to “सेनालाई समेत सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

  1. Wyo is really really great news for me because CPN and UML can’t do anythings for Nepal so kindly let go ahead Maoists and I am not Maoist supporter because I love late King Birendra Shah.

  2. CPN and UML try one more chance to Maoists to lead the new government then ask to public. We can’t remove from our heart late King Brendra Shah. Hope if Maoist to lead new Government maybe successful their aim. Because since year 250 same political party and same person lead parliment. Give one more chance to see new face and new idea to lead new Government to Maoist party

    thank.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.