काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले प्रक्रियागत र अन्तरवस्तुका हिसाबले पनि आगामी जेठ १४ गतेभित्र संविधान बन्न नसक्ने बताएका छन्। उनले अब जनतालाई नढाँटी दलहरू मिलेर यसको समाधान खोज्नेतिर लाग्नुपर्ने बताए। पारिजात स्मृति केन्द्रद्वारा उनको निवास डल्लुमा आज बिहान आयोजित कवितावाचन कार्यक्रममा अध्यक्ष खनालले राष्ट्रिय सहमतिका लागि आफ्ना तर्फबाट निरन्तर पहल भइरहने प्रतिबद्धता जनाए। कार्यक्रमका संयोजक स्नेह सायमीले अन्य दलका प्रमुख नेताको निवासमा गएर यसरी नै कवितावाचन गर्ने जानकारी दिए। सो केन्द्रले बुधबार एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पनि यसरी नै कवितावाचन गरेको थियो।
Daily Archives: 15/04/2010
आजदेखि मुलुकभर भर्ना अभियान सुरु
भक्तपुर, शिक्षा विभागले आजदेखि मुलुकभर भर्ना अभियान सुरु गरेको छ।
सबैका लागि शिक्षा’ भन्ने नाराका साथ सन् २०१५ सम्ममा सबै बालबालिकालाई प्राथमिक शिक्षा दिने योजना सफल पार्न भर्ना अभियान सुरु गरिएको विभागकी अधिकृत दिव्या दवाडीले बताइन्। विभागले यस वर्ष विद्यालय जाने उमेर पुगेका पाँचदेखि १४ वर्ष उमेर समूहका ५० हजार बालबालिकालाई विद्यालय भर्ना गराउन आजदेखि सो अभियान सुरु गरेको हो।विद्यालयमा आई भर्ना हुने बालबालिकालाई वैशाख १३ गतेसम्म भर्ना लिइने र वैशाख १४ देखि ३० गतेसम्म विद्यालय जाने उमेर पुगेका तर विद्यालय भर्ना नभएका बालबालिकालाई घरघरमा गएर भर्ना गरिने दवाडीले बताइन्।विद्यालय जाने उमेर पुगेका दुईलाख १९ हजार आठसय ५६ जना बालबालिका विद्यालयबाहिर रहेकाले यस वर्ष ५० हजारलाई विद्यालय ल्याउने लक्ष्य राखिएको छ।विद्यालय जाने उमेर समूहका ५१ लाख बालबालिकामध्ये हाल करिब ४९ लाख बालबालिकामात्र विद्यालयमा छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सैनिक अधिकृतमा चरम असन्तोष
(काठमाडौं), सरकारले नेपाली सेनाको बढुवा प्रक्रियालाई नियमित गर्न नसक्दा नेपाली सेनामा कार्यरत प्रमुख सेनानी र सेनानीको भविष्य अन्यौलपूर्ण बन्दै गएको छ।
राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रबिन्दुमा रहँदै आएको नेपाली सेनाले समेत बढुवा प्रक्रियालाई नियमित गराउने प्रयासलाई अगाडि बढाउन नसक्दा हाल नेपाली सेनामा कार्यरत २ सयभन्दा बढी प्रमुख सेनानी र झन्डै ४ सयको हाराहारीमा रहेका सेनानीहरू बढुवा नभई घर बस्नुपर्ने स्थिति उत्पन्न हुन लागेको एक उच्च सैनिक अधिकारीले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
प्रमसँग नर्वेली विशेषदूतको भेट
काठमाडौँ, प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहनुभएका नर्वे सरकारका शान्ति स्थापनासम्बन्धी विशेष दूत टोरे टोरेङले बुधबार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विशेषदूत टोरेङले नेपालको शान्तिप्रक्रियाको प्रगतिका ’boutमा जिज्ञासा राख्दै नेपालमा शान्ति स्थापना र संविधान निर्माण भएको देख्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक भएको बताउनुभएको थियो।नेपालमा शान्तिप्रक्रिया शुरू हुँदा नेपालका लागि नर्वेका राजदूत रहेका विशेषदूत टोरेङले प्रधानमन्त्री नेपालबाट शान्ति स्थापना र संविधान निर्माणमा पहल हुने विश्वास व्यक्त गर्नुभएको थियो भने प्रधानमन्त्री नेपालले शान्तिप्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउनका लागि माओवादी सेनाका लडाकूहरूको समायोजन र पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
बलात्कार गर्न नपाएपछि बालिकालाई कुटपिट
महेन्द्रनगर, कञ्चनपुरका एक युवकले बलात्कार गर्न नपाएको झोकमा १२ वषर्या बालिकालाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट बालिका सख्त घाइते भएकी छिन् । पिपलाडी- ९ वन समितिका जोशी थरका एक युवकले जबर्जस्ती करणी गर्न नपाएपछि सोही गाउँकी १२ वषर्या बालिका निर्मला लुहारलाई निर्घात कुटपिट गरेका हुन् । घरनजिकैको जंगलमा गाईगोरु चराइरहेकी बालिकालाई सोमबार बेलुका उनले जबर्जस्ती गर्न खोजेका थिए । चिच्याउँदै भाग्न खोज्दा पछाडिबाट लठ्ठीले टाउकोमा हिर्काएको बालिकाले बताइन् । टाउकोमा लठ्ठीले हानेपछि निर्मला बेहोस भएर लडेकी थिइन् । त्यसपछि उनले फेरि बालिकाको टाउकोमा हारिलो हतियार प्रहार गरेको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
बंगलादेशमा क्रिकेट सिक्दै चिनियाँ महिला
ढाका, आयोजक चीन १६औँ एसियन खेलकुद प्रतियोगितामा गतिलो नतिजा निकाल्न कोसिसरत छ ।चीनले सबै खेलमा दह्रो तयारीसमेत गरेको छ ।कुनै पनि खेलमा अन्य राष्ट्रको तुलनामा कमजोर नहोस् भन्ने चाहना चीनको छ ।सहभागिता जनाउने खेलमध्ये क्रिकेटमा चीन कमजोर मानिन्छ । यसै कारण आयोजक राष्ट्रले क्रिकेटमा ध्यान पुर्याएको हो । क्रिकेटमा भर्खर बामे सरेको चीनले राष्ट्रिय महिला क्रिकेट टोलीलाई प्रशिक्षणका लागि बंगलादेश पठाएको छ । यतिखेर महिला चिनियाँ टोली ढाकाबाट १९ माइल उत्तरमा अवस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छ । चिनियाँ टोलीमा १७ सिनियर, यू-१३ र १९ का खेलाडी समावेश छ । ४१ डिग्रीमा समेत चिनियाँ खेलाडी राम्रो अभ्यास गरिरहेको एसिसीका इमानुएलले बताए ।यहाँको चर्को गर्मीमा उनीहरूले राम्रो गरिरहेका छन् इमानुएलले भने खेलमा एकाग्रतासमेत देखाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद