Daily Archives: 20/04/2010

सरकारी निकाय नै कालोबजारीमा


काठमाडौं, निजी व्यवसायीको भन्दा सरकारी स्वामित्वका संस्थानहरूले खाद्यसामग्रीमा चर्को मूल्य असुल गरेर उपभोक्ता ठगेका छन्। आन्तरिक र बाहय बजारको विश्लेषण गरेर तत्काल मूल्य समायोजन गर्ने प्रभावकारी सरकारी संयन्त्र नहुँदा उपभोक्तालाई प्रत्यक्ष मार पर्न गएको छ। राजधानी उपत्यकामा चिनी, दलहन तथा तेलहन, चामललगायतका खाद्यसामग्रीमा निजी व्यापारीको खुद्रा मूल्यभन्दा सरकारी स्वामित्वका निकायमा उल्लेख्य मूल्य भिन्नता हुँदासमेत सरकार मौन बसेको छ। सरकारले उपभोक्तालाई राहत दिने नाममा सञ्चालनमा ल्याएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल खाद्य संस्थानबाट खुलेआम बजार मूल्यभन्दा महँगोमा खाद्यसामग्री बिक्री भइरहेका छन्। उत्पादनको सिजनसँगै छिमेकी मुलुक भारतमा अधिकांश खाद्यसामग्रीको मूल्यमा भारी गिरावट आए पछि नेपाली व्यवसायीले बाध्य भएर सो सामग्रीको मूल्य घटाएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एमाले संसदीय दलको ठहर / ‘टाउकोले टेके पनि संविधान बन्दैन’


काठमाडौं, निर्धारित समयमा संविधान नबन्ने व्यापक आशंका भइरहेका बेला सत्तारूढ नेकपा (एमाले) संसदीय दलले समयमा संविधान नबन्ने निश्चित भएको औपचारिक निर्णय गर्दै संविधानसभाको म्याद थप गर्न प्रस्ताव गरेको छ। संसदीय दलले पार्टीको केन्द्रीय कमिटीलाई सबै दलसँग परामर्श गरी जेठ १४ पछिको संवैधानिक रिक्तता हुन नदिने गरी पहल गर्न आग्रह पनि गरेको छ। सोमबार पाँचौं दिन सम्पन्न भएको संसदीय दलको बैठकले संविधानसभाको म्याद ६ महिनादेखि १ वर्षसम्म थप गर्न सुझाव दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सबैले आ-आफ्नो हठ छाडौँ: प्रम


काठमाडौँ,  प्रधानमन्त्री माधवकुमार नेपालले अलोकतान्त्रिक बाटोबाट गरिने कुनै पनि कार्य आफूलाई स्वीकार्य नहुने बताउँदै उहाँले गणतन्त्रलाई संस्थागत गर्न र जनताको परिवर्तनको चाहनालाई मूर्त रुप दिन सबैले आ-आफ्नो हठ छोड्नुपर्ने बताए।  आज कार्टर सेन्टरका परामर्शदाता पिटर बर्लीसित प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा उनले यस्तो बताएका हुन्। भेटका क्रममा बर्लीले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनका ’boutमा जिज्ञासा राखेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

बिदेश र २०६६ सालको तिहार !!


बालकृष्ण घिमिरे

टुकुचा ७ काभ्रे, हाल: KGL कम्पनी, कुवेत

स्वदेश छाडि बिदेश अर्काको मुलुकमा धन कमाउन आउने हामी नेपालीहरुका लागि पाइलै पिच्छे खतरा नभएका हैनन । त्यसमा पनि सवारी साधन (गाडी ) चलाऊने ड्राइभर पेशामा बिदेश आएका नेपाली दाजुभाईहरुका लागि झनै ठुलो समस्या परेको पाईन्छ । अर्काको मुलुकको कानुनी समस्या आफ्नो ठाउँमा छ, सम्बन्धित देशको भाषा नबुझ्नु सबैभन्दा ठुलो समस्या भईदिन्छ । आफुले गल्ती नगर्दा नगर्दै पनि कानुनी रुपमा फस्दा कसलाई पो दु:ख नलाग्ला र ? यस्तै एउटा घटना घट्न गयो गत तिहारको भाई टिकाको दिन अर्थात २००९ अक्टोबर १९ तारिक बिहानको २ बजे तिर राम प्रसाद घोरासाइनी (नाम परिवर्तन) केजिएल कम्पनी कुवेत आएको झन्डै चार बर्ष बित्न लागेको थियो । केजिएलबाट हिट्को कम्पनी अमेरिकन आर्मी अप्रेसन सेक्सनमा गाडी चनाउन कन्ट्रयाकमा दिएकाले नियमित रुपमा आफ्नो पेशा प्रति जिम्मेवार भई काम गरि रहेका राम प्रसाद सो दिन पनि आफ्नो डिउटि पुरा गर्न बस लिएर मिनअब्दुल्ला क्याम्पबाट निक्लिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

जग्गा किनबेच ७५ प्रतिशत घट्यो


काठमाडौं, ६ वैशाख

राष्ट्र बैंकले कडाइ गरेपछि घरजग्गा किनबेचमा ७५ प्रतिशतभन्दा धेरैले कमी आएको छ । केन्द्रीय बैंकले घरजग्गा कर्जामा लगाएको रोक, सरकारले परिवर्तन गरेको मूल्यांकन प्रणाली र किनबेचमा पुँजीगत लाभकरलगायतका नीति नियमले गर्दा घरजग्गा कारोबार ठप्प हुने दिशातर्फ उन्मुख भएको कुरा व्यवसायीले बताएका छन् । यो आर्थिक वर्षको ९ महिनामा गतवर्ष घरजग्गाबाट प्राप्त राजस्वको आधा पनि प्राप्त नभएको र प्राप्त भएको रकम पनि सरकारले घरजग्गाको मूल्यांकनमा २५ प्रतिशत बढाएकाले मात्र उठेको हुनाले किनबेचमा कुल ७५ प्रतिशत कमी आएको अनुमान गरिएको भूमिसुधार तथा व्यवस्थापन विभागका एक अधिकृतले बताए । पढ्नेक्रम जारी राख्नुहोस्