Daily Archives: 19/04/2010

प्रहरी अधिकारीको घर लुट्ने पक्राउ


काठमाडौं,  नेपाल प्रहरीका डिआइजी र एसएसपीको घर भएको डकैतीमा संलग्न रहेको आशंकामा एक समूह पक्राउ परेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट डकैतीमा संलग्न रहेको अभियोगमा ७ जनालाई पक्राउ गरेको हो। प्रहरीका डिआइजी विश्वराज सिंह र एसएसपी जयबहादुर चन्दको घरमा डकैती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका सात जनालाई आइतबार सार्वजनिक गरेको थियो। डिआइजी सिंहको घरमा चैत २८ गते र एसएसपी चन्दको घरमा चैत ५ गते डकैती भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

सेनाले नयाँ भर्ना खोल्यो


२७१ जनाका लागि आवेदन खुला-
काठमाडौँ,  नेपाली सेनाले विभिन्न रिक्त पदहरुका लागि दरखास्त आह्वान गर्दै भर्ना प्रक्रिया थालेको छ। सरकारी सञ्चार माध्यम गोरखापत्रमा सूचना प्रकाशित गर्दै जंगी अड्डाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालयले अधिकृत, पदिक र (प्रा.अम.) प्राविधिक अमल्दार २७१ जनाको  लागि भर्ना आह्वान गरेको छ।  सेनाको सूचनामा ‘नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त पदमा शान्ति सम्झौता हुँदाको बखत कायम रहेको संख्यालाई आधार मानी सो संख्यामा नबढ्ने गरी’ दरखास्त आह्वान गरिएको भनिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले भारतसँग माफी माग्नुपर्छः सुजाता


काठमाडौं, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले एमआरपी (मेसिन रिडेबल पासपोर्ट) ठेक्का रद्द गरेकामा नेपाल सरकारले भारतसँग माफी माग्नुपर्ने बताएकी छन् । भारतीय राजदूत राकेश सुदसँग शुक्रबार एक घन्टा भेट गरेको भोलिपल्ट सुजाताले आफ्नै निवासमा पत्रकारहरूलाई बोलाएर यस्तो प्रतिक्रिया दिएकी हुन् ।भारत सरकारसँग भएको सम्झौता रद्द गरेकामा क्याबिनेटले दुःख व्यक्त गर्नुपर्छ सुजाताले पत्रकारहरूबीच भनिन् अब क्षमायाचनासहितको पत्र भारत सरकारलाई पठाउनुपर्छ ।आफैँ गरेको निर्णय आफैँ फिर्ता गरेर नेपाल सरकारले संसारमै कहीँ नभएको काम गरेको टिप्पणी उनले गरिन् । ‘सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दाको फैसला नपर्खी तत्कालै निर्णय किन फिर्ता गरियो ? यस्तो काम संसारमै अहिलेसम्म भएको थिएन । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय प्रहरीले लुटे नेपाली तीर्थालु


महेन्द्रनगर, गंगा नदीमा स्नान गरेर फर्केका नेपाली तीर्थालुलाई भारतीय प्रहरीले नेपाल-भारत सीमा नाका गड्डाचौकीमा शनिबार कुटपिट र लुटपाट गरेको छ । गड्डाचौकीनजिक रहेको भारतीय प्रहरी टोलीले लुटपाट गरेको पीडितले बताएका छन् ।भारतीय भन्सार कार्यालयसँगै रहेको भारतीय प्रहरी बिटले नेपाली तीर्थालुलाई सोधपुछ गर्दै पैसा असुलेको थियो । बिहान ६ देखि ७ बजेसम्म घर फर्किरहेका नेपालीलाई लुटपाट गरिएको हो । बनबासा पुल बिहान एक घन्टाका लागि खुला गरिएका कारण आवतजावत गर्नेको चाप अत्यधिक हुन्छ ।प्रहरीले च्याप्प समात्दै पैसा खोसेर लगेको पीडित दानबहादुर शाहीले बताए । भारतीय प्रहरी बिटमा सुरक्षा जाँच गर्ने निहुँमा पैसा लगेको उनले जानकारी दिए । कोठाभित्र बोलाएर खल्तीमा हात हाल्दै पैसा निकाले कैलाली बलियाका शाहीले भने । पढ्नेक्रम जारी राख्नुहोस्