आजदेखि मुलुकभर भर्ना अभियान सुरु


भक्तपुर, शिक्षा विभागले आजदेखि मुलुकभर भर्ना अभियान सुरु गरेको छ।
सबैका लागि शिक्षा’ भन्ने नाराका साथ सन् २०१५ सम्ममा सबै बालबालिकालाई प्राथमिक शिक्षा दिने योजना सफल पार्न भर्ना अभियान सुरु गरिएको विभागकी अधिकृत दिव्या दवाडीले बताइन्। विभागले यस वर्ष विद्यालय जाने उमेर पुगेका पाँचदेखि १४ वर्ष उमेर समूहका ५० हजार बालबालिकालाई विद्यालय भर्ना गराउन आजदेखि सो अभियान सुरु गरेको हो।विद्यालयमा आई भर्ना हुने बालबालिकालाई वैशाख १३ गतेसम्म भर्ना लिइने र वैशाख १४ देखि ३० गतेसम्म विद्यालय जाने उमेर पुगेका तर विद्यालय भर्ना नभएका बालबालिकालाई घरघरमा गएर भर्ना गरिने दवाडीले बताइन्।विद्यालय जाने उमेर पुगेका दुईलाख १९ हजार आठसय ५६ जना बालबालिका विद्यालयबाहिर रहेकाले यस वर्ष ५० हजारलाई विद्यालय ल्याउने लक्ष्य राखिएको छ।विद्यालय जाने उमेर समूहका ५१ लाख बालबालिकामध्ये हाल करिब ४९ लाख बालबालिकामात्र विद्यालयमा छन्।
विभागले गत वर्ष गरेको भर्ना अभियानमा ४६ हजार चारसय ९७ विद्यार्थीलाई विद्यालय भर्ना गरिएको र त्यसमध्ये १० प्रतिशत बालबालिकाले बीचमै विद्यालय छोडेका थिए।
गत वर्षको भर्ना अभियानमा ९० बाट बढाएर ९३ दशमलब सात प्रतिशत भर्ना दर पुर्‍याएको र हाल ६ प्रतिशत बालबालिकामात्र विद्यालयबाहिर रहेको विभागको दाबी छ।
विभागले मुलुकभर भर्नादर कम भएका १६ जिल्लामा विशेष कार्यक्रम अघि सारेको छ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कैलाली, कञ्चनपुर, मनाङ, मुस्ताङ, तनहुँ, कपिलवस्तु, रोल्पा र बर्दियामा भर्नादर बढाउन प्राथमिकतामा राखेर अभियान सुरु गरेको दवाडीले बताइन्। रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.