किन एमाले कार्यालयमा झुण्डिएर आत्महत्या गरे पूर्व झापाली विद्रोहीले?


झापा आफ्नो पार्टी सरकारमा भएको बेला छोरालाई जागिरमा लगाउन काठमाडौं हिँडेका थिए, डिगेन्द्र राजवंशी। आर्थिक अवस्था कतिसम्म नाजुक भने हातमुख जोर्नै मुस्किल थियो। नेताहरुलाई भनसुन गरेर भए पनि जागिरमा लाउनुपर्छ भन्दै दुई महिनाअघि उता (काठमाडौं) जानुभएको थियो एमाले मुख्यालय बल्खुमा शनिबार आत्महत्या गरेका डिगेन्द्र राजवंशीकी पत्नी प्रमिलाले भनिन् तर, यस्तो खबर सुन्नुपर्‍यो। पार्टी कार्यालयमा धाएर नेतालाई आग्रह गर्दा पनि उनले छोराको जागिर पक्का गर्न भने सकेनन्। छोराले जागिर पाउला र पति घर फर्केलान् भन्ने आशामा बसेकी थिइन् प्रमिला। ‘अघिल्लो साँझ मात्रै वैशाख १० गते फर्कने भनेर घरमा फोन आएको थियो उनले भनिन्।
२०२८/०२९ सालको झापा किसान विद्रोहका एकजना योद्धा थिए राजवंशी। शनिबार एमाले केन्द्रीय कार्यालय परिसरमा उनलाई रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको थियो। उनले शनिबार बिहान आत्महत्या गरेको अनुमान छ।
६२ वर्षीय राजवंशीका पत्नी, दुई छोरा ऋषि र शम्भू र एक छोरी भारती चारआली चोकबाट एक किलोमिटर दक्षिण-पूर्वको हडिया खोलाको किनारमा कष्टपूर्वक बस्दै आएका छन्।
केपी शर्मा ओली, राधाकृष्ण मैनाली, वीरेन राजवंशी, सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरुका समकक्षी डिगेन्द्र झापा किसान विद्रोहताका गरामनीको कोल्हाटोलीबाट गिरफ्तार भएपछि १० वर्ष लगातार जेल बसेका थिए। चन्द्रगढी, वीरगन्ज हुँदै नख्खु जेल पुगेका उनी २०३६ माघ ३० गते सर्वाेच्च अदालतको आदेशपछि मुक्त भएका थिए।
२०२९ साल माघ ९ मा पार्टी सदस्यता लिएका उनी आजीवन नेकपा एमालेको सक्रिय रहे। २०४६ र २०६२/६३ सालको जनआन्दोलनमा समेत सक्रिय उनलाई २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो।
सधैभरी सुकुम्बासी जीवन बिताउन बाध्य डिगेन्द्र गत फागुन ४ गते कान्छो छोरा शम्भूसहित काठमाडौ गएका थिए। काठमाडौं जाँदा रु. २ हजार बाटो खर्च दिएर पठाएको पार्टीका जिल्ला अध्यक्ष रविन कोइराला बताउँछन्। प्रमिलाका अनुसार डिगेन्द्रको इच्छा कान्छा छोरालाई जागिरमा लगाउने थियो। ‘सबै नेतालाई चिनेको छु भन्दै छोरालाई लिएर काठमाडौं जानुभएको थियो शोकाकूल प्रमिला भन्छिन् बीचमा फोनमा कुराकानी हुँदा पनि छोराकै चिन्ता लिइरहनु हुन्थ्यो।
जिल्ला कमिटीले ‘जागिर लगाइदिनू’ भनी सिफारिस पत्र समेत दिएको कोइरालाले बताए। उनी आँटिला विद्रोही थिए उनले भने।
सँगै काठमाडौं गएका धुलाबारीका काशीनाथ निरौलाका अनुसार काठमाडौमा उनले प्रधानमन्त्री, गृहमन्त्री, पार्टी अध्यक्ष र सबैजसो केन्द्रीय नेताहरुलाई भेटेर जागिरको व्यवस्था गरिदिन आग्रह गरेका थिए। पार्टीबाट सकारात्मक आश्वासन पाए पनि नेताहरुको व्यवहार र शैलीसँग पछिल्लो समय साह्रै असन्तुष्ट रहेको निरौला बताउँछन्।
एकसरो लाउने कपडा र श्रीमतीले सापटी खोजेर ल्याएको ५ हजार रुपैयाँ बोकेर काठमाडौं हानिएका बाबुछोरा एमाले मुख्यालयमै आश्रय लिएर बस्दै आएका थिए। पार्टीले पुराना योद्धा भएका कारण कार्यालयमै बस्ने र क्यान्टिनमा खाने प्रबन्ध मिलाइदिएको थियो।
शुक्रबार राति सँगै सुतेका छोरा शम्भू र अर्का झापाली किसान नेता देवी बरालले बिहान उठ्दा मात्र उनले आत्महत्या गरिसकेका थिए। शुक्रबार साँझ उनले झापामा रहेका पत्नी र छोरीसँग अन्तिम कुराकानी गरेका थिए। डिगेन्द्रले छोराको जागिर कन्फर्म नभएको र साथमा पैसा सकिएको परिवारलाई जानकारी दिएका थिए।
जग्गाको नाममा एक चपरी माटो पनि नभएका डिगेन्द्रको परिवारको गुजारा प्रमिलाले सडकपेटीमा चलाउँदै आएको चिया पसलबाट चलेको छ। छोरीको बिहे भइसके पनि दुवै छोरा अविवाहित छन्। जेठो छोरा २ वर्षअघि वैदेशिक रोजगारीमा साउदी अरब गए पनि राम्रो आम्दानी गर्न सकेनन्।
पारिवारिक सोतका अनुसार कान्छा छोरा शम्भू २०६० सालतिर माओवादी सेनामा लागेका थिए। लोकतन्त्र बहालीपछि घर फर्किएका शम्भूलाई जागिरमा लाग्न बाबुले कर गरिरहन्थे। एसएलसी उत्तीर्ण शम्भूलाई सशस्त्र प्रहरी वा अन्य कुनै सरकारी जागिरमा लगाइदिने आश्वासन पार्टीले दिएको थियो।

One response to “किन एमाले कार्यालयमा झुण्डिएर आत्महत्या गरे पूर्व झापाली विद्रोहीले?

  1. Yehi ta ho ni nepalko sthiti…. Party le Jagir dine hora?? Partyle ta partyko bas garaune ho…. janta haru pani kati murkha bhai sake bhane party sanga Jagir magne hora… Party sanga ta Bandook… LMG…SLR Magnu parcha turunta payincha… tara khanako lagi daal bhat magyo bhane tyahi Bandook ko gooli payincha… aba pani bujhenau bhane ti baje jastai sabaile jundiyera marne din aaucha…..nepalma.. yehi ho nepaliko bastabikta & party ra netaharuko bastabikta… ko hi pani rastra sebak chainan… sabai chor phataha hun… yeuta nepaliko yesari mrityu huncha… aba party le 10 lakh dincha hola ani party ko jhanda odayera… hat hallaudai khula mancha ma bhasan huncha & timi hami jasta janta harule thapadi bajauchan… manau manche mareko hoina ki kunai disco party hudai cha… yehi ho rajnitik party bhaneko… party means its damn disco party yar… lets enjoy by watching this drama… lets give a clap for him & party… lets live for party & die for party not for nepal not for our future… i hate to be called nepali… becoz of this kind of shit…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.