केटी भगाउने नेपालीलाई कुवेतमा नेपाली महिलाहरुले कुटे


जय आले, कुवेत 

कुवेत सिटी, २५ अप्रिल २०१० : पोखरा घर भएका जस गुरुङ्ग (नाम परिवर्तन) ले कुवेतीको घरमा कार्यरत नेपाली युवतीलाई नक्कली मायाजालमा फसाइ काम गर्ने घरबाट भगाएर माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवकी महिला सदस्य ललिता मगरको फरवानियास्थित घरमा केही दिनको लागि बस्ने प्रबन्ध मिलाई दिनोस भन्न पुगे । गुरुङ्गले आफुसँग साथमा रहेकी युवतीलाई उनी नेपालबाट ल्याएको आफ्नो धर्म पत्नी भएको र तत्काल बस्नको लागि कोठाको समस्या परेकोले २/३ दिनको लागि बस्न दिनुहोस् भनेर हदैसम्म अनुरोध गरेकाले उनले बस्न दिएकी थिईन ।

तर जब शुक्रवारको दिनदेखी आफ्नो शरणमा रहेका नेपाली युवा-युवतीहरुको ’boutमा ललिता मगरले बुझ्दै गइन तब उनी छाङ्गाबाट खसे सरह भईन । किनकी वास्तविकता के रहेछ भनें, गुरुङ्गको साथमा भएकी युवती उनको नेपालबाट आएकी श्रीमती नभई कुवेतको आन्दुलुसबाट भगाईएकी कुवेतीको घरमा घरेलु कामदारमा ३ बर्षदेखी कार्यरत रामेछापकी सर्मिला के सि रहेकी र अझ अचम्मको रहस्य त यो छ कि गुरुङ्गको पहिलादेखी नै कुवेतमा अर्की श्रीमती पनि रहेकी र उनी पनि कुवेतीको घरबाट भगाईएकी झापाकी राई थरकी नेपाली युवती नै रहेकी र त्यो भन्दा पनि ठुलो अचम्मको कुरो त गुरुङ्गको अर्की एउटी नेपाली प्रेमिका पनि कुवेतमै रहेकी र उनी इटहरीकी गुरुङ्ग थरकी भएको खुल्न आएको छ ।

हिजो २५ अप्रिलमा सबै सत्य-तथ्य पता लगाई सकेपछी ललिता मगर र अन्य नेपाली महिलाहरुले सर्मिलालाई यो मान्छेले तिमीलाई फसाएको हो । उसको पहिला देखी नै कुवेतमा अर्की श्रीमती छ यसको पछी नलाग भनेर सम्झाउन खोज्दा गुरुङ्गको नक्कली मायाजालमा पुरा मदहोश, मदलट्ठु भएकी सर्मिला कुनै पनि हालतमा उनिहरुको कुरा मान्न र विश्वाश गर्न तयार नभएपछी उनिहरुले गुरुङ्गकी श्रीमतीलाई खबर गरिदिएको र श्रीमती तू ललिता मगरको कोठामा आई ताण्डव नृत्य मच्चाउन शुरु गरेपछी मात्र उनले विश्वास गरेकी थिईन ।

त्यस पश्चात सबै महिलाहरु मिली गुरुङ्गलाई पक्रेर बाँधेको र श्रीमतीले कुटेको खुल्न आएको छ । ललिता मगरले क्लवका अन्य सदस्यहरुलाई फोन मार्फत घट्ना सम्बन्धी बिवरण सुनाइ यो मान्छेलाई के गर्ने भनी सल्लाह मागेपछी, क्लव सदस्यहरुले एक नेपाली भएको नाताले तत्काल पुलिसलाई नदिन र नेपाली दूतावासलाई खबर गरी सल्लाह माग्न भन्दै दूतावासका सचिव पुष्पराज भट्टराईको मोबाइल नं. उपलब्ध गराएपछी उनले दूतावासलाई जानकारी गराएकी थिईन । दूतावास सचिवले उनिहरुलाई दूतावास पठाईदिनुस् भनेपछी अहिले सर्मिलालाई दूतावास पठाई दिएको र गुरुङ्गलाई बेलुकी दूतावास पुगेर सर्मिलाका २ तोला सुन लगायत सबै सामानहरु दूतावासलाई बुझाउने शर्तनामामा छाडिएको र अहिले गुरुङ्ग आफु कार्यरत कम्पनिको ड्युटिमा गएको हामीलाई ललिता मगर र अन्य महिलाहरुले जानकारी दिएका छन ।

यस घट्नाबाट नेपाली दिदीबहिनीहरुले अवश्य केही पाठ सिक्नु भयो होला, कि कुवेतको हावापानी नेपाली दिदीबहिनीहरुको लागि ठीक छैन भनेर, त्यसैले कसैको २ शब्द बोलिमा आफ्नो जिन्दगी दाउमा नलगाउनु होस् । भगाउनेलाई जतीसुकै कार्वाही गरिएपनी- जालमा फसेकी सर्मिला न चाहेर सजिलै नेपाल फर्केर जान सक्छिन किनकी घरबाट भागेपछी इलिगल भइयो र खासगरी दु:ख परेर कुवेत कमाउन आएको, अनी काम गर्न जाउँ साहुले उल्टो मार्छ भनेपछी सर्मिलाको भएन त हरिबिजोग ??  

4 responses to “केटी भगाउने नेपालीलाई कुवेतमा नेपाली महिलाहरुले कुटे

  1. This is how it should go on !!! Respect to Nepalese community with such initiative.

    bmthapa

  2. kumar thapa phone no 67072511

    lack of education and poverty of nepali lady and mostly who were in gulf countries and at the first side she fells in love whatever fake or true male person are getting benifit from the girsls and make her life in crucial. thanks guys and girls who work in kuwait at least be alert. and try to reach at your own goals.and stay away from all those things.treat as eachother as a humanbeing not animal. thank you.

  3. Thik pare sale gadha lai. teslai pulice ko hamala garnu parne ho.

  4. This is really sad, but the nepalse ladies also should understand that why they are victim of this type of situations. These are so more example I heard so many issues in kuwait which never come to media. this is good to take into media attention. I request to the all nepalse ladies who work in house or elsewhere, please dont give the oppertunity to anybody where you yourself goes in trap. Best of luck and God bless you all.

    Kishan

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.