बंगलादेशमा क्रिकेट सिक्दै चिनियाँ महिला


 ढाका, आयोजक चीन १६औँ एसियन खेलकुद प्रतियोगितामा गतिलो नतिजा निकाल्न कोसिसरत छ ।चीनले सबै खेलमा दह्रो तयारीसमेत गरेको छ ।कुनै पनि खेलमा अन्य राष्ट्रको तुलनामा कमजोर नहोस् भन्ने चाहना चीनको छ ।सहभागिता जनाउने खेलमध्ये क्रिकेटमा चीन कमजोर मानिन्छ । यसै कारण आयोजक राष्ट्रले क्रिकेटमा ध्यान पुर्‍याएको हो । क्रिकेटमा भर्खर बामे सरेको चीनले राष्ट्रिय महिला क्रिकेट टोलीलाई प्रशिक्षणका लागि बंगलादेश पठाएको छ । यतिखेर महिला चिनियाँ टोली ढाकाबाट १९ माइल उत्तरमा अवस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छ । चिनियाँ टोलीमा १७ सिनियर, यू-१३ र १९ का खेलाडी समावेश छ । ४१ डिग्रीमा समेत चिनियाँ खेलाडी राम्रो अभ्यास गरिरहेको एसिसीका इमानुएलले बताए ।यहाँको चर्को गर्मीमा उनीहरूले राम्रो गरिरहेका छन् इमानुएलले भने खेलमा एकाग्रतासमेत देखाएका छन् । पाहुना टोलीका खेलाडीलाई ढाका युनिभर्सिटीका प्राध्यापक अब्दुल हल तथा इमिनुल इस्लामले सैद्धान्तिक ज्ञान दिन्छन् । इमानुएलका अनुसार सिनियर खेलाडीहरूले फिल्डिङ तथा फिटनेसमा ध्यान दिएका छन् । खेलाडीले रनिङ बिटविन द विकेटमा समेत सुधार गरेका छन् । खेलाडीले दैनिक चार-चार घन्टा अभ्यास गर्ने गरेको इनामुएलले जानकारी दिए । टोलीको कमजोर पक्ष भनेकै फिल्डिङ र ब्याटिङ हुन् । बंगलादेश क्रिकेट बोर्डले चिनियाँ खेलाडीको फिल्डिङमा सुधार ल्याउनका निमित्त राष्ट्रिय टोलीका पूर्वखेलाडी मन्जुरल इस्लामलाई जिम्मा दिएका छन् । ब्याटिङ क्षेत्र भने अमिनुल इस्लामले हेर्छन् । सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रि क्रिकेट जगतमा महिला टोलीको उदय भएको थियो । एसिसी महिला च्याम्पियनसिपमा चीनले पहिलो अवसरका रूपमा प्रतिस्पर्धा गरेको थियो । त्यसको दुई वर्षपछि टोलीले टी-२० एसिसी खेल खेल्यो । सो दुई प्रतियोगिताका लागि उनीहरूले भारत तथा हङकङमा गएर अभ्यास गरेका थिए । यसै वर्ष नोभेम्बरमा ग्वाङजोमा हुने एसियाडमा टोलीको उत्कृष्ट प्रदर्शन हुने दाबी ब्याटिङ कोच अमिनुलले गरेका छन् । बंगलादेशको अभ्यास हेर्दा चिनियाँ महिला टोलीले एसियाडमा स्तरीय खेल देखाउनेछ उनले भने अन्तर्राष्ट्रियस्तरको प्रविधि तथा सुविधासम्पन्न प्रशिक्षण लिँदा चिनियाँ खेलाडी निकै खुसी छन् । अमिनुलका अनुसार एसियाडअगाडि नै चिनियाँ महिला खेलाडी निखारिनेछन् । यता महिला टोलीकी कप्तान वाङ मेन्गले एसियाडमा बंगलादेशको अनुभव निकै उपयोग हुने दाबी गर्छिन् । हामी क्रिकेटकै स्वर्गस्थलमा अभ्यास गरिरहेका छौँ वाङले भनिन् उनीहरू (बंगलादेशी) ले हामीलाई सबै क्षेत्रमा सहयोग पुर्‍याए । क्रिकेटमय राष्ट्रमा प्रशिक्षण गर्दा आफूभित्रका कमजोरी हटाउन अवसर पाएको उनले बताइन् । चिनियाँ टोलीका प्रमुख प्रशिक्षक तथा भारतका पूर्वकप्तान मामाथ मावेनले बंगलादशको प्रशिक्षणले एसियाडमा राम्रो नतिजा हात पार्ने बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.