Daily Archives: 16/04/2010

भारतबिरोधी अभिब्यक्ति रोक्न सुदको आग्रह


काठमाडौ, – भारतीय राजदुत राकेश सुदले आफ्नो मुलुकसंग असल सम्बन्ध कायम गर्न माओवादीले भारतबिरोधी अभिव्यक्ति तत्काल रोक्नुपर्ने बताएका छन् । बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुरोधमा भएको भेटवार्तामा उनले माओवादीका पछिल्ला गतिबिधि द्धिपक्षीय सम्बन्धका लागि अहसयोगी रहेको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका हुन् । ‘माओवादीका पछिल्ला अभिव्यक्ति असहयोगी छन् । यदी माओवादी भारतसंग असल सम्बन्ध चाहन्छ भने उसले भारतबिरोधी अभिव्यक्ति रोक्नुपर्छ,’ राजदुत सुदले अध्यक्ष दाहालसंगको भेटवार्तामा भनेको दुतावास स्रोतले कान्तिपुरलाई बिहीबार बताए । पढ्नेक्रम जारी राख्नुहोस्