प्रमसँग नर्वेली विशेषदूतको भेट


काठमाडौँ,  प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहनुभएका नर्वे सरकारका शान्ति स्थापनासम्बन्धी विशेष दूत टोरे टोरेङले बुधबार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विशेषदूत टोरेङले नेपालको शान्तिप्रक्रियाको प्रगतिका ’boutमा जिज्ञासा राख्दै नेपालमा शान्ति स्थापना र संविधान निर्माण भएको देख्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक भएको बताउनुभएको थियो।नेपालमा शान्तिप्रक्रिया शुरू हुँदा नेपालका लागि नर्वेका राजदूत रहेका विशेषदूत टोरेङले प्रधानमन्त्री नेपालबाट शान्ति स्थापना र संविधान निर्माणमा पहल हुने विश्वास व्यक्त गर्नुभएको थियो भने प्रधानमन्त्री नेपालले शान्तिप्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउनका लागि माओवादी सेनाका लडाकूहरूको समायोजन र पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो। माओवादी लडाकूको समायोजन र पुनःस्थापनाका लागि धेरै समयअघि नै आफूले विशेष समितिमा कार्ययोजना, कार्यविधि र आचार-संहिता प्रस्तुत गरिसकेको जानकारी गराउँदै सरकार एक्लैले चाहेर मात्र शान्तिप्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउन नसकिने भएकोले अर्को पक्ष माओवादी पनि उत्तिकै तत्पर र जिम्मेवार हुनुपर्ने बताउनुभयो। छिटोभन्दा छिटो शान्तिप्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याई जनचाहना अनुरूपको संविधान लेख्न दलहरूका बीचमा सहमति र सहकार्यको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि आफू हदैसम्म लचकताका साथ प्रस्तुत भइरहेको प्रधानमन्त्री नेपालले बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उहाँले दलहरूका बीचमा सहमति र सहकार्य हुनेमा आफू विश्वस्त रहेको पनि उल्लेख गर्नुभयो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.