Daily Archives: 14/04/2010

क्याड्मियम जाँच्ने प्रयोगशाला स्थापना हुने


काठमाडौं,चाँदीमा मिसाइने हानिकारक रसायन क्याड्मियमको प्रयोग जाँच्ने अत्याधुनिक प्रयोगशाला स्थापना हुने भएको छ। सहकार्यमा एक करोडको लागतमा यो प्रयोगशाला स्थापना हुनेछ। प्रयोगशाला स्थापना गर्न सरकारले ५१ लाख र निजी क्षेत्रले ४९ लाख रकम दिनेछन्। सार्वजनिक निजी क्षेत्रको अवधारणा अनुसार क्याड्मियम जाँच्ने प्रयोगशाला स्थापना हुने भएको छ वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकुमार घिमिरेले नागरिकसँग भने अर्थमन्त्रालयले ५१ लाख रुपैयाँ दिने सहमति जनाइसकेको छ। निजी क्षेत्रले जति छिटो सक्छन्। त्यति नै छिटो प्रयोगशाला स्थापना हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ वर्षको बिहान दुर्घटना


चाँदनी हमाल, चितवन, वैशाख १- नयाँ वर्षको बिहान नारायणगढ मुग्लिन सडकखण्डको दारेचोकमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक सहित नौजना घाइते भएका छन्। मृत्यु हुनेमा पर्सा वीरगञ्ज १८ का १२ वर्षीया मिनी पन्थी, पर्साकै ३० वर्षीया शुशिला आचार्य र ट्रकका सहचालक थर खुल्न नसकेका बारा निजगढका २१ वर्षीय रामु रहेका छन्। वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना २ ख ६२२१ नम्बरको ट्रक दारेचोक गाविस ३ लेवाटारमा बिहान ४ वजे सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको इलाका ट्राफिक कार्यालय मुग्लिनले जनाएको छ। घाइतेहरु पर्साका उदय आचार्य, राजेश्वरी धिताल, दुर्गा धिताल, श्रुती आचार्य, एनी पन्थी, सुनिता उपाध्याय,

भारत असन्तुष्ट


(काठमाडौं), मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को विषयमा नेपालभित्र भएको टीकाटिप्पणी र विरोधका बाबजुद चुप लागेको भारतले अन्ततः मंगलबार आफ्नो मौनता तोड्दै भारतलाई छाप्न दिने भनी गरेको सम्झौतामा राजनीतीकरण भएको भनेर आपत्ति व्यक्त गरेको छ। भारतीय राजदूतले परराष्ट्रमन्त्री सुजाता कोइरालालाई पठाएको गोप्यपत्र सञ्चारमाध्यममार्फ प्रचारप्रसार गरिएकोप्रति भारतले खेद व्यक्त गरेको छ। भारतीय राजदूत सूदले मंगलबार नै प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी भारतसँग भएको एमआरपी सम्झौता रद्द र गोप्यपत्र र्सार्वजनिक भएकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभएको स्रोतले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

‘परमाणु हतियार अमेरिकाका लागि सबैभन्दा ठूलो चेतावनी ‘


वासिंगटन/ अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादी संगठनको हातमा परमाणु हतियार पुग्ने आशंका अमेरिकाका लागि ठूलो चेतावनी रहेकोे बताएका छन् । वासिंगटनमा परमाणु सुरक्षा शिखर सम्मेलनमा ओबामाले भने वर्तमान वा भविष्यमा अमेरिकालाई सबैभन्दा ठूलो खतरा कुनै आतंकवादी संगठनको हातमा आणविक हतियार पुग्छ भन्ने रहेको छ ।यस खतराले आगामी दिनमा अमेरिकालगायत विश्वकै सुरक्षा ढाँचा बदल्ने पनि उनले बताए । यदि कहिले न्युयोर्क वा लन्डन वा जोहान्सवर्गमा बम विस्फोट भयो भने आर्थिक,  राजनीतिक र सुरक्षाका दृष्टिले यसको परिणाम भयावह हुनेछ,’ ओबामाले भने । सम्मेलन सुरु हुनुअघि ओबामाले सम्मेलनमा सम्मिलित सबै देशले कसरी परमाणु हतियार सुरक्षित राख्ने भन्ने’bout सोच्नुपर्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको सातबुँदे कार्ययोजना


(काठमाडौं), प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै नयाँ वर्षामा पूरा गर्ने सातबुंदे कार्ययोजना प्रस्तुत गर्नुभएको छ।व्यापक राष्ट्रिय सहमति, सहकार्य र एकताका लागि सम्पूर्ण राजनीतिक दल, विभिन्न समुदाय र आमजनतालाई प्रधानमन्त्री नेपालले अपिल गर्नुभएको छ। प्रधानमन्त्री नेपालले नयाँ वर्षामा दलहरुका बीचको सहमति र सहकार्यलाई निरन्तरता दिइने,शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याइने, जनचाहनाअनुरूपको नयाँ संविधान निर्माण गरिने, राष्ट्रिय अर्थतन्त्रलाई पुनः जीवन प्रदान गरिने, द्वन्द्वको तिक्तता र कटुतालाई मेलमिलापयुक्त सामाजिक पद्धतिमा रूपान्तरण गरिने, द्वन्द्वपीडितहरुलाई राहत र न्यायको अनुभूति दिलाइने, समृद्ध र सबल नेपालको जग निर्माण गरिने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। पढ्नेक्रम जारी राख्नुहोस्