बलात्कार गर्न नपाएपछि बालिकालाई कुटपिट


महेन्द्रनगर, कञ्चनपुरका एक युवकले बलात्कार गर्न नपाएको झोकमा १२ वषर्या बालिकालाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट बालिका सख्त घाइते भएकी छिन् । पिपलाडी- ९ वन समितिका जोशी थरका एक युवकले जबर्जस्ती करणी गर्न नपाएपछि सोही गाउँकी १२ वषर्या बालिका निर्मला लुहारलाई निर्घात कुटपिट गरेका हुन् । घरनजिकैको जंगलमा गाईगोरु चराइरहेकी बालिकालाई सोमबार बेलुका उनले जबर्जस्ती गर्न खोजेका थिए । चिच्याउँदै भाग्न खोज्दा पछाडिबाट लठ्ठीले टाउकोमा हिर्काएको बालिकाले बताइन् । टाउकोमा लठ्ठीले हानेपछि निर्मला बेहोस भएर लडेकी थिइन् । त्यसपछि उनले फेरि बालिकाको टाउकोमा हारिलो हतियार प्रहार गरेको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
६/७ पटक निर्मलाको टाउकोमा धारिलो हतियारले हिर्काइएको छ । मरिसकेको भन्ने ठानेर बालिकालाई जंगलमै छोडेर भागेको प्रहरीले जनाएको छ । रक्ताम्य भएर लडेकी बालिकालाई गाईगोरुले घेरेका थिए । सबै गाईगोरु एकै ठाउँमा देखेपछि घाँस काट्न जंगलमा गएका स्थानीय महिला त्यहाँ पुगेका थिए । बेहोस अवस्थामा बालिकालाई देखेपछि महिलाले उनको घरमा खबर गरेको निर्मलाका बुबा केशवले बताए । अचेत अवस्थामै बालिकालाई घर लगिएको थियो ।आफन्तको सहयोगमा सोमबार साँझ बालिकालाई महाकाली अञ्चल अस्पताल पुर्‍याइएको हो । उपचारपछि मंगलबार बिहान मात्रै बालिका होसमा आएकी हुन् । उनको टाउको ७ वटा घाउ र अनुहार तथा शरीरका विभिन्न भागमा नीलडाम छन् । उनी अझै राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । टाउकोमा गम्भीर चोट लागेका कारण सिटीस्क्यान गर्नुपर्ने चिकित्सकले बताएपछि बालिकालाई कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा लगिएको छ।
कञ्चनपुरका अधिकारकर्मी महिलाले मंंगलबार दिउँसो महेन्द्रनगरबजारमा चन्दा संकलन गरेर थप उपचारका लागि अत्तरिया पठाएका छन् । महिला तथा वृद्धा सेवा केन्द्र, नारी उत्थान केन्द्र, दलित महिला मञ्च, सञ्जीवनी नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघसँग आबद्ध अधिकारकर्मी महिलाले चन्दा संकलन गरेर उपचारका लागि पठाएका हुन् ।

One response to “बलात्कार गर्न नपाएपछि बालिकालाई कुटपिट

  1. this is not fair

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.