स्वागत छ नयाँ वर्ष २०६७, तिम्रो कुशल आगमनलाई


ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरेबिया


 
स्वागत छ नयाँ वर्ष २०६७ तिम्रो कुशल आगमनलाई
समस्त नेपालीजनको ताजा आयम बनि आउने नौलो बिहानीलाई,
प्रभातमा मुस्कान गोधुलिमा सितलताका अनि…
सन्ध्यामा चयनको शुकुला उपहार लिई आउनेलाई
परदेशिको साधुवाद छ तिम्रो कुशल आगमनलाई,

खैर… मेरो जन्मभूमिमा तिम्रो आगमन हुँदा
म टाढा रहि परदेशी भएपनी,
लाली गुराँसहरु फुलेर स्वागतद्वार तिम्रो
सजिई राखेको हुनु पर्दछ
संदेश मैले छाडेको थिएं बनमाला र सुनखरीलाई पनि
शायद फक्रेर लहरी रहेको हुनु पर्दछ !! 
      
हिमालको मन्द मुस्कानले तिम्रो स्वागतमा जाहेरी दिई रहँदा
स्वच्छ झरना, ताल र तलैयाले तिम्रो प्यास मेटी दिनेछ
पंक्षीहरुको कोकिल कण्ठले तिम्रो स्वागतमा
निस्वार्थ: सांगेतिक धुन बोली दिनेछ !!

त्यसैले स्वागत छ यो वर्ष तिम्रो कुशल आगमनलाई
अज्ञानतालाई चिरेर सबल नेपाली बन्न
जोश भरिदिने नयाँ वर्ष तिमीलाई
आउ नयाँ वर्ष तिमी मन्द आतिथ्यमा आउ
स्वागत छ तिम्रो कुशल आगमनलाई,

हाँसेर उमङ्ग बोकी आउ…
बुद्धको नगरीमा दिगो शान्ती लिई आउ
दीन दु:खीको बेदना दुर गर्ने हेतुले आउ
द्वन्दको घाऊ घाउमा मलम लगाउँदै आउ
 
गाउँ बेंसीमा आउ, तराई हिमालमा आउ अनि…
हाम्रो चारजात छत्तिसबर्णको साझा बगैंचाको फुल बनेर आउ
साथै तिमी आफु पनि फुलेर बस…
र अरुलाई पनि फुलाउ, 

अन्त्यमा,
स्वागत छ नयाँ वर्ष तिम्रो कुशल आगमनलाई अनी…
शुभकामना पनि तिम्रो आगामी कार्यकाल भरिको कुशल नेतृत्वलाई
चुनौती थुप्रै हुन सक्छन संकल्प गर्दै जाउ
सुलभ र सरल यात्रामा मात्र नभुली राख तिमी…
हरेक कुना कन्दरा र गोरेटोको पौदले यात्रामा जाउ अनी…
समस्त नेपाली र सुन्दर नेपालको लागि तिमी एकपटक महान बनेर आउ.. है त नयाँ वर्ष…

हामी परदेशीको अग्रिम शुभकामना छ तिमीलाई
अनि हृदयभरीबाट मुरीमुरी साधुवाद छ तिमीलाई !!

Advertisements

4 responses to “स्वागत छ नयाँ वर्ष २०६७, तिम्रो कुशल आगमनलाई

  1. Badhai chha Gyanendra jyu lai pani ra hajurle lekhenu bahyeko sabadharu atinai ramro ati bhabauk sarai ramro yasai gari tapailai pani naya saal 2067 ko subhakamana. tara mail garne garnu holaa. Dhanyabaad.

    Dharma Raj Giri
    Kuwait +965-66068925

  2. Daju Gyanendra Dherai dheray Dhanyabad. Sachhai nai sabda sarai matho cha chanda gatilo. http://www.kuwaitnepal.com ma lekh haru pathaudai garnu. teo tapaile lekhanu bhayako kabita sangraha bata aaru pani KABITA pathaunu hola. Naya barsa 2067 le. urjasil, pargatisil & gatisil sakti pardhan garosh.

    Chandra K, Tamang (MC)
    M: 6564-2289

  3. Gyanendra Dai ko New Year lai Welcoming garne Poem sahrai ramro lagyo, aru pani chhan bhane hami lai samjhadai garnu hola. mero ani kuwaitnepal.com ko tarpha bata tapai lai pani Naya Sal ko Mangalmaya Shubhakamana.

    Kahile kahi Kuwait ka tii atyantai purana sathi haru lai pani samjhera phone garne kasta garnu hola. Hami haru Dharma, Shiva, Raju, Jay, Chandra, Suresh ajhai pani Kuwait mai chhau. And wherever you are u will be always in our memory n we missed u lot.

    My wishes to you n ur family,

    Best regards
    Jay Ale, Kuwait

  4. gyanendra gurung ko lekh ramro lagyo

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.