सैनिक अधिकृतमा चरम असन्तोष


(काठमाडौं), सरकारले नेपाली सेनाको बढुवा प्रक्रियालाई नियमित गर्न नसक्दा नेपाली सेनामा कार्यरत प्रमुख सेनानी र सेनानीको भविष्य अन्यौलपूर्ण बन्दै गएको छ।
राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रबिन्दुमा रहँदै आएको नेपाली सेनाले समेत बढुवा प्रक्रियालाई नियमित गराउने प्रयासलाई अगाडि बढाउन नसक्दा हाल नेपाली सेनामा कार्यरत २ सयभन्दा बढी प्रमुख सेनानी र झन्डै ४ सयको हाराहारीमा रहेका सेनानीहरू बढुवा नभई घर बस्नुपर्ने स्थिति उत्पन्न हुन लागेको एक उच्च सैनिक अधिकारीले जानकारी दिए।
स्टाफ कलेज गरेर बसेका २ सयभन्दा बढी प्रमुख सेनानीको बढुवा प्रक्रिया नै अवरुद्ध भएकाले सेनानीको २५ देखि २८ ब्याचसम्मकाहरूको सेवाअवधि २० वर्ष पुगिसक्दा पनि माथिल्लो पदमा बढुवा नभएपछि दक्ष जनशक्तिमा अहिले नैराश्यता उत्पन्न हुन थालेको ती अधिकारी बताउँछन्।
सैनिक ऐनको दफा १७ को उपदफा ३ को व्यवस्थाअनुसार प्रमुख सेनानीको पहिलोपल्ट ५ वर्षर दोस्रो पटक ३ वर्षसेवाअवधि थप्ने प्रावधान भए पनि हाल कार्यरत अधिकांशको पहिलो पटकको सेवा अवधि थप भइसकेको र दोस्रो पटकको सेवा अवधि थप हुँदासमेत ठूलो समूहको माथिल्लो दर्जामा बढुवा नभई अवकाश दिइँदा राज्यलाई ठूलो घाटा लाग्ने ती अधिकारी बताउँछन्।
यसअघि उपसेनानीबाट सैनिक जीवन शुरु गरेका अधिकृतहरू १८ वर्षमा महासेनानीसम्ममा बढुवा भए पनि अहिले उपसेनानीबाट सैनिक जीवन शुरू गरेका अधिकृतहरू २० वर्षम्ममा सेनानीमा मात्रै बढुवा भएकाले उनीहरूमा एक प्रकारको विद्रोहको भाव उत्पन्न हुन थालेको ती अधिकारी बताउँछन्।
नेपाली सेनाको ऐनमा नै स्टाफ कलेज उत्तीर्ण नगर्ने अधिकृतहरूले उपरथीभन्दा माथि बढुवा नपाउने व्यवस्था गरेको भए पनि विभिन्न कारणले माथिल्लो दर्जामा बढुवा भएकाहरू सरकारलाई आफ्नो कार्यकाल बढाउन म्याद थप गर्न उद्यत रहने तथा सैनिक नेतृत्वले समेत त्यस्ता व्यक्तिको म्याद थप गराउन सिफारिस गर्ने गरेका कारण यस्तो जटिल स्थिति उत्पन्न भएको ती अधिकारी बताउँछन्।
संकटकालको समयमा कुनै गृहकार्य नै नगरी सरकार र त्यसबेलाको सेनाको नेतृत्वले दरबन्दी बढाएपछि अहिले तल्लो तहमा चाहिनेभन्दा बढीको बढुवा गरेको र स्टाफ कलेज नगरेका प्रमुख सेनानीहरूलाई बढुवा गरेका कारण स्टाफ कलेज गरेका प्रमुख सेनानीहरू बढुवा हुन नसकेर लामो समयसम्म एउटै पदमा रहन बाध्य भएको ती अधिकारी बताउँछन्।
नेपाली सेनामा स्टाफ कलेज गर्ने अधिकृतले मात्रै माथिल्लो पदमा बढुवा हुन पाउने प्रावधान राखे पनि स्टाफ कलेज नगरेकाहरूलाई बढुवा दिएपछि पनि पटकपटक सेवाअवधि थप गर्ने गरेका कारण माथिल्लो तहबाट अवकाश नै रोकिएपछि राज्यले लगानी गरेका ती अधिकृतहरू अलमल्ल पर्ने स्थिति उत्पन्न भएको बताइएको छ।
नेपाली सेनाको बढुवा प्रक्रिया अहिले धिमा गतिमा भइरहेको र प्रमुख सेनानीबाट महासेनानी वर्षमा १०/१२ जनाको दरले बढुवा हुने गरेको तथा त्यसभन्दा माथिका अधिकृतको पनि बढुवापछि म्याद थप गर्ने प्रक्रिया यथावत् रहेकाले बढुवा प्रक्रिया रोकिएको ती अधिकारी बताउँछन्।
सेनाले यसअघि सेनानी र प्रमुख सेनानीको सेवा अवधि २० वर्षपछि १० वर्षसम्म सेवाअवधि थप गर्ने प्रावधानलाई हटाएर आठ वर्षमा झारेको र आन्तरिक नीतिमा समेत कुनै परिमार्जन नगरेका कारण सेनाको २५ ब्याचदेखि ३२ ब्याचसम्मको अधिकृतको बढुवामा प्रत्यक्ष असर पर्ने ती अधिकारी बताउँछन्।
सेनाको उपसेनानीबाट सेवा शुरू गरेपछि १६ वर्षमा सेनानीमा बढुवा हुनुपर्ने प्रावधान रहे पनि २० वर्षसम्म सेनानी पदमा नै कार्यरत रहनुपर्ने स्थितिले क्षमतावान् अफिसरहरूमा काममा ध्यान जान छाडेकाले सेनाको चेन अफ कमान्डमा समेत असर पर्ने चेतावनी ती अधिकारीले दिए।
नेपाली सेनाको सबैभन्दा महत्त्वपूर्ण कोर्सका रूपमा लिइने बार कलेज र एनडीसी कोर्स नगरेका व्यक्तिहरूलाई सैनिक मुख्यालयको सिफारिसमा सरकारले सहायक रथी र उपरथीमा बढुवा गरेपछि पनि उनीहरूको उमेरको हद कायम रहेको भन्दै सेवाअवधि थप गरिरहेकाले सेनाको माथिल्लो पद खाली नभएको पीडित अधिकृतहरू बताउँछन्।

One response to “सैनिक अधिकृतमा चरम असन्तोष

  1. Mission Pun Magar (Ramjalee)

    Nepal governments should reduced Nepalis Army because they are useless. Nepalese Army can fight with Indian or Chinese Military?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.